Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 16, 2010 | Author : कोरङ्गी प्रेम
Category : Memoir / संस्मरण | Views : 1003 | Rating :

  
कोरङ्गी प्रेम

आज बिदाको दिन बिहान भरी सुत्नु पर्ने । दिनै भरी यता पल्टी उता पल्टी तन्की तन्की सुत्नु पर्ने । चौरासी ब्यन्जन परिकारसँग सोमरस अनि यस्तै यस्तै अन्य रसहरूसँग लठ्ठ लठ्ठीएर बिस्तारामा पल्टीनु पर्ने । अनि २-४ दिन अघि देखिनै कोलबीरे, म्यारिज र बिबिक्यूको आयोजना गरी साँप्रा, पखेटा र करङहरू चपाउँदै हाक्पारे भाकामा रम्नु पर्ने, झुम्नु पर्ने र अलिअलि प्वाँख हाल्दै गरेकी सानी बचेरी छोरी श्रेयालाई गुँडबाट निकालेर बजार, पार्क र मामाघर तिर घुमाउन लानु पर्ने दिन । तर त्यसरी बित्दैन मेरो बिदाको दिन । जस्को कथा अर्कै छ अलि चर्कै छ जुन रिठ्ठो नबिराई बेली बिस्तार लगाउँछु ।

अगष्ट २ तारिख सोमबार बिहान "कुखुरी काँ" गर्दै भाले बास्यो जोडदारले । यो भाले कत्रो छ ? कस्तो छ ? बिकासे हो की घरासे ? ठिम्मर के हो ? केही अत्तोपत्तो छैन । यस्लाई दाना पानी चारो केही पनि हालीरहनु पर्दैन । एक डेढ बर्ष पहिले ईन्टरनेटबाट डाउनलोड गरेको थिएँ त्यो पनि सित्तैमा । सायद एक डेढ बर्षको ठूलै भएर होला गतिलै बास्छ पड्के । यसलाई मार्न न धामी झाँक्री न बिजुवा फेदाङ्गमा न त भक्भकी उमालेको पानी नै चाहिन्छ न त चित्लाङ्गको सिरुपातेकै इन्तुजाम गर्नु पर्छ, केही चाहिंदैन । मोवाईलको अफ लेखेको ठाउँमा थिची दियो वस् काउतीम (खतम) । हस्याङ् फस्याङ् गर्दै बुढो वाहुन पुजारी बाजे जस्तै लङ्गौटी बेरेर वाथरुम छिरें । पाँचै मिनेटमा ज्यान पखाली मलमुत्र त्याग गरेर दाँत समेत मोली भ्याएँ । हरेक दिन मेलो (ड्यूटी) जानु अघि यसरी नै शरीर पखाल्ने आदत बसेको छ मलाई जस्ले दिनभरी शरीरलाई  फूर्तिलो बनाउँछ । मेरो नुहाई बाजेको भन्दा खासै गतिलो थिएन । होस पनि कसरी ? जाबो पाँचै मिनेटमा मेन्जो (थोरै)

छोरी श्रेया सन् २००८ फेब्रुवरीमा जन्मेकी हुन् । तिनलाई हुर्काउन बढाउन पर्दाको हैरानी भनी साध्य छैन । महिनाको चोख्खो ५ हजार हङकङ डलर नेपाली करिव ५० हजार । बजेट छुट्ट्याउनु पर्छ र मात्र बल्लतल्ल महिना उम्कन्छ । आज देख्दैछु तोरीको फूल । हाम्रा बाबु बाजेले कसरी हुर्काए होलान त्यत्राबिदी गोठहरू ५-७ जना सम्म । अहिले म सोँच्दैछु । छोरी श्रेयाको हेरचाह गर्न सन २००८ मा पहिलो पटक डोमेस्टीक झिकाएँ सिक्कीमबाट । आउँदो नोभेम्बरमा भिसा सकिएर फर्किंदै छिन् तिनी । त्यसैले अर्को कामदार आवेदन गर्न आवश्यक कागजातहरूको पोको बोकी लागे सेन्ट्रलको एमटिआर एक्जिट जे तिर आदरणिय दाई सल बहादुर कोरङ्गीलाई भेट्न । हङकङमा यतिका धेरै एक्जिटहरू भएको एमटिआर स्टेशन सेन्ट्रलमा मात्रै छ अन्त कतै छैन । जुन दिन नेपालमा प्रधानमन्त्रीको चुनाव हुँदै थियो । त्यो पनि तेश्रो पटक श्रावण ५, ७ र १७ गते । आफ्नो देशको बारेमा बेखबर भएर बस्नु हुँदैन र देशलाई सहि दिशातिर लैजानको निम्ती नेतृत्वमा रहेका ब्यक्तिहरू, राजनैतिक पार्टीहरू र तिनका नेताहरू अनि निती निर्माताहरूलाई संसारका जुनसुकै

