Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : September 15, 2010 | Author : भूपेन्द्र चेम्जोङ
Category : Poetry / कविता | Views : 873 | Rating :

  
भूपेन्द्र चेम्जोङ

फालिदेउ तिम्रा एसएलआरहरू

सिरानी लगाउ एम १६ हरू

फालिदेउ लापसापमा

तिम्रा अणुवमहरू

थन्काइदेउ तिम्रा फाइटरहरू

चावी लगाउ टेंकहरूमा

किनभने अव कसैको काम छैन ।

मेरो भूमिमा तिम्रा फाइटहरू उड्न सक्दैनन्

किनभने वुढा सुव्वाको मटेंग्राको निशानी बन्नेछन्

मेरो भूमिमा तिम्रा बमहरू पड्कदैनन्

किनभने इतिहासले निर्मलीकरण गर्नेछन्

मेरो भूमिमा तिम्रा मेशिनगनहरू ��"सिनेछन्

किनभने कांसोरेले पानी भरीसकेकाछन् ।

मेरो भूमीमा तिम्रा टेंकहरू हिड्न सक्दैनन्

तेलको टेंकीमा अरुण र मेचीको

पानी भरिसकिएकाछन्

परलैजाउ तिम्रा युद्ध सामग्रीहरू

मेरो भूमीमा आज नाहाङमा आइ सकेकाछन्

मेरो भूमीमा आज मिसेक झरिसकेकाछन्

कोशिस नगर सीमाना मेट्न

सिरीजंगाको रगतले कोरिएकाहुन् ती

पर लैजाउ फोहोरी हातहरू

खुकुरीको निशान वन्न सक्छन्

तिम्रा फोहोरी दिमागहरू

आजै लगेर तमोरमा पखाल

पर लैजाउ तिम्रा गिद्दे आँखा

फेरि गुलेलीको निशान बन्न सक्छन्

मलाई जिस्काउने कोशिस नगर

किनभने

आज मेरो आङमा मुक्कुहाङ चढेकोछ

मेरो मस्तिष्कमा मावोहाङ छिरेको छ

हल्लाउन कोशिस नगर मलाई

म अक्वाना माथि बसेकोछु

किनभने

मेरो नशामा जता ततै सघीयता कुदेको छ ।

 

- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा

   कविता अभियान ! !




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
जोमसोमले हातहातमा थमायो स्याउ ! निकै दिनदेखि हर्हराइरहेथ्यो आँत । मन भरङ्गिएथ्यो । छातीमा हैरानीको आँधी बहिरहेथ्यो बेतोडले । रसिला स्याउ कर्‍याप्प टोकेपछि शरीर फुर्फुरियो । 'मिठो' कुद्यो ज्यानभरि ! हावा चल्दै थियो बेस्सरी । हुप्प बादल फुलेको थियो । दक्षिणतिर अँध्यारो-अँध्यारो भइरहेथ्यो । सेताम्मे नीलगिरिको उत्ताउलो बैँस बादलमा उडिरहेथ्यो, कुइरोमा छरिइरहेथ्यो अनि हावामा पोखिइरहेथ्यो......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
688014
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com