Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 31, 2008 | Author : गणेश राई
Category : Review / समिक्षा | Views : 1016 | Rating :

  
गणेश राई
Author

अस्तित्वको खोजी, तेसप्रतिको चिन्ता, तेसको निरन्तरता अर्थात जगेर्ना आज व्यक्ति-व्यक्ति, समाज र समूह अथवा मान्छेमा मात्र सिमित रहेन । निजत्व वा पहिचानको विषय घनिभूत बन्दैछ जताततै, त्यो मान्छेदेखि वनस्पतिमा पनि सरिसक्यो । जस्तो यार्सागुम्बाको प्याटेन्ट राइटको विषयलाई लि��"ं । हाम्रो आफ्नो घुरेनमा बहुमूल्य यार्सागुम्बा उम्रिन्छ, हुर्किन्छ र हलहलाउँछ । तर 'म नेपाली माटोको रैथाने उत्पादन हूँ', भनेर दावी गर्ने अधिकार ऊसँग नहुन पनि सक्छ प्याटेन्ट राइटको अभावमा । ऊ अरु कसैको हुन सक्छ, नाम फेरिन सक्छ । नाम फेरिनु भनेको परिचयविहीन हुनु हो ।अनश्लीय यानेकि नश्लहीन बनिनु हो । अस्तित्व संकट/धरापमा पर्नु भनेको आफ्नो नीजत्वरहेको घरबाट आफै उखेलिई फालिनु हो, मूल जरा हराएजस्तै हुनु हो । पहिचान नभएपछि के भनी कुन आधारबाट कसरी चिनिने ? आजको दुनियाँ नश्लीयताको संरक्षणमा लागीपरेको छ-आफ्नो परिभाषाभन्दा बाहिर फालिन सक्ने पीरले ग्रस्त छ आज मान्छे । मस्तिष्को दशगजामा जङ्गेपिलरको नियति खेप्दै, हृदयको उपल्लो सीमानामा सीमान्तकृत विभेदले प्रताडित हुँदै को उभिन सक्छ ? आगतको भय विमर्शमा त्रस्त खुम्चदै-खुम्चिदै......

 

आज म किन ?

त्यै ठाउँमा फुल्न/फल्न र फैलन पनि सकिन

सधैं त्यसैलाई सम्झेर झोक्रिँदा-झोक्रिँदा

सधैं त्यसैलाई सम्झेर चाउँरिदा-चाउँरिदा

आफै हराइने त हैन ? अब जाग्नु पर्छ कि ?...... (अक्षर ढुङ्गा र मुन्दुम अनुष्ठान)

 

साँस्कृतिक चेतनाको गति र मानव सभ्यताको आदर्श समानान्तर तादात्मयीक बढ्नु पर्छ समुन्नत र साँझा समाज निर्माणकासाथै विकाशका दृष्टिमा । समानताको अगाडी '' झुण्डाइनु हुँदैन । तेसो भयो भने ज्वारभाटा निम्त्याँउछ-द्वन्द्वको । समाज र तेसभित्रको सामाजिकीय परिभाषा, स्वतन्त्रता र जिम्मेवारी अर्थात समाजप्रतिको दायित्वबोध वा अपनत्व या गर्वानुभूति प्रतेकको नैसर्गिकता सँग जोडिएको हुन्छ । त्यो समाजको निर्माण कस्ले गर्यो ? जहाँ आफूले भूमिकर तिरेर टेकेको आफ्नै माटोमा पाइलाडोव डराइडराई छाड्नुपर्ने अवस्था छ । गोरेटोमा हिँड्दा बाटोमुनि पस्नुपर्ने हुन्छ । पधेँरोमा एक गाग्री पानी निर्धक्क थाप्नु पाइँदैन् । भीरको थाप्लोमा या उर्लिरहेको खोलाको किनारमा फालिनुको भय र पीडा, क्रोध र क्रन्दन अनि अवहेलना र तिरस्कारमा एकमुठी सास पनि निश्वास डराइडराई फेर्नपर्ने हुन्छ । को बाँच्न सक्छ आदिम अन्धकारमा बर्तमान चेतना रुवाउँदै.....

