Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : June 14, 2010 | Author : किराँती भोगेन एक्ले
Category : Others / विविध | Views : 855 | Unrated

  
किराँती भोगेन एक्ले

      "नेपाली साहित्यमा डायोस्पोरा" शीर्षकमा प्रस्तुत सृजनशील अराजक अज्ञातको अलिक छोटो यो कार्यपत्र साहित्यिक ह्याट ��"ढेर आए पनि यसको सर्ट, पाइन्ट, स्याण्डो र बक्सर कट्टुलाई नियाल्दा यो साहित्यमा मात्र सीमित रहेको देखिन्न । यसले प्रष्टै साहित्यभित्र राजनीति देखेको छ र राजनीतिमा सहित्य लेखेको छ । विचार बोकेर साहित्य गर्ने र साहित्यमा विचार खोज्ने एक साहित्यकारले साहित्यभित्र साहित्यिक राजनीतिलाई छाम्नु अनि महशुस गर्नुलाई अस्वभाविक मान्नु स्वभाविक नहोला । यसर्थ अज्ञातद्वारा यसभित्र इतर विषय र सन्धर्भहरू छोइएकोमा म सारमा सहमत छु । तथापि सृजनशील अराजक अज्ञातका यस कार्यपत्रभित्र रहेको रुप पक्षको एकाध विषयमा धेरथोर असहमति या थप भनाई या फरक बुझाई प्रकट नगरी सम्पूर्णमा सहमतिको ढोका खोल्न भने सकिन्न । तेसो र असहमति या थप भनाई या फरक बुझाई जे भने पनि केही तल उठाएको छु ।

. नेपाली साहित्यमा डायोस्पोराको चर्काचर्की चल्नुमा अज्ञातले केही अर्थहरू खोज्दै एकठाउँ लेखेका छन्, "अहिलेको समयमा म नेपाली डायोस्पोराको गुन्जाइस् देख्दिनँ तर यदि अन्य विद्वानहरूले विदेशमा लेखिने गरिएका नेपाली साहित्यलाई पहिचान गर्न सजिलोका लागि डायोस्पोरा शब्दलाई चला��"ं भन्ने आग्रह गर्छन् भने यसमा मेरो सहमति हुनेछ ।" विद्वान मित्र अज्ञातको यो सहमतिमा म असहमतिको सुझाव पेस गर्न चाहन्छु । नेपाली डायोस्पोराको गुन्जाइस नदेख्दा नदेख्दै विदेशबाट लेखिने गरिएका नेपाली साहित्यको पहिचानको नाममा यो शब्दलाई चलाउन अज्ञात सहमत हुनु भनेको घुमाउरो गरी गुन्जाइस देख्नु पनि हो । यदि यो शब्द र यसको अर्थसँग नेपाली प्रवासीहरूको साइनो सम्बन्ध मिल्दैन भन्ने निर्क्यौल अज्ञातको हो भने यो शब्दलाई नचलाउने तिरै अज्ञात प्रतिवद्ध भएमा बैचारिक दलाली, तथा विरोधाभास नदेखिएला ।

