Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 29, 2010 | Author : Laxmiprasad Devkota
Category : Poetry / कविता | Views : 2033 | Rating :

  
Laxmiprasad Devkota

) जरुर साथी म पागल !

     यस्तै छ मेरो हाल !

) म शब्दलाई देख्दछु !

      दृश्यलाई सुन्दछु !

बास्नालाई स्वाद लिन्छु !

आकाशभन्दा पातला लिन्छु !

ती कुरा,

जसको अस्तित्व लोक मान्दैन

जसको आकार संसार जान्दैन !

म देख्दछु ढुङ्गालाई फूल !

जब, जल- किनारका जल- चिप्ला ती

कोमलाकार पाषण,

चादँनीमा स्वर्गको जादुगर्नी मतिर हाँस्दा

पत्रिएर, नर्मिएर, झल्किएर,

बल्किएर उठ्दछन् मूक पागलझैं,

फूलझैँ एक किसिमका चकोर- फूल !

म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग

एक भाषा, साथी !

जो लेखिन्न, छापिन्न, बोलिन्न,

बुझाइन्न, सुनाइन्न !

जुनेली गंगा- किनार छाल आउँछ तिनको भाषा

साथी π छालछाल !

जरुर साथी म पागल !

यस्तै छ मेरो हाल !

 

) तिमी चतुर छौ वाचल

तिम्रो शुद्घ गणित-सुत्र हरहमेसा चलिरहेको छ

मेरो गणितमा एकबाट एक झिक

एकै बाँकी रहन्छ !

तिमी पाँच इन्द्रियले काम गर्छौ ! म छैटौंले

तिम्रो गिदी छ साथी ! मेरो मुटु !

तिमी गुलाफलाई गुलाफसिबाय देख्न सक्दैनौ,

म उसमा हेलेन र पद्मीनी पाउँछु,

तिमी बलिया गद्य छौ !

म तरल पद्य छु !

तिमी जम्दछौ जब म पग्लन्छु

तिमी सङ्लन्छौ जब म धमिलो बन्दछु,

र ठीक त्यसैको उल्टो !

तिम्रो संसार ठोस छ ! मेरो बाफ !

तिम्रो बाक्लो, मेरो पातलो !

तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,

ठोस कठोरता तिम्रो यथार्थ छ !

म सपनालाई समात्न खोज्दछु,

जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको

पान्ढिकीको बाटुलो सत्यलाई !

मेरो छ बेज काँडाको साथी !

तिम्रो सुनको र हीराको !

तिमी पहाडलाई लाटा भन्दछौ,

म भन्छु वाचाल !

जरुर साथी !

मेरो एक नसा ढिलो छ ।

यस्तै छ मेरो हाल !

 

) म माघको ठन्डीमा

ताराको सेतो प्राथमिक राप तापेर बसिरहेको थिएँ,

दुनियाँले मलाई तरङ्गी भने !

भस्मेश्वरबाट र्फकदा सात दिन टोलाएको देखेर

भूत लागेको भने !

एक सुन्दरीका केशमा

समयका तुसाराको पहिला छिर्का परेको देखेर

म तीन दिन रुँदा,

मेरो आत्मालाई बुद्घले छुँदा

मलाई छटाएको भने !

मैले वसन्तको पहिलो कोकिल सुनेर नाचेको देख्दा,

बहुला भने !

एक सुनसान ��"ँशीले मलाई निशास भएर

म प्रलय- वेदनाले उफ्रेँ !

मूर्खहरूले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे !

म तुफानसँग एक दिन गीत गाउन थालेको थिएँ,

मलाई बुज्रुकहरूले राँची पठाइदिए !

म आफूलाई एक दिन मरेको सम्झेर लम्पसार थिएँ,

एक साथीले बेसरी चिमोटिदिए

र भने, "ए पागल, तेरो मासु अझ मरेको छैन !"

यस्ता कुरा भए साल, साल !

पागल छु साथी !

यस्तै छ मेरो हाल !