 

सुरूमा उनीहरूले मेरो हातबाट कलम खोसे

मैले आफ्नै ��"ंलाहरूलाई कलम बनाएर लेखेँ

त्यसपछि उनीहरूले मेरो कापी चोरे

मैले पर्खाल र भित्ताहरूमा लेखेँ

अन्तिममा उनीहरूले मेरो मसी र ��"ंला नै बेपत्ता पारे

मैले जीवनका पाटापाटा खिपेर रगतमा चोप्दै लेखेँ

जब उनीहरू मसँग केही छैन भनेर ढुक्क भए

तब मैले मेरो अस्तित्वका शव्दहरू चम्काइ-चम्काइ लेखेँ । (शव्दशव्दमा धुकधुकी)

 

कृतिभित्रका शक्तिशाली कविताहरूमा सप्पैभन्दा बलशाली अर्थात 'रुङ्रीको बयान र नदी किनारा' काव्यकृतिमा सङ्ग्रहित कविताका आकाशमा बृहस्पति हो यो माथिको कविता । चलनचल्तिको भाषामा मास्टरपिस-भन्छु म प्रस्तुत कवितालाई । विम्ब र प्रतिकले सुन्दर शिल्प बुनेर जसरी अभिघात समयको स्पन्दन पक्रिन्दैँ बर्तमान फलाकेका छन् कविले । उसैगरी हामी आफै बाँचेको समाजको कुरुपताको सघन चित्रण, वगिर्यक अतिरिक्त जातीय विभेद, थिचोमिचोको हदै तीतोटर्रो तर सफासत्य पनि बोलेका छन् रुङ्री कवि देवेन्द्र खेरेसले कविताको मोहक भाषामा । घाम चुम्न हिँडेका खेरेसलाई कालो बादलको जालझेलले किन रोक्न सक्थ्यो । किन बाँध्न सक्थ्यो ?

 

विश्व थर्काउने महान फ्रान्सेली साहित्यकारहरू अल्वेयर कामु, ज्या पौल सार्त्र र काफ्काद्वारा प्रतिपादित अस्तित्ववादी चिन्तनले उहिले नै ��"रिजनालिटि अर्थात नश्लीयताको क्रमिकता या मौलिकपनको निरन्तरताको   पक्षपोषणमा शालिन बैचारिक लेखनीय दर्शनले तीक्ष्ण बिद्रोह गरी साहित्यिक क्षीतिजमा अस्तित्वको लागि ज्वारभाटा उराले । कहीँ मूलभुल्कोले, कहीँ भगालोले, कहीँ छिटाछालले स्पर्शित गर्दै समयान्तरमा आफ्नो प्रभावीय कोणभित्र हुत्याए । आज कोही बाँच्नसक्छ नदीबिनाको उजाड किनारा जस्तो अस्तित्व सत्कार्दैर् ? तेसैले कवि देवेन्द्र खेरेस चिन्तित भावशैलीमा प्रश्नको रापिलो अगुल्ठो झटारो हान्छन्-तिनीहरू सप्पैलाई दुत्कार्छन् जस्ले माटोसँग जीवनको अविच्छिन्न सामिप्यता र सम्बन्ध छिनाल्यो ।

 

वायुविनाको हावा के हावा ?

गतिबिनाको पानी के पानी ?

माटोबिनाको जीवन के जीवन ?

चिन्तनबिनाको विचार के विचार ?.....  (ज्वारभाटा ज्वारभाटा)

 

