Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 19, 2010 | Author : दिपा एवाई राई
Category : Article / लेख | Views : 1386 | Rating :

  
दिपा एवाई राई

        धेरै दिनपछि आज बल्ल फुर्सद मिलेको छ । स्टेफिनको website प्लटाउँदैगर्दा यो मन र मष्तिक नेपाली साहित्य वाङ्गमयमा घनारुपले मडारीन थाल्छ । नेपाली साहित्यका सबै आन्दोलन, चिन्तन र वादहरूले मलाई छप्प छोप्छ । त्यसैले पुर्वीय र पाश्चात्य दर्शनको बारेमा सोचहरू पल्टाउँछु । ज्ञानप्रतिको प्रेम भन्ने सोचबाट अगाडी बढेको पश्चिमी र्दशन अध्यात्म शास्त्रसँग मात्र सीमित नभएर सत्यतथ्य खोज, भौतिक शास्त्रमा पनि हस्ताक्षर गरेका छन् । हुन त सबै शास्त्रमा र्दशन र व्यवहार दुवै कुरा रहन्छन् । राजनीति, र्अथनीति, समाजशास्त्र अथवा गणित, विज्ञान, मनोविज्ञान सबैमा आ-आफ्नै प्रकारका दर्शन छन् । पश्चिमी र्दशनले ती सबैलाई समेट्ने प्रयास गरेको छ । तर पनि हामीमा यस्तो मनोविज्ञान छ दर्शन भन्नसाथ अदृश्य ईश्वर, रहस्यमय प्रकृती, चेतना मृत्यु, मृत्युपछिको अवस्था  आदिबारे सोच्न थाल्दछौं । दर्शन भन्नसाथ जडबाट चेतना आयो कि चेतनाबाट जड भनेर सोच्छौं र यस्तो सोचलाई दर्शन मान्दछौं । पश्चिमी दर्शन पनि यस्तै भएको छ । त्यसैले सबै खाले सोचहरूलाई दर्शन मान्दामान्दै पनि जड, चेतना, ईश्वर, प्रकृति,जन्म, मृत्यु आदि कुराहरूलाई नै र्दशनशास्त्रले केन्द्र मानेका छन् । यहि केन्द्रमा बसेर मैले समुच्च विचारको शुरुवात गरेको छु । यो विचारलाई सबै विचार, चिन्तन, दर्शन र वादहरूको केन्द्र मान्न सकिन्छ । किन भने यो विचार भौतिकवादी, अध्यात्मिकवादीसँगमात्र सिमित नभएर, ईतिहास र वर्तमान सबैसँग सम्बन्धित छ । समुच्च विचार सबै विचारसँग सम्बन्ध राख्दछ किन भने जीवन र जगतको संरचनाभित्र रहेका सबै चर अचर वस्तुहरूको समान सहकार्यकै कारणले यो सृष