. अर्को एक प्रसंगमा केही उदारणकासाथ अज्ञातले विश्वभरि लेखिएका नेपाली साहित्यको गोलमटोल अध्ययनले विविध पृष्ठभूमिमा बनेका, बनाइएका ती साहित्यिक सृजनाको गम्भीर अध्ययन नहोला कि भन्ने चिन्ता जाहेर गर्दै नेपाली डायोस्पोरा कहलीन र कहलाउन खोज्ने देश र व्यक्तिहरूको नामै किटेर उनीहरूलाई डायोस्पोराको राजनीतिक, साँस्कृतिक र साहित्यिक अर्थ र मूल्य ठीकसँग बुझिदिन अनुरोध गर्दै बडो सालिनताका साथ विशिष्ट शैलीमा हप्काएका छन् । हो पक्कै पनि नेपाल बाहिरबाट लेखिएका, लेखिन्ने साहित्यलाई नेपाली डायोस्पोराको एउटै बोरामा खाँदेर गुन्द्रुक बनाउनु न्यायसंगत हुन्न । नेपाल बाहिरको बेग्ला बेग्लै स्थान, देशबाट लेखिएका साहित्यको बेग्ला बेग्लै मर्म र गरिमा छन् । कलाकार, साहित्यकारको साइनो बेचेर र दुईचार ��"टा डिग्री र डाक्टर झुण्ड्याएर ग्रीनकाडहरू च्यापी अमेरिका युरोप पलायन भएका संभ्रान्त नेपालीहरूको साहित्यिक गरिमा र भ्वाङ परेको आफ्नो गोजी टाल्ने सियो धागो खोज्दै ४५ डिग्रीको मरुभूमिमा पुगेको नेपालीहरूको साहित्यिक मर्ममा आकाश जमिनको अन्तर छ । वीर गोर्खा कोक्पाको बहादुरी भजाएर नाक घोग्राउँदै यो ढाडे बीरालोको मुलुकमा रुझेको मुसा सरी बाँचेका हामी सक्कली नक्कली नाती नातेनाहरूको साहित्य र अझै पनि बेलायत राज्यको असमान व्यवहार भोग्दै अफ्गानिस्तान र इराकजस्ता युद्ध भूमिमा लडीरहेका गोर्खाहरूको साहित्यमा पनि तेस्तै भेद छ । यस्ता थुप्रै अरु थप होलान् र भोलि आउलान् । तेसैले यी फरक फरक भोगाइका सृजनाहरूलाई अज्ञातले भनेझै फरक फरक राखेर हेरिनु पर्दछ तर यी थुप्रै देशका नेम प्लेटहरु हाम्रो गरिब राष्ट्रको गरिब विश्वविद्यालयले फरक फरक टाँस्न नसक्ला । हाम्रो प्रज्ञाप्रतिस्ठानले भोलि यतिधेरै प्रवाशको नेपाली साहित्य अध्ययनको निम्ति बेग्ला बेग्लै कोठा छुट्याउँन नसक्ला । तेसो र हाम्रो पहिलो आग्रहचाहिँ एउटा कोठा र एउटा नेम प्लेटको नै हुनु पर्दछ । एत्ति हो भित्रका दराजहरू दामासाही भाग लगुन् ।