मौलिकता भनेको म भन्छु-खाटिपन हो, जो प्रकृतिसित टाँसिएको हुन्छ । नश्लीयतालाई सुद्धता अर्थात मिसावटरहित प्योर वा अर्गानिक भनी सम्बोधन गर्दा हुन्छ । हाइवि्रडिटि त्यसमा अस्वीकृत, वर्जित या निषेध गरिन्छ, । नत्र किन आज रसायनिक मलको साटो प्राङ्गारिक मल यानेकि गाई, भैसीं, बाख्रा आदिको गोबर बर्कौलो प्रयोग गरी उव्जाइएको खाद्य चिजको माग बढीरहेको छ । मान्छेको सन्दर्भ पनि तेही हो । खेरेस माझ किराँतबाट उठे । स्थानिक किराँत मुन्दुम र मिथकद्वारा दीक्षित बने । ढुकढुकीबाट मुन्दुम ब्युझाउँदै, एक मुठी अक्षता, एक टुक्रा अदुवा र एक चिण्डो जाँडले उनी आस्थाको चौतारा पुज्छन् । चौतारामा सिरसिरे हावा बहन्छ, शीत्तल छाँउछ र शान्तिले सास फेर्न सकिन्छ । यसमानेमा चौतारा शान्तिको प्रतीकात्मक विम्ब हो । चौतारा किराँत मिथकमा रुङ्री पनि हो । जस्को अन्तर्सम्बन्ध चुलासँग प्रगाढ हुन्छ । प्रतीकात्मक विम्बचेतनाले रुङ्रीको बयान अभिभूत छ । आशागर्न सकिन्छ-भोलि उनी घुङ्रिङ र माङ्छामा/मोछामाको विम्बात्मक मिथकले कविताको साकेन्वा/साकेला जन्माउदै हुर्काउँने छन् । अस्तित्व चेत-आफू हुनुको सप्पैभन्दा बलियो आधार हो ।

 

आफ्नै देशभित्र आफ्नै घरआँगनमा राज्यसत्ताद्वारा अनागरिक कहलाइनुको दृष्य/अदृष्य पीडा खिलेर जिन्दगी खोज्न निस्केका यी चेतनशील कविलाई उमेरको हिसाबमा, उन्ले बिताएको समयको फन्कोमा युवा भन्दा फरक नपर्ला । यद्यपि चेतनाका सन्दर्भमा, चिन्तनका पाटोमा, सृजनाका आधारमा, रचनात्मक शैली र शक्तीका गतिमा उनी युवा होइनन् । माँझिएका अथवा खारिएका लाग्छन् उनी उन्को कविताभित्र पसेपछि । परिस्कृत र परिपक्व कवि चेतले साप्सु अविरल बगेजस्तै उनी बगेका छन्-शव्द शव्दमा, हरफ हरफमा दूधकोशी बगेजस्तै निर्मल । उन्का कविताले उन्को सृजना क्षमताले तेही संकेत गर्छ । तेसैको पुष्टि गर्छ । रुङ्रीको खोजमा पराई माटोमा भौंतारिइरहेका उनी नोस्टाल्जिक बल्भिmदै अर्को उद्घोष गर्छन टेम्के डाडा तिर फर्केर टाइमोसानको चुचुलिमा उभिएर अथवा टाइम स्क्वाएरको समयकाटा पक्रेर......

 

खोला, नदी, समुद्र र महासागरदेखि

किनारा लागेको म

अब सपना देख्नु छ

अर्को-समयको लागि

अर्को-चेतनाको लागि

अर्को-जीवनको लागि ।    (नदी किनारा)

 

बधाई छ कविलाई यस सत्वमा कि सपना देख्नैपर्छ प्रतेक स्रस्टाले, अबपनि स्रस्टा स्वयंले सपना नदेख्ने हो भने कस्ले देख्छ असमानताको खाँडल र सृष्टिगर्छ समानताको यात्रा । नयाँ चेतना र जीवन नयाँ समयले बोक्नै पर्छ । संविधान लेखिइदैछ-तेही राज्यमा जस्ले अनागरिक बनायो खेरेसहरूलाई, राज्यसत्ताविमुख पार्यो आफ्नै घरभित्र । कविको चिन्ता र असहमति छ तिनीहरूसँग, जस्ले देवेन्द्रलाई खेरेस हुनबाट उखेल्दैछ । मूलजरासित चुँडाउन खोजदैछ । घर त छ, तर घरभित्र पस्नै नपाई पिंढी अर्थात सिकुवामै जीवन रित्याउने हो भने घर हुनु र नहुनुमा खै के फरक पर्छ । रुङ्री सपना अब विपनामा परिणत हुनुपर्छ-त्यो कविको जिरिह जिकिर हो । उनी जानेहरूलाई पनि बोलाउछन्-'घर छ र परदेशी छ, परदेशी छ र घर छ ।' भन्दै -जस्तोः परदेशी) कविताद्वारा मीठो कवितात्मक शैलीमा ..