कुनामा बसेका नेपालीहरूले खबरदारी गर्न जरुरी छ भन्ने मेरो ठम्याई हो । अतः आफ्नो देशको बारेमा जानकारी सबैले राख्नु पर्दछ । त्यसैले मलाई प्रधानमन्त्री को बन्ने हो भन्ने चासो बढी रहेको थियो । मसँग प्रिन्टर नभएकोले इमीग्रेशनलाई लेखेको चिठ्ठी दाईलाई ल्याईदिनुस् भनेको थिएँ । त्यसैले हाम्रो भेट अनिवार्य थियो । त्यही बाटो भएर उहाँ सधैं आफ्नो मेलो (ड्यूटी) जानु हुन्थ्यो । सन् २००५ मा "संखुवासभा समाज हङकङ"को अध्यक्ष बनेर समाजको कोष जम्मा गर्ने काममा उल्लेखनीय योगदान गरेकोले सबै जिल्लावासीहरूको मन जितेका छन् बुढाले । त्यसैले सबैले मान्छन् बुढालाई । बल्ल बल्ल ८:४० तिर बुढाको सवारी भो । बुढालाई नमस्कारपाती चढाएर चिठ्ठी लिएँ र आवेदन फारममा २ जना साक्षी चाहिंदो रहेछ त्यसैले उहाँलाई साक्षी पनि राखि भ्याएँ । ९ बज्न आटेकोले दाईसँग बिदा भएर लागे एडमीरल्टी तिर जहाँ भारतीय दुतावास छ । एक्जीट डी बाट बाहिर निस्कदै यूनाईटेड सेन्टरको दोश्रो तलामा चढी फोटोकपी खोजें । देबे्र साईडमा एक बैंस ओरालो लाग्दै गरेकी एक युवती "वान डलर वान पिस" भन्दै गरेको सुने र त्यही फोटोकपी गरी २६ तला पुगे जहाँ भारतीय दुतावास छ । १ ईण्डीयन र २ जना चिनीया बुढीहरू अघि नै लाईनमा थिए । कार्यालय समय ९:३० बजे देखि १२ बजे सम्म रहेछ । त्यसैले १५-२० मिनेट कुराई मच्चियो । फेरी तल ��"र्लिएँ २ तलामा । साढे नौ बज्यो माथि चढें । कार्यालय खुलीसके छ । १२-१५ जना थिए लाईनमा । हामी सबै भित्र छिर्यौ । भित्तामा ठूला ठूला मेटलको अक्षरमा "भारतका प्रधान कोंसलावास" र अंग्रेजीमा "कन्सुलेट जनरल अफ ईण्डीया" लेखिएको थियो । ५ जना पछि मेरो पालो आयो । काउण्टरमा आवेदन फारम टक्र्याएँ । कतै केही अपुग हुने पो होकी भनेर मन ढुकढुक गररिहेथ्यो । त्यो अर्ध बैंसेले सरर नजर फाल्दै फायल हे-यो र भन्यो "तुम पेहेले बार पेश कर रहे हो" ? ३ वटा कन्ट्रयाक्ट पेपर देखाउँदै ��"र एक चाहिए" भन्यो "मैं देखता हुँ" भन्दै इमिग्रेसन तिर टाप कसें । मैले भरेको फारम जम्मा ३ वटा मात्रै हो । मैले यस्तो काम गरेको पहिलो चोटि हो । ४ वटा फारम हुन्छ ,यति पैसा लाग्छ, भनेर कसैले पनि भनेनन् र मैले पनि सोधिनँ । २ वर्ष पहिले पहिलो डोमेस्टीकको आवेदन फारम आफैं भर्दा धेरै फारमहरू बिग्रीएर डस्वीन मोटाएको (भरीएको) थियो । फारम बुझाउन जाँदा पाँचै मिनेट ढिला भएर निकै सास्ती पाएको थिएँ । जागीरबाट घरीघरी बिदा नपाइने अनि अर्कोतिर भरे, भोलि, एक छिन भनेर धर नपाइने । त्यसैले १२-१४ घण्टा टाउको जोतेर बचेको अलिअलि दिमाग पनि त्यो टेण्सनले खाँदा घरमा निकै रस्साकस्सी परेको थियो र त्यो काम वकिललाई जिम्मा लगाउँदा २५सय हङकङ डलरले नराम्ररी दुःख पाएको थियो । ३ महिना पछि इमिग्रेशनले कृपा गरेर भिसा त दियो तर बिडम्बना त्यो वकिल भनौदाले न हामीलाई कन्ट्र्रक्याक्ट पेपर दियो न त हामीले डोमेस्टीकलाई नै । त्यसैले त्यो पेपरको अभावमा पहिलो डोमेस्टीकले घरीघरी मेरो दिमाग चाटि रह्यो । बैंकमा खाता खोल्न, मोबाईलको लाईन लिन आदि विविध काममा आवश्यक पर्दो रहेछ त्यो पेपर । त्यसैले यो पटक २५ सय हङकङ डलर शहिद बनाउन मनले मानेन र आफै दौडिएँ । अपिस टाइम भएकोले मानिसहरूको दोहोरीलत्त थियो । एमटीआरबाट एक हुल ह्वार्र निस्कन्छन् अनि अर्को तिर छिरी जान्छन् । बाटोमा खुट्टा टेक्ने ठाउँ थिएन । १० बज्नलाई ५-७ मिनेट बाँकी हुँदो हो बल्ल इमिग्रेशन पुगें । विद्यार्थी जीवनमा एउटा लेख पढेको