. अब कार्यपत्रमा अज्ञातद्वारा प्रस्तुत डायोस्पोराको अवधारणा भित्र छिरौं । अन्तर्राष्ट्रिय डायोस्पोरामा यहूदी र अफ्रिकन डायोस्पोराको संक्षिप्त चर्चा गर्दै उनले आठौंदेखि छैठौं इसापूर्वको यहूदिहरूको निष्कशन यहूदी डायोस्पोरा र अफ्रिकाबाट यूरोप, एशिया र अमेरिकी माहाद्वीपमा पुर्याइएका काला जातिको वर्तमान स्थितिलाई अफ्रिकन डायोस्पोराको रुपमा अध्ययन गर्ने गरिएको छ भनेका छन् । र यसै आधारभूमिमा नेपाली डायोस्पोराको चर्चागर्ने क्रममा भनेका छन् । "एउटै मूलक या समान सँस्कृति भएका मानिसहरूको छरप्रस्टाइ या फैलावटलाई डायोस्पोराको आधार मान्दा भने वर्तमान समयमा नेपाली डायोस्पोराको अस्तित्व आंशिक रुपमा भएको मान्न सकिन्छ ।"  यति भनेपछि, फेरि तेसको ठीक तल्लो लहरमा भने बर्मा, भारतको दार्जिलिङ्ग, सिक्किमलाई नेपाली डायोस्पोरा मान्न नसकिने तर्कसंकेत गर्दै लेखेका छन्, "कति विद्वनहरूले बर्मामा नेपाली डायोस्पोरा हुनसक्ने बताएका छन् तर हामी उनीहरूलाई चिन्दैनौं किनभने उनीहरू बर्मेली भैसके । भाषा, भेष र सास्कृति बर्माकै लिई सके । बर्माका ती हाम्रा पूर्खाहरू के नेपाल र्फकन चाहन्छन् ? नेपाली भाषा, भेष सँस्कृति बचाउँने संकल्प गर्दा भुटानबाट नेपालीहरू धपाईए, हाम्रै आँगनमा शरणार्थी भई बसेका छन् । दार्जिलिङ्ग र सिक्किमका नेपालीहरूको सन्दर्भ फेरि अर्कै छ । अंग्रेजहरूसितको सन्धि-सम्झौताले उनीहरू पारी रहे, हामी वारी रह्यौं । भारत अंग्रेजराजबाट मुक्त भएपछि टिस्टा-काँगडा नेपाललाई फिर्ता गर्नुपर्छ भन्ने विचारहरू पनि हामीबीच जिवितै छन् । दार्जिलिङ्ग र सिक्किमतिरका नेपालीहरूले हामी नेपाली डायोस्पोरा हौं भन्दैनन्, उनीहरू भन्छन्- हामी भारतीय नेपाली हौं ।" यहाँनेर मैले बुझ्न नसकेको के हो भने शताब्दियौं पुरानो छरप्रस्टाइ हो यहूदीहरूको । तेस्तै पुरानो दाशताको इतिहास हो अफ्रिकनहरूको । वर्तमानमा त उनीहरू आफ्नै स्वामीको मुलुकको स्वामी बनी सकेका छन् । ��"बामाको श्रीमतीलाई अफ्रिकाले ससम्मान बोलाए सायदैमात्र जालान् । संस्कार, संस्कृति, भाषा आदि जता छन् उतैका लिसके उनीहरूको आफ्नो पुर्खौली राष्ट्रसंगको नाता सम्बन्ध भनेको अब खालि भावनासँग मात्र जोडिएको छ । यहूदीहरूको हकमा भने थोर बहुत राजनीति केही देश र नेताहरुले अझै गरिरहेका होलान् । तर आफ्नो देशबाट अन्यत्र ��"सारिएका अफ्रिकनहरूले भने त्यो कालो वर्णलाई आफ्नो स्थायी पहिचान बनाएका छन्, तेति हो । यस्तो अवस्था रहेको स्थितिमा पनि उनीहरूलाई अझै सम्बन्धित पुर्खौली राष्ट्रको डायोस्पोराको रुपमा अध्ययन गरिन्छ । भनेदेखिलाई करिब यस्तै अवस्थामा रहेको नेपाली मूलका बर्मेलीहरू, भुटानीहरू जो अझै अनुहारमा, बोलीमा नेपाली मूलका हुन भन्न सकिने धेरै अवस्था छ भने त्योभन्दा नजिक दर्जिलिङ्ग र सिक्किमलगायतका नेपाली मूलका भारतीयहरू जो भाषा, संस्कार र सास्कृतिको हिसाबले नै अझै नेपाल र नेपालीको नजिक छ । उदारणमा हेर्ने हो भने नेपाली साहित्य, संगीतमा भारतीय नेपालीहरूको हिजोदेखि आजसम्मको भूमिका, गोर्खाल्याण्डको आन्दोलनमा नेपाली भेषभूषाको सांकेतिक प्रयोग आदि । हिजो काले बब मार्लीले बफेलो सोल्जर गाएजस्तै नौलाख तारा उदाए पनि पारिबाट घन्किएकै हो । तेश्रो आयामको एउटा आयामेली उतै छन् । पवन चाम्लिङ पनि बेलाबेला साहित्य बोकेर नेपाल आइरहन्छन् । भारतीय साहित्यकारहरूको मूर्त्ति यता उभिएको छ कि छैन मलाई थाहा भएन तर नेपाली साहित्यकारहरूको मूर्त्ति उता दार्जिलिङ्गतिर ठडिएको छ भन्ने सुनेको छु । प्रशान्त भारतको इन्डियन आइडल बन्छन् उनको आमाले नेपाली टोपी लगाई दिन्छन् । प्रचुर सम्भावनाको कुरा गर्ने हो भने, इन्द्रबहादुर राईको पूर्णकदको प्रतिमा हामी यता बनाउँला नबनाउँला तर भोलि बैरागी काइँलाको मूर्त्ति उता दार्जिलिङ्गको चौरस्तामा ससम्मान प्रतिस्थापन नहोला भन्न सकिन्न । यस्ता तथ्यहरू एकातिर र विद्वान मित्र अज्ञातजीको कार्यपत्रमा आएको खदिलो अवधारणागत तर्क अर्कोतिरले दुविधाग्रस्त बनाएको छ । जे होस यो विषयको व्याख्या र विश्लेषणको लागि भोलि अझै नयाँ नयाँ सफ्टवेरहरूको विकास गर्लान साहित्यिक स्फटवेर निर्माण कम्पनीका सफ्टवेर इन्जिनियरहरूले । अराजक कवि तथा साहित्यकार अज्ञातजीबाट पनि तेसको अपेक्षा राख्दछु ।

