Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 31, 2008 | Author : मोमिला
Category : Poetry / कविता | Views : 1227 | Rating :

  
मोमिला

एउटा सहरको किनारमा उभिएर
ऊ बगिरहेको हेर्नु
कम्ती सुखद लाग्दैन !
 
हुन त प्राप्तिमा अन्तिम सुख छैन
अप्राप्तिमा झनै दुःख
सुख र दुःखबीच तटस्थ म
यतिखेर
भयानक तर्कस्मृतिमा मौन छु
आखिर, यो सहर कसको हो !
आखिर, यो सहर कस्को हो !
 
जब म
मल्लकालीन धाराहरूबाट अझै पानी पिउँदै छु
उही बेलाका मठमन्दिरहरू आज पनि धाउँदै छु
उसबेलाकै मन्दिरमा आएर यहाँ कविता पढ्दै छु
तब मेरो आत्मा बोल्छ -
"यो सहर उसैको हो !"
फेरि सबभन्दा पहिले यहाँ प्रवेश गर्ने
जो प्रथम पुरानो मान्छे थियो
यो सहर उसको पनि हो,
 
यहाँ कविता पढ्दै गर्ने
यहाँ कविता सुनिरहने
यो सहर उनीहरूको पनि हो,
 
र उता अवसरहरूबाट टाढा र बन्चित
जसले यहाँ कविता पढ्ने र सुन्नेलाई
भरै समाचारमा आंशिक देख्नेछन्, सुन्नेछन्
यो सहर उनीहरूको झनै हो !
जो अर्को समयमा उही सहरको
अर्को-अर्को पुरानो मान्छे बन्नेछन्,
 
अस्ति हुरी चलेको रात
कपिलवस्तु पुग्दा बुद्धका आत्माले मलाई सोधे
"मेरै काखमा यस्तरी रगत किन ?"
चाँगुनारायणको मन्दिर पुग्दा मानदेवले सोधे
"अब, मेरो मूर्ति पनि भत्काउने रे, हो ?"
र गोर्खा पुग्दा पृथ्वीले सोधे
"अब, नेपाललाई टुक्र्याउन खोज्दै छन् रे, हो ?"
यसरी सहरसाग सम्बन्धित जति पनि छन्
लाग्यो यो सहर सरोकार राख्ने ती सबैको हो
जो यही सहरका अर्का-अर्का पुराना मानिसहरू हुन्,
 
खै, कहावबाट प्रारम्भ हुन्छ ?
कहाँ पुगेर अन्त्य हुन्छ
एउटा सहरको समय र आकाश !
कति समय त-
लम्बिँदै गएका गृष्मका पट्यारलाग्दा दिनहरूमा
सहरका अज्ञात गल्लीहरूबाट सुनिन्छन्
जिन्दगीका अपत्यारिला समाचारहरू
र फूलका आँसुले भिज्छन्
सहरभित्रकै बिराना बस्तीहरू,
 
कहिले आकाश छुने होडमा
सपना र आकाङ्क्षाहरूको पहाड जति जति अग्लन्छ सहरमा
उति-उति पहाड फोडेर बग्छ सहरको आँसु
यो सहरको आँसु
झ्यालखानाको पर्खालभन्दा पनि शक्तिशाली छ
प्रिय भावक !
यो आँसुको लागि
भन तिमी कुन पर्खाल अग्ल्याउँछौ ?
यो सहरको कोलाहलमा भास्सिएको मेरो आत्मा
जब हैरान भएर पुनः मकहाँ आउँछ
तब उसलाई प्रेमपूर्वक सोध्छु
मेरो गाउँको हालखबर...........................
र यसै गरी
मेरा भविष्यका नाममा
सहर गएका बाबु घर र्फकंदा म सोध्थेँ
गाउँबाट बेखबर त्यो सहरको हालखबर !
आजको प्रहर फेरि
उसैगरी अर्को भविष्यका नाममा
यो बेखबर सहरमा म आफै बेखबर छु,
 
यतिखेर
अन्तिम उदास लागिरहेछ यो सहरको साँझ
किनकि
यहाँ, हामीमध्येकै कोहीले
हाम्रो आउँदो प्रभातको जड उखेलिरहेजस्तो छ,
यो सशङ्कित दुःखमा साथ दिने
यहाँ कोही आफन्त छैनन्, कोही प्रियजन छैनन्
कुनै कथित ईश्वर छैनन्
सारा मान्छेका मनका ढोकाहरूमा गजबार लागेका छन्
मन्दिरमा एकएक ढोकाहरू बन्द छन्,
 
त्यसैले,
मेरो आफन्त तिमी
मेरो आत्मीय तिमी
मेरो सत्य तिमी
मेरो ईश्वर तिमी,
प्रिय कविता !
म तिमीमै समर्पित हुन
यो बिरानो सहरमा
तिम्रो हृदयको ढोका ढकढक्याउँदै छु,
ढोका नखुले शरणार्थी नै सही
तिम्रो हृदयकिनारमा उभिएर
तिमी बगिरहेको हेदै रहन्छु,
 
जसरी, एउटा सहरको किनारमा उभिएर
ऊ बगिरहेको हेर्नु
कम्ती सुखद लाग्दैन ।
 
काठमाडौँ ।

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
अनिंदो कैयन् रातहरूसँगै छिचोलेर लासहरूको पहाड टेकेर सिन्दूर पोखिएको जमीन कमरेडको आरोहण ! ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615498
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com