 

) मैले नवाबको मदिरालाई खुन भनेको छु,

छिमेकी रन्डीलाई लास भनेको छु !

राजालाई गरिब,

सिकन्दरलाई मैले गाली दिएको छु !

महात्मा भनाउँदाको निन्दा गरेको छु !

नगण्य व्यक्तिलाई, तर,

सातौँ आसमानसम्म,

तारिफको पुलमा चढाएको छु,

तिम्रा महापण्डित, मेरो महामूर्ख !

तिम्रा स्वर्ग, मेरो नरक !

तिम्रो सुन, मेरो फलाम

साथी ! तिम्रो धर्म मेरो पाप !

जहाँ तिमी आफूलाई चलाख सम्झन्छौ,

उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !

तिम्रो उन्नति, मेरो अवनति,

यस्तै छ मोलमोलाईको उलटपलट,

साथी ! तिम्रो विश्व, मेरो बाल !

जरुर साथी ! म बिलकुल चन्द्राहत छु

चन्द्राहत,

यस्तै छ मेरो हाल !

 

) म अन्धालाई दुनियाँको अगुवा देख्दछु,

गुफा-तपस्वीलाई भगुवा देख्दछु,

मिथ्याका मञ्च चढेकालाई

काला नटुवा देख्दछु !

विफललाई सफल देख्दछु !

प्रगतिलाई अगति देख्दछु !

या हुँला मै एँचाताना !

या हुँला मै दिवाना !

साथी ! मै पागल !

 

) निर्लज्ज नेतृत्वको नीरस रसनाको

रन्डीको नाच हेर !

जन-अधिकारको डँडाल्नोको भाँच हेर !

जब भँगेरटाउके छापाको कालो मिथ्याले

मेरो विवेक-वीरलाई जाली झूटले ललर्काछ,

तब हुन्छन् मेरा गाला राता साथी !

सद्यकेका गोलझैँ राता !

जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,

पिउँछ कानले अमृत भनिठानेर

र मेरा आँखाअगाडि, साथी !

तब हुन्छन् ठाडा मेरा रौँ, रौँ

गर्गनका सर्पकेशझैँ, मेरा जिस्क्याइएका रौँ, रौँ !

जब बाघले मृग खान आँको देख्छु, साथी !

या ठूलो माछाले सानो,

तब मेरो मक्काएका हड्डीमा पनि दधिचिको आत्माक

भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी !

स्वगबाट चटयाङ परेको दिनझैँ

जब मानवले मानवलाई मानव ठान्दैन, साथी !

तब कडबडाउँछन् मेरो बतीस्दन्ते बङ्गारा,

दुवै !

जस्तो भीमसेनका दाँत !

अनि, प्रकोपको लाल-लाल आँखाका डल्ला,

फनक्क घुमाएर एक डबलले,

यो अमानवको मानवजगत्लाई,

एक आगोको लप्काले झैँ हेर्दछु, साथी !

उफ्रिन्छन् मेरा कलपुजर्न,

खलबल, खलबल !

तुफान हुन्छ मेरो सास !

विकृत हुन्छ मेरो चेहरा !

बन्दछ मेरो दिमाग, साथी !

वडवानलझैँ, वडवानलझैँ !

म वन खाने आगोझैँ बहुला हुन्छु !

बहुला, साथी !

काँचै निलूँ झैँ विश्वविशाल !

जरुर साथी !

म सेन्दर चकोर, असुन्दर फोर π कोमल-क्रुर

चिडिया, स्वर्गाग्नि-चोर

तुफान-पुत्र !

पागल ज्वालामुखीको उद्गार

भयङ्कर व्यक्तित्वपाल !

जरुर, साथी ! सन्के मगज छु सन्के !

यस्तै छ मेरो हाल !




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
रुनुको अस्तित्व नै के छ र यहाँ
जब आँसुको मुल्य बुझ्ने नै कोही छैन भने
हाँस्नुको अस्तित्व नै के छ र यहाँ
जब तिमी नै पराई भै सकेको छौ भने

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687978
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com