Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : July 12, 2010 | Author : गणेश राई
Category : Review / समिक्षा | Views : 841 | Unrated

  
गणेश राई
Author

सम्झनाको ऐनामा विगत हेर्दै वर्तमान भुली अतितमा हराउनु प्रत्येक परदेशिको नियति हो । परदेशिनु सम्झनालाई ताजा पार्नु रहेछ । घरको मायालाई मुटुले नजिक्याउँनु पनि रहेछ । परदेश लागेको नेपाली डायस्पोरा आज संसार भरि फिजिएको छ । सुरुआत भने दुई शताव्दी पहिले गोर्खा सैनिकबाट भएको हो भन्नु इतिहास बंग्याउने दुष्प्रयास गरेको नठहरिनु पर्ने हो भन्छु । डायस्पोरा फिजिनु मनहरू फिजिनु रहेछ । सम्झनाहरू अरु झाँगिदै तन्किनु रहेछ । मायाहरू अझ् मौलाउनु रहेछ ।

टेक्नलाई एक मुठी भरासिलो माटो

बाँच्नलाई आफ्नै मातृभूमि

शिर उठाई हिँड्नलाई एउटा सुरक्षित देश

परिचयलाई एउटा मौलिक धर्म

बोल्नलाई एउटा मौलिक भाषा

कति महान हुँदोरहेछ ।          (सूचना)

बस् यिनै हरफ काफि छन् अर्काको माटोमा आफ्नो माटो खोजिरहेका आजका डायस्पोरा मान्छेहरूलाई । अस्तित्वको निम्ति जो पिरोलिरहेका छन् । सँस्कृति निरन्तरताको लागि पालुवालाई मलजल गरिरहेछन् । हतारिनु पर्ने बाध्यता पनि छ - समय डाँडामाथि एक जुवा घाम बनेको छ परिस्थितिले, टुप्लुक्क डुबी जालाजस्तो त्यही डाँडाको फेदीमा । साँच्चै  मान्छेहरू आज मौलिक परिचयको लागि असाध्य भौंतारिरहेको अवस्था छ । मान्छे भएर मात्र नपुग्ने भएकोछ आज मान्छेलाई ।

सिम्मा तिमीले धोएको

कपडाको फिँज र मैलो पानी

मैले वेलायतको समुन्द्रमा भेटेँ......      (वेलायतको समुन्द्रमा गाँउकी सिम्मा र तिरतिरे धारा)

आफूजस्तै कविताका विम्व र प्रतीक फुराउँने जातीय मिथकले काव्यको सुन्दरतामाथि सौन्दर्य थप्ने सर्जक भगवान चाम्लिङका नव कविता संग्रह मजस्तै मेरा कविताहरू कृतिभित्रका माथिका कवितांशले उनको काव्यिक संरचना र त्यसले बाल्ने चेतनाको संकेत बोल्छ । सैंतालिस थान लामा छोटा कविताहरू अटाएको यो कृतिभित्र डायस्पोरा जीवनको खाट्टी जिन्दगी भेट्न सकिन्छ । आफ्नो दःख उनको दुःखसित साट्न सकिन्छ । कविताको सप्तकोशीमा विशेष डायस्पोरासम्बन्धी कविताले यद्यपि अग्रस्थान ��"गटेको भएतापनि तीन दशक बढी वर्षहरू आफ्नो आँगन बाहिर बिताएका कवि चाम्लिङकृत सिर्जनामा डायास्पोरिक संवेगमात्र छैनन्, कृतिभित्र देशप्रतिको गम्भीर पीर चिन्ता, बिथोलिई घिनलाग्दो सिनो बनेको फोहोरी राजनीति, गाँउघर र तीसँग नफुस्कने गरी जोडिएको बलियो सम्झना, सँस्कार अनि रीतिथिति पनि अटाएका छन् । दमितका आवाज उनको कविताको ज्यान हो ।

सिमानारहित देश र बिना पासपोर्ट आवातजावातको जतिनै परिकल्पना गरेपनि वास्तविकभन्दा भावनासित त्यो बढी गाँसिएको हुँदोरहेछ । त्यसैले त कवि घट्दै छ सिमाना शिर्षक रहेको पुर्नजागरण कवितामार्फत देशको माटो जोगाउन सप्पै देशवासीलाई विराट आह्वान गर्छनः

उठौं जुटौं न अब त घट्दै छ देशको सिमाना

साम्राज्यवादीहरूको अन्याय र अतिक्रमण बढ्यो

सिमाना खोसिदै छ देशको ...

दिनदहाडै टिङकर लुट्यो

रातारात लिम्पिया लुट्यो

मेचि मिच्यो महाकाली पनि

टनकपुर त नेताले बेच्यो ।....

माटो खोसिदै छ । आागन साँगुरिएको छ । सम्वेदनशिल बन्नु पर्ने बेला होइन त ! यो देश चलाउँछु भन्नेहरू फटाहा बनेपछि, विकास गर्छु भन्नेहरू भ्रष्टाचारीमा दरिएपछि, लोकतन्त्रवादी हुँ भन्नेहरू अधिनायक बनेपछि, समानता कायम गर्छु भन्नेहरू साम्प्रदायिक बनेपछि र अन्याय गर्दिन भनी कसम खानेहरूले न्याय नगरेपछि भीरको थाप्लोमा जब्बरजस्ती घचेटिएका सिमान्तकृतहरूले ती समस्त आडम्बरीहरूलाई नेतै मानिरहने त ? सर्जक सृजनाद्वारा गहिरो आपत्ति प्रकट गर्छन कि ती लवस्तराहरूले देश बिगारेको, बेथितिमा पुर्याएको जिम्मा लिनुपर्छ, तदनुरुप सजाय भोग्नपर्छ । अब जनता उठेर देश बनाउँनु पर्छ, उनी कवितामा यसै भन्छन् ।

थेम्सको किनारमा बसेर उदाउँदै गरेको न्यानो घामको छरिदै गरेको किरणको कविता होस् अथवा वेस्टमिन्स्टरको साघारबाट बिगबेनको समयकाँटा चियाउँदै आफू अर्थात गोर्खालीहरूको सन्दर्भमा समय घर्किनै लागेको बुझाई होस् ती मानवीयताले लछप्प भिजेका छन् । विन्टरको वेलायतबाट ट्याम्के ठम्याउँने यी कवि माझकिराँत पुग्छन् र कविताको साकेला सिलि नचाउँछन्;

अमेजन नदीको धारजस्तै

तिम्रा किराँत मुन्धुम र दिव्य विचारहरू

विश्व प्रख्यात भएर गतिवान बहिरहून......

तिम्रा किराँत विश्वासहरू

पत्थरको पहाड बनेर तपिरहून ....      (अमेजन नदी)

जसरी मधेस छिचोल्न या नुनको भारी खेप्न भरिया दाइहरू ढाडमा ढाकर, हातमा टोक्मा र आत्मामा सुम्निमाप्रतिको गहिरो विश्वास बोकी दूधकोशी काट्न पर्ने अकाट्य नियति छ उसरी नै कवि चाम्लिङ सम्झनाको दूधकोशी सुनमायासाग पटक पटक तरेका छन् कविताका हरफहरूमा ताराहरूको देश पुगी जूनसित पिरती गाँस्नलाई । अथवा कविताको अर्को शालिन विद्रोह घोषणा गर्नलाई ।

ग्रामिण जनजीवनको बोलिचालिको शैली भनौं ठेट या झर्रो भाषाको विम्वात्मक प्रयोगले कवितालाई साप्सुको पानीजस्तै मीठो बनाएको छ । साथै ट्याम्केजस्तो अग्लो पनि । प्रसस्त चिन्ता र चिन्तन, जिन्दगीको भरोसा र जोहो, संस्कार  सास्कृतिको संरक्षण र गतिशिलताका अतिरित्त आफू जन्मिएको र उभिएको माटोप्रतिको श्रद्धा र सुरक्षा एक्काइसौं शताव्दीको आम मान्छेका साँझा चासोको विषय बनेको यो घडिमा कविको कलमले यी विषयलाई एकमुष्ट समेट्नु र कृतिको रुप लिन सफल हुनु भनेको काव्य समाजसित नजिकिनु हो । कवि स्वयम् समाजप्रति जिम्मेवार बनिनु हो ।

सृजना गर्नु भनेको आफ्नै अनुभवलाई उधिन्नु हो । यसै मेसोमा स्रष्टा भगवान चाम्लिङको कोर्ट मार्शल र काँचो मासु शिर्षक कवितामार्फत सैन्य जीवनसम्बन्धी वा त्यहाँभित्र घट्ने अदृष्यझैं लाग्ने कविताको छोटो हरफ हेरौं;

सुनसान रातमा सैनिक वर्दीसँगै कसिएको

बुटजुत्ताको भयभीत आवाज

ट्वाक ट्वाक ट्वाक अघि बढिरहेछ...

अजंगको स्वरले चुनौति दिन्छ सेन्ट्रि होल्ट ह्वु गोज् दियर'

सखारै बिहान एक मुक्लिस सिपाही

कोर्टगार्डमा बन्दी भएको हल्ला र

फेमिलीलाइनमा अफिसर्नी दिदीको काँचो मासु चोरिएको हल्ला

एकसाथ शंकास्पद भय भएर फैलिन्छ ।.....

अन्त्यमा, गीत सङ्गीतप्रति समर्पित भगवान चाम्लिङका स्वर, गीत र सङ्गीतले नेपाल र नेपाली गीत सङ्गीतको व्यापक क्षेत्रलाई पुर्याएको योगदान आफ्नो ठाँउमा वजनदार छदैछ, त्यसका साथै साहित्यिक फाँटको कविता विधामा उनको उपस्थिति पनि दर्विलो दरिएको छ । बिभिन्न परिवेश, समय र सन्दर्भमा तुनिएका कविताहरूको एकमुष्ट प्रकाशनको जिम्मेवारी निभाउँने किराँत प्रकाशन काठमाण्डौंको प्रयास सकारात्मक छ । योद्धा र युद्ध अथवा सैन्यसाहित्यसम्बन्धी काम गरीरहेको यौटा स्रष्टाको हैसियतले सर्जक चाम्लिङका खारिएको कलमले युद्धसाहित्यको व्यापकतालाई अरु व्यापक बनाउने दिशामा उनको कलम अबिस्रान्त बढीरहोस् भन्ने असिम कामना र उनीजस्तै कविताको निम्ति बधाई दिँदै यतिमै बिट मारेँ ।

आलङ्ने सेवा ।

इस्टहाम लण्डन ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
कलमको निवबाट तप्प झरेर
खाली कागजको पानामा पोतिन खोज्ने
एक्लो-एक्लो अक्षरहरु उठेर सधैं जिस्काउँछन्
महोदय ! कविता कस्तो हुन्छ-
प्रतिउत्तर छैन मसँग
म मौन रहन्छु- केहीबेर

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
643740
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com