म तपाइँको को हुँ ? -लोग्ने ? -प्रेमी ? -बुबा ? -भाइ ? -साथी ? -या मात्र पुरुष ? कृपया भन्नुस् तपाइँ र मेरो बीचको सम्बन्धलाई म कुन नामले सम्बोधन गरुँ ? म कुन नामले तपाइँसित मेरो मनका असन्तोकहरू व्यक्त गरुँ ? कृपया भन्नुस् म तपाइँलाई कुन नामले सम्बोधन गरुँ ? -स्वास्नी ? -प्रेमिका ? -आमा ? -दिदी ? -साथी ? -या मात्र नारी ? युगौंदेखि बाँधिएका छौं हामी यस्ता अनेकन् सम्बन्धहरूले र यीनै सम्बन्धहरूको बीचबाट तपाइँले मलाई बनाउनु भएको छ गान्धी र बनाउनु भएको छ वीरप्पन बनाउनु भएको छ बुद्ध र बनाउनु भएको छ कंश आखिर म तपाइँको को हुँ ? अहिंसक कि तस्कर ? शान्तिप्रिय कि बदमास ? कृपया भन्नुस् म तपाइँको निर्मल सपना हो कि विभत्स वर्तमान ? प्रेम र स्नेहले बाँधेर मैले जो सम्भोग गरेँ उन्नत विचार-योनीमा परिवर्तनको लिङ्गले के म तपाइँको अपराधी भएँ ? -चोर भएँ ? -डाका भएँ ? -फटाहा र जाली भएँ ? -प्लेब्वाइ र छाडा भएँ ? -राँडो र रन्डो भएँ ? कृपया भन्नुस् तपाइँ र मेरो बीचको सम्बन्धलाई म कुन नामले सम्बोधन गरुँ ? र मनभित्रका विष्फोटनहरू तपाइँ समक्ष पेश गरुँ ? हो, हाम्रा आँखा उस्तै छन् तर दृष्टिकोण किन फरक ? हाम्रा मनमस्तिष्क उस्तै छन् तर सोच किन फरक ? हाम्रो यात्रा एउटै हो तर गन्तव्य किन फरक ? हाम्रो नश्ल एउटै हो तर जात किन फरक ? किन म पुरुष ? किन तपाइँ नारी ? के हामी मान्छे हुन सक्दैनौँ ? हो यस्तै प्रश्नहरूको जङ्गलबाट म तपाइँसित आफ्नो बजुद मागिरहेको छु- कृपया भन्नुस् म तपाइँको को हुँ ? - हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा कविता अभियान ! ! |