अब पुच्छारतिर, प्रस्तोता अज्ञातले कार्यपत्रको टुङ्ग्याउनीमा भनेका छन्, ".....हामीले हाम्रो नश्ल, सास्कृति, भाषा र रीतिथिति बिर्सेर साहित्य लेखिरहेका छैनौं । तेसो र हाम्रो साहित्यलाई डायोस्पोराको आँखाले भन्दा साँस्कृतिक र जातीय समालोचनाको दिमागले अध्ययन-विश्लेषण गर्नु आवश्यक छ ।" यसो भन्नु भनेको सृजनशील अराजकीय आग्रह हो । उहाँहरूको हकमा यति पूर्ण होला तर सम्पूर्णमा अपूरो हुन सक्छ । तेसो र यसमा म थप आग्रह गर्न चाहन्छु । हामीले पर्देशबाट नश्ल, सास्कृति, भाषा र रीतिथिति सम्झेर त साहित्य लेखिरहेका छौं नै सँगै हामीले आफ्नो जायजेथा साहुलाई सुम्पेर मेनपावर कम्पनीहरुलाई बुझाएको रुपैयाँ पैसाको एकमुष्ट सावाँब्याजको हिसाब किताब पनि सम्झेर लेखिरहेका छौं । एउटा गरिब राष्ट्रबाट धनी र सम्पन्न देशमा ��"सारिएर उत्तराधुनिक पुँजीवादको दास बन्दै चुत्थो दर्जाको अनागरिक बाँच्नु पर्दाको दर्द पनि सम्झीसम्झी लेखिरहेका छौं । कि कसो अज्ञातजी ? तेसो र हाम्रो साहित्यलाई अज्ञात कै शब्दमा, आजको जल्दोबल्दो भ्रान्ति डायोस्पोराको आँखाले भन्दा साँस्कृतिक, जातीय अनि सँगसँगै वर्गीय समालोचनाको दिमागले अध्ययन-विश्लेषण गर्नु आवश्यक छ । मैले पछाडि जो यति थपें, तेसो त यो थप वर्ग विशेष साहित्यिक तथ्यबाट अज्ञात, अज्ञात त कहाँ छन् र । तर उनी सम्भवतः छोइ जान्ने नपरेर सुनी जान्ने, देखी जान्नेमात्रै परेकाले उनको यस बकपत्रमा त्यो नपरेको हो कि !       

अन्तमा; अहिले अनेसासको काममा होस् या एनआरएनको नाममा नेपाली डायोस्पोराको चर्चा गर्ने र गराउँने केहीमा हातिको देखाउने र चपाउने दाँत बेग्ला बेग्लै भएजस्तो स्वीकार्न सकिन्छ । डायोस्पोराको चर्चा गर्नेमा गोविन्दराज भट्टराई अगाडि होलान तर अरु पनि थुप्रै छन् जो उत्तराधुनिक्तामाथि लेखीरहेका छन् । जसरी हङकङलगायत धेरै प्रवासलाई नेपाली डायोस्पोराको रुपमा विकसित हुन नसकेको देख्नेमा हाङयुग एक्ला नहोलान् भन्दै यति थप भनौं, यस कार्यपत्रभित्र उठाइएका विषय र सन्दर्भहरूलाई प्रस्तुत कर्ताले भविष्यमा अझै फराकिलो बनाउँदै लाने नै छन् ।

शुभकामना ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Others / विविध category

चाउचाउ साहित्यको प्रस्तावनापत्र
बुङखमाको नुङ वाईमाक
मुखाँ हानु जस्तो
कविता वाचनको पहिलो निमेक
पृथक उपन्यास 'अपमान' को तेस्रो संस्करण
राइफलको मूर्च्छनाले म फेरि बल्झिदै दुःखेँ
कार्यपत्र: नेपाली साहित्यसमाज र धर्मर्दशनप्रति आवश्यक एक नयाँ वैचारिक आयम
अस्तित्ववादी साहित्य (कार्यपत्र)
कवि हाङयुग अज्ञातद्वारा प्रस्तुत कार्यपत्र 'नेपाली साहित्यमा डायोस्पोरा' माथि टिप्पणी
कवि हाङयुग अज्ञातद्वारा प्रस्तुत कार्यपत्र 'नेपाली साहित्यमा डायोस्पोरा' माथि टिप्पणी
नेपाली साहित्यमा डायोस्पोरा

    Links
Column / स्तम्भ

    Random Pick
मालिक !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
642559
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com