थिएँ "होस्टीलीटी" जस्मा एउटा मानिस अति हतारमा हुन्छ । ऊ बस चढ्छ जाममा फस्छ । ओर्लेर हिड्छ बाटो भरी मान्छेको भीडले हिड्ने ठावै पाउँदैन त्यसैले उ भन्छ "यी गाडीहरू सबै मेरा शत्रु हुन् । मेरै अवरोधका लागि सडकमा जाम भएर तेर्सिएका छन् । अनि सडकका मानिसहरू सबै मेरा दुश्मन हुन् । सबै मेरा बिरुद्घमा खनिएका छन् । त्यसैले मलाई समाप्त पार्न मैदानमा उत्रेका छन्" मलाई पनि ठ्याक्कै त्यस्तै लाग्यो । कन्सुलेटको कर्मचारी, एमटीआरमा हिड्ने मानिसहरू अनि ईमिग्रेशनको त्यो लाईन सबै मेरै बिरुद्घमा खनिएर मलाई खुच्चिङ् भनेर खिज्याई रहे झैं लाग्यो । स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै १०:१५ मा इमिग्रेशन पुगें । इमिग्रेशनको दोश्रो तला सोधपुछ र फारम पाईने ठाउँ हो । त्यसै तलाको पछि फर्केर दायाँपट्टी साईडमा फाराम र अन्य कागजातहरूको बिस्कुन लगाएँ । एक्सक्यूज मी भन्दै अग्लीन बिर्सेकी फैलीन जानेकी (मोटी) १ फिलीपीन युवती पनि मेरै आडमा विस्कुन लगाउन आईपुगी । त्यो आगमनलाई एउटा मिठो संयोग मान्दै घरीघरी तिनी प्रति गिद्दे दृश्टि फाल्दै हतार हतार फारम भर्न थालें । ४ वटा कन्ट्रयाक्ट पेपर र २ वटा आवेदन फारम भर्दा ११ बजी सकेछ । फेरी हतार हतार त्यो बिस्कुन उठाएर लागे ईण्डीयन कन्सुलेट एडमीरल्टी तर्फ । जहाँ पुग्दा मात्रै आधा घण्टा बाँकि थियो अफिस बन्द हुनलाई । लाईनमा ५-१० जना थिए । कसै कसैले काउण्टरमा फाट्टफुट्ट सोधपुछ गर्दै थिए । कन्ट्रयाक्ट पेपरमा छाप लगाउँदा पैसा लाग्छ कि सोधीहालौं भनेर काउण्टरमा सोधें । १६० डलर लाग्छ भन्यो पछि फेरी मेरो सातोपुत्लो उँड्यो । २५ मिनेट मात्रै थियो अफिस बन्द हुनलाई । हे भगवान भन्दै दौडिए एमटीआर तिर । मेरो खल्तीमा प्राय: त्यती दाम हुँदैन, चिल्लै हुन्छ । बोकी हाले भने पनि १ सय डलर सम्म हुन्छ नत्र अक्टोपसबाटै काम चलाउँछु । हतार हतार बैंकबाट २ सय झिकेर दौडिए कन्सुलेट तर्फ । जम्मा १५ मिनेट मात्र बाँकी थियो बन्द हुन । मेरो अगाडि एक जोडी ईण्डीयन थिए खुबै अँग्रेजीमा कुरा गरीरहेका । पछाडि चाहिँ २ जना नेपाली मित्रहरू भएका तिनका शारीरिक मोहडा र चेहराले प्रष्टै बताईरहेको थियो । ईण्डीयन जोडीको केटो चाहिँ अलि झुत्रे झाम्रे तर हात र झोलाभरी किताबका ठेलीहरू बोकेका थिए भने केटी चाहिँ त्यती खोट लाईहाल्नु पर्ने खालकी थिईनन् मोरी । बिस्तारै १२ बज्यो ढोका बन्द ग-यो । म चाहिँ आरामले छिरें पछिका २ नेपाली मित्रहरू चाहिँ ढोकाले च्यापिंदै छिरे । धन्य छ प्रभु भन्दै ढुक्क भएँ । बिस्तारै मेरो पालो आयो । १६० बुझाएर बाँकी कागजातहरू इमीग्रेशनमा बुझाउने सुर कस्दै थिएँ तैपनि सोधी हालौं कन्ट्रयाक्ट पेपर आफैले लाने होकी यहीबाट लगिन्छ भनेर काउण्टरमा रहेकी एक बृदा महिला कर्मचारीलाई सोधेँ । भारी मनले ति महिलाले "उस्से पुछो" भन्दै छेवैको अर्धबैंसेलाई देखायो । "कल मिलेगा कन्ट्र्रयाक्ट पेपर तुम खुद लाना पडेगा । कल पाँच बजे आना" भनी जवाफ दियो "थ्याङक्यू" भन्दै बिदा भएँ । मैले त सोचेको थिए कन्ट्रयाक्ट पेपर एकै छिनमा छाप लगाई दिन्छ बिना दस्तुर अनि जसरी "चरीले चुच्चो भरी चारो च्यापेर आफ्नो बच्चालाई खुवाउन गुँडतिर दौडिन्छ" त्यसैगरी म पनि त्यो कागजातको पोको बोकेर ईमिग्रेशन दौडौंला भन्ठानेको थिएँ । तर कन्ट्रयाक्ट पेपर त भोलिपल्ट मात्रै दिंदा रहेछ । बिना पैसा कसैले काम गरिदिन्छ ? यति महंगो शहरमा म पनि कस्तो बुद्धु।                           

