जाडो सकिएको पनि धेरै भयो
तर मेरो घर आँगनमा
अहिलेसम्म न्यानो घाम छाउन सकेको छैन
पर पर क्षितिजमा एकाविहान
घाम उदाउँने तरखरमा
घामका लामा लामा खुट्टा तर्सिर्एका देखिन्थे
घामको न्यानो स्पर्शको आशाले
म र म भित्र मानिसहरू दौडदै आँगनमा आइरहेको वेला
अनायसै घामका खुट्टाहरू धुमिल हुँदै जान्छ,
विष्मिता बोकेर आँखा मिच्दै आशाले निहाल्छु
उज्यालाका रेखाहरूलाई
अनिश्चिताको रुखो बादलका ढिक्काहरू किच्दै किच्दै लगिरहेछ,
मेरो मनका कुना कुनामा अंकुरित
आशाका किरणहरूलाई वेकसुर निस्तेज गरिरहेछ।
काश, कालो बादल भैदिए
छिनमा गर्जिन्थ्यो होला
वर्षिन्थ्यो होला
वर्षौ देखि जागृत हिउँदका चिसा तुषाँराका थुप्राहरूलाई
बलात किनारा लगाई दिए जस्तै
पत्र पत्र जमेका फोहरका डंगुरहरू
अनि हिंसा र बारुदका कलुषित धुवाँका मुस्लोहरूलाई
जरै देखि बगाइ दिन्थे होला ।
जाडो सकिएको पनि धेरै भयो
तर मेरो गाम बेसीमा
अहिलेसम्म न्यानो घाम छाउन सकेको छैन
पर पर डाँडा पाखाहरूमा
तल तल फाँट अनि मैदानहरूमा
सिङ्गो इतिहास बोकेका
बोट विरुवाहरू अझै नाङ्गै छन्
वर्षौ नाङ्गो जीवन बोकेर
एउटा पूरा घामको सपना देखिराखेकाछन्
स्वछन्द आकाश मुनि
म र मभित्रका मानिसहरू पनि
क्षितिजको दिर्घामा उभिएर घाम खोजी रहेको बेला
हिउँदका हुस्सु र रुखो बादलको
मूसेा-बिरालो, मुसेा-बिरालो आत्मारति खेल खेलिरहेछ,
उज्यालोलाई कैद गर्ने झेल गरिरहेछ-
कहिले घुर्काउने
कहिले थर्काउने
कहिले सुर्काउने
अनि ताल परे छेपारो जस्तो रङ्ग वदल्ने।
मायवी तुवालोहरू र रुखा हिंसाका वादलहरू
आरुशीलाई धुमिल बनाउन खोजीरहेछ
लाग्छ, एउटा विश्वासको आँधीको खाँचो छ
जस्ले हिंसाको तुवालो र रुखो बादललाई
सधैं सधैंका लागि किनारा लगाइ दियोस् ।
अनि मेरो आकाशमा
एउटा सिङ्गो घाम छाइरहोस् ।
धेरै हिउँदहरू बितिसके
धेरै वर्षादहरू वितिसके
घामको न्यानो पर्खाइमा
घामको सुकिलो हेराइमा ।
लामो पर्खाइ भए पनि
मुटु काम्ने हिमपात भए पनि
विश्वासको घाममा तुवाँलो कहिल्यै लाग्दैन
किनकी, मेरो घर-आँगन
मेरो गाम-वेसी
हिम तुषारोको बलात आक्रमण सहेर
मुटु घोच्ने जाडो बोकेका
हुस्सु र रुखो तुँवालोको खास्टो ��"डेर
मनभरी जीजिविषा पालेकाछन् ।
द्वन्द हिंसा र बारुदले उब्जाएको
अविश्वास र अनिश्चिताको धुँवामा निशासिएर पनि
मनभरी घाम फुलाई राखेकाछन् ।
जीवनको नौलो पालुवा फेर्न
जिन्दगीलाई जिन्दगीकै रुपमा रूपान्तर गर्न
आँगन भरि घामको न्यानो रहरमा
निरन्तर पर्खि बसेका छन्
एउटा जागरिलो सहास बोकेर
एउटा सुखद उत्साह बोकेर
dajuup@yahoo.com
|