 

आऊ आऊ यही आउ

यौटै चुलाको आगो ताप्नेहरू

यौटै छानाको ��"त लाग्नेहरू

खै कहाँ छ, तिम्रो सुत्ने ��"छयान ?

खै कहाँ छ, तिम्रो मुत्ने घुर्यान ?

खै कहाँ छ, तिम्रो हिड्ने बाटो ?

खै कहाँ छ, तिम्रो मान्ने बिचार ?

खै कहाँ छ, तिम्रो बाँच्ने आधार ?  ......... (आऊ आऊ जानेहरू आऊ)

 

माटोको अपनत्व, परदेशीनु वा सीमान्तीकृत बनिनुको विराट पीडा र वेदना, जस्केलाबाट चोरीदाउमा छिर्नेको षड्यन्त्रमा परेर आफ्नो नीजि घरको मूलढोकाबाट खेदिइनुको अथाह चोट र क्रोध प्रतीकात्मक तथापि आफ्नै सरस र सरल भाषिक विम्बका आत्मीक माध्यमद्वारा अभिव्यक्त गर्ने कवि देवेन्द्र खेरेसलाई म अनन्य एवं अरु बढी पढ्न चाहन्छु । यस अर्थमा कि अब समालोचकको समालोचकीय रुढिवादी मान्यता र पद्धती, पुरातन सिद्धान्त र सिमा, तेसको असान्दर्भिक मार्ग र नियन्त्रित गतिका साथै अनेक बाधाबन्धनले स्रस्टा र सृजनालाई बाँधेर राख्ने होइन । र, बाँधेर राखन सक्तैन पनि । उस्को खटनमा सर्जक खटिनुको बाध्यता, आवश्यक्ता वा जरुरी अब छैन । अब सृजनाको निस्सीमताले, सृजनाको नवीन धारले, सृजनाको चेतनाशक्तिले र सृजनाको विविधता अथवा बैचारिक अनेकानेकताको गतिले समालोचक स्वयम् डोरिने छ । सृजनालाई पाइला चाल्न हुकुम गराउने समालोचकले हैन । तेसो गरियो भने सृजनाको मौलिकपन लोप हुन्छ । सृजनीय स्वतन्त्रतामाथि अधिनायक हावी हुन्छ । जस्को परिणाम सिर्जनशीलता हराई, त्यो रित्त ठाउँ स्तुतीगान या भजनले पूर्ति गर्छ । तेसो भएकोले  सृजनाको व्यापक र विस्तृत परिधि, अनेकौं बिचार र तर्क, विविध चिन्तन र मनन, अनेक गति र धार खुम्चाउँने हैन । सृजनाको असिमित मार्ग पछयाउने हो समालोचकले ।

 

आयामेली कवि एवम् प्राज्ञ बैरागी काइँलाका भनाई मननयोग्य ठान्दैछु यतिबेला (उसो ता उ बेला पनि ठानेकै हुँ)-'प्रयोगशील स्रष्टाहरूको सक्रियताले ल्याएको शिल्प र शैलीमा नवीनता र आदिवासी जनजातिका मिथक, बिम्ब र प्रतीकहरूले सुसज्जित कविताहरू नै आउँदा दिनमा चर्चामा आउने नेपाली कविता हुनेछन् ।' तेसै र त कवि देवेन्द्र खेरेस कुर्लिन्छन्, शब्दहरूको बिद्रोह फलाक्दै । शब्दहरूको रुङ्री बिद्रोह शालीन बिद्रोह हो-जस्को तागत बम र गोलीको भन्दा कता हो कता शक्तिशाली हुन्छ, तागतिलो हुन्छ ।

 

घर नहुनेलाई-देश हुनु र नहुनुमा फरक के छ ?

आँगन नहुनेलाई-भाषा र संस्कृति हुनु र नहुनुमा फरक के छ ?

बर्तमान नहुनेलाई-जीवन र जगत् हुनु र नहुनुमा फरक के छ ?..........

 

कस्ले बनायो टाढा, आफ्नै देशबाट ?

कस्ले बनायो लाटा, आफ्नै भाषा र संस्कृतिबाट ?