अब म लागें एबर्डिन तिर जहाँ कन्सट्र्रक्सन वर्कस रजिस्ट्रेसन अफिस छ । वानचाईको सदन प्लेग्राउण्डको अगाडि ४ बी नम्बरको मिनीवस लाग्छ भाडा ७ डलर । जुलाई ५ तारिख मैले सिटा कार्ड दर्ता गराएको थिएँ १०० डलर तिरेर । त्यहाँ १ महिला रहिछिन् । नाम मिस लाम । कार्ड लिन हङकङको स्थायी परिचय पत्र नहुनेले पासपोर्ट अनिवार्य बोक्नु पर्ने रहेछ तर मैले त्यो पनि बिर्सिएछु त्यो बिना पनि मेरो काम फत्ते गरिदिईन तिन्ले । अनि २० तारिख पछि कार्ड लिन आउनु भनि २-३ पटक भ्वाइस मेल पनि तिनैले छाडेकी थिइन् । म पौने २ बजे तिर पगेछु । अफिस बन्द थियो । म माथिल्लो तलामा रहेको ट्वाइलेट छिरें । त्यहाँ गरिने धन्दा सकेपछि एक नजर माथिल्लो तलामा के मात्र फालेको थिएँ क्यानटिन देखें । हुम्काई सेक्फान भन्दै सोधेको त त्यो चिनाले आई गिभ यू राईस चिकेन एण्ड भेजीटेबल ��"के भन्यो । हाउ मछी भनि सोधें "सिक्स्टी" भन्यो । म झस्किएं । जाबो १ छाक भातलाई ६० डलर । ६० डलरले त मेरो गुँडका अर्धाङ्गीनी र सानी बचेरी छोरीलाई समेत १ छाक चारो पुग्थ्यो । म स्पष्ट हुनलाई चाईनिजमा सोधें "लोक सप" ६० "म्या होईन सप लोक" १६ भन्यो ��"के ��"के भन्दै टेबलमा बसें । उनले सिक्स्टिन भनेको रहेछ । यीनीहरूको उच्चारण सिक्स्टी र सिक्स्टीन उस्तै उस्तै सुनिन्छ । मलाई पुलुक्क हेर्दै ल्पेटमा भात राम्रैसँग लगायो सायद निकै खान्छ भन्ने ठान्यो होला । भोकलाई खिर भने झैं मासु भात अनि साग दिनको २ बजे तिर बस् के चाहियो त्यो भन्दा । चम्चा लिएर बसेको ५-१० मिनेटमा २-४ वटा सागको डाँख्ला भन्दा अरु केहीको नामोनिसाना रहेन । आजकल मलाई भैरव जागेको छ । त्यसैले २ जना सम्मको भात काउतिम गर्न (सक्न) कसैलाई गुहारीरहनु पर्दैन । म्याट्रीक पास गरेर काठमाण्डौ तिर क्याम्पसमा सिङ्गौरी खेल्दै हिंड्दा ४८-४९ साल तिर म सानोठिमी क्यामपस भक्तपुरको छात्रवासमा बस्थें । हामी जम्मा ९० जना बस्थ्यौ त्यहाँ । त्यतीका जनामा धेरै भात खानेहरूमा म टप फाईभ भित्र आरामले पर्दथें । सायद त्यसैको करामत जागेकोले घ्याम्पे भुँडी तिर पो प्रमोसन हुन खोज्दै छ तर दाना पानीको अभावले हाललाई त्यो प्रमोसन रोकिएको छ । संखुवासभा, ताप्लेजुङ्ग, तेह्रथुम, खोटाङ, धनकुटा आदि पुर्वका सबै जिल्लाहरू र हुम्ला, जुम्ला, रुकुम, रोल्पा, दार्चुला, बैतडी आदि जिल्लाका विधार्थीहरू बस्दथ्यौं त्यहाँ । सबैभन्दा रमाईलो पक्ष त पढाई सकेर छुटिने बेलामा पुर्वका भए धाननाच (पालम) र पश्चिमका भए देऊडा गीत गाएर त्यो क्याम्पस र छात्रवास परिसर जुरुक्कै उचाल्थ्यौं । वरिपरिका ज्यापुहरू चाहि लाटाले पापा हेरे झैं क्वार क्वारती हेर्थे । आजकल ति बिगतलाई संझेर भावुक बन्छु । चिनीयाहरूको खानामा चिल्लो पिरो कम हुन्छ । हरेक छाकमा माछा मासु सागपात हुन्छ । लाउन र खानमा यिनीरुले बिशेष ध्यान दिएका कारणले विश्वमै चाइनिज, जापानिज र कोरियनहरू सबै भन्दा बढी बाँच्दछन् । हामी चाही बिहान बेलुकी मर्ने गरी बजायो अनि दिउँसो भेटे बजायो नत्र चिल्लै । मैले एउटी चिना बुढीलाई सोधेको थिएँ । तिम्रा कति जोर जुत्ता छन ? भनेर । २० जोर भनीन् । अनि हरेक जोरमा मिल्ने पहिरन । किन यत्तिका धेरै भन्दा हरेक दिन फेरेर लगाउनु पर्छ भन्थे । एउटै पोशाक २-३ दिन लगाए यो घर गएन छ भनेर भन्दारैछन् अरुले । तर हामी चाहि २-३ बर्ष नफाटुन्जेल लगाई रहन्छौं । यो हाम्रो गरीबीको पराकाष्ठ हो । खाना खाई सकेर ६ तलामा कार्ड लिन झरें । मिस लामले कार्ड तयार भो भनिन् र अर्को कर्मचारीले यहाँ सहि गर्नुस् भन्दै ७ डलर दियो । मैले मलाई ? भनेर सोधें जवाफमा हो भन्यो । किन भन्दै २-४ चोटि खेरें १२-१४ घण्टा टाउको जोतेर अलि अलि बाँकि रहेको त्यो दिमागले के भेऊ पाउनु । तातो न भुत्लो । केही मेसो पाए त मरी जाऊँ । अन्तमा ओके ओके भन्दै त्यो ७ डलरलाई खल्तीमा बिराजमान गराएँ र वाई वाई भन्दै वानचाई स्थित रीभिनो टावर तिर हानिएँ जहाँ ट्याक्सको फारम भरेर खसाल्नु थियो । मैले १ सालमा कमाएको करिब डेढलाख हङकङ डलर । नेपालीमा हिसाब गर्दा झण्डै डेढ करोड अनि मेरी अधाङ्गीनीले १ लाख, झण्डै एक करोड । दुबै जनाको कमाईको योगफल करिव अढाई करोड नेपाली रुपैयाँ तर सधै हरि टट्टु । कहिल्यै हाम्रो भान्सामा उज्यालो भएन । संधै जोगी भात । औंसी पूर्णेमा कहिलेकाहि २-४ चोक्टा चिची झुल्कीन्छ, त्यो पनि मरेर । नत्र रेष्टुरेण्ट वार नै गईयो । नयाँ नयाँ कपडा लगाउने त कुरै छाडौं संधै टाउको जोत्दैमा फुर्सद छैन कहाँ जाँदा लगाउनु । कतिन्जेल यस्तो हरिबिजोग भएर बस्ने । हामी जस्तो सर्वसाधारणलाई हङकङको जीवन धेरै कठिन छ । एक मनले सोचें स्वदेश फर्कौं । ढिडो रोटो खाएर भए पनि एउटा स्वाभिमानी नेपाली बनी यो श्रम र सिपलाई नेपाली माटोमा खन्याआऔं । तर स्वदेशको स्थिती झनै चर्को छ । त्यहाँ त आफन्त नातागोताहरू ठुला बडा हुनु पर्छ । पहुँचवाला हुनु पर्छ । तीनै पहुँचवालाले आफ्नै "कोठेवारीमा पाकेको केरा बाँडेर खाए" जस्तै राज्यका हरेक क्षेत्रमा आफन्त नातागोताहरूलाई जागीर खुवाउँछन् । आफ्नो त त्यो स्थिती पनि छैन । एक मनले सोचें कमसे कम हामी बिदेशीएर हाम्रो परिवारलाई सरकारले पाल्नु पर्ने भार त कम भएको छ फेरी किन सरकारकको निम्ति बोझ बन्ने ? यिनै तर्कनाहरू मनमा खेलाउँदै त्यो ट्याक्सको चिठ्ठि खसालेर गुँडमा पुग्दा ४ बजिसके छ । गुँडमा सानी बचेरी (छोरी श्रेया) माउको (मेरो) प्रतिक्षामा ब्यग्रताका साथ कुरीरहेकी थिईन् । तिन्लाई च्याप्प कोखिलामा च्यापेर विस्तरामा पल्टेको खै कति बेला भुसुक्कै गएछु ८ बजे वहिनीले खाना खान उठ्नुस भन्दा पो ब्यूँझिए छु ।