कस्ले बनायो पाखा, आफ्नै जीवन र जगतबाट ?    (प्रश्नहरू) 

 

यी र यीजस्तै असन्तुष्टि भरिएको कविताको ��"जिलो कृति रुङ्रीको बयान र नदी किनाराभित्र जम्मा चौंधवटा छोटो लामो कविता समाविस्ट छन् । तर ती चौंध अञ्चलको प्रतिनिधि कविताभने होइनन् । केवल संयोगमात्र हो, त्यो भन्दा अरू केही होइन चौंध संख्याको सन्दर्भमा । तथापि, कविताले थिचोमिचो र जालझेलबाट पिल्सनु बाध्य सोझा, सिधा ग्रामीण मान्छेलाई दुरूस्त उभ्याएको छ काव्यिक जिन्दगीमा । भाषा, संस्कार, लिपि, संस्कृति, टेक्ने अखटा र समाउँने हाँगा खोसिएका/लुटिएकाहरूको सजिव आक्रोस फलाकेको छ । तेसमा शालिनता छ, बिद्रोह छ र भोलिको सपना पनि छ- सुन्दर । तर अराजकता छैन । नारा चिच्याएको छैन कविताले । अनि सप्पैभन्दा महत्वपूर्ण पक्ष काव्यचेतना अर्थात काव्यिक सौन्दर्यताले वँशिभूत छ । तेसो हुनाले कृति पठनीय भएको छ । धुमिल परिवेशको सम्झनाले अर्थात रुङ्री नहुनाले कवि नियास्रिन्छन् । अतीतको बल्छिमा उनिन्छन्- फुत्किन नसकिने पासोमा परे जसरी । समसामयिक समस्याको मिहिन मूल्याङ्कन त कवि खेरेसको कृतिको चोमोलोङ्मा हो । जो बोल्दो छ- सशक्त र बौद्धिक तर्कको तार्किक उचाइमा ठिङ्ग उभिदैँ ।
 
उत्तरआधुनिकवादी चिन्तन र आयामको दृष्टिमा विधाहरूको क्रमभंगता अथवा भञ्जित खण्डहर भएको अवस्थामा सृजनशील साहित्य समाज हङकङबाट प्रकाशित यस कृतिको विधा छुटयाउँदा असामयिक वा असान्दर्भिक ठहरिएला तथापि, विधागत रूपले काव्य हुँदाहुँदै पनि आख्यानात्मक शैलीमा आएको यस कृतिमा डायस्पोरा, नोस्टाल्जिया, वर्षौदेखि थिचिन/मिचिन परेको, थातथलोबाट उखेलिन परेको गहिरो जीवनपीडा र त्यो कस्ले, कसरी र किन गरेको छ त ? अभिजात्यको हालिमुहाली भएको/थिएको राज्यसत्ताले वा आफ्नै अविवेकीपन या अति इमान्दरीपनले भन्ने गहिरो चिन्तन पनि लाप्पा खेल्न जुरुक्क पाखुरा सुर्काउँदै ठडिन्छ कृतिभित्र छिर्दै जाँदा । यसो र कवि देवेन्द्र खेरेसलाई जति लेखे पनि, शब्दहरूको पहाड जति उभ्याए पनि उन्को कद अर्थात उचाई छेकिँदैन । टाढैबाट उनलाई छर्लङ्ग ठम्याउँन सकिन्छ । त्यो खुबी उन्को कृतिले बताँउछ । भरोसा सहित आशा गरे हुन्छ-उन्को चेतनाले, उन्को तेस्रो आँखाले, उन्को कलमले खोसिन परेपनि उनि हृदयले कविता लेख्छन्- रगतको मसि चोप्दै । अर्को कृतिमा रुङ्री तरल नरही ठोस बन्ने छ निश्चित । अहिलेलाई यति नै कृतिको संक्षिप्त समीक्षाको सन्दर्भमा । कृतिगत समालोचना अवश्य यो होइन-थप्छु र यतिमै थातथलो सम्झिदै जागिरमा नारिनु कुद्छु । आलङ्ने सेवा ।
 

इस्टहाम लण्डन ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by prakash thamsuhang on November 01, 2008
daju sewaro,
uk ko chiso ma sabda sanga khelna chhadnu bhayeko rahenachha.khusi lagyo.

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
एउटा सहरको किनारमा उभिएर ऊ बगिरहेको हेर्नु कम्ती सुखद लाग्दैन !......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
690596
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com