समाप्त ।

अगष्ट ३ श्रावण १८ गते २०६७         

 

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Memoir / संस्मरण category

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
बन्दुक, बन्दना, जुवा र जुली
रोसीका हजार छाल
नीलगिरिको केरकार
कालु पाँडे हराएको खबर
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
चोखो प्रेमको अनन्त पिडा
मेरो वाउको गाउँ
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
हङकङबाट काठमाण्डौसम्म
फ्रान्कोनियाको मेट्रो
मेरील्याण्डका उडुस
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
हेल्सेको रेडियो

    Links
Column / स्तम्भ

    Random Pick
प्रकाश छाङ्छा हङकङका पाका कवि हुन् । उनी मिलनसार, हँसिला र ससिला छन् । जीवनका तिक्तताहरुलाई उनले साहित्यमा कतैपनि पोखेको पाइन्दैन । न त जीवन प्रति उनी कहिले निरास नै देखिन्छन् । पिउने कुरामा कवि हरिभक्त कटुवालको याद दिलाउने कवि छाङ्छा साहित्यमा भने उनी जस्तो निरासावादी छैनन् । बरु आफ्ना सृजनाहरुमा उनले देशको माया व्यक्त गरेका छन् । जीवन र जगतका यथार्थहरु उजागर गरेका छन् । राजनैतिक वेथितीलाई व्यंग्य गरेका छन्......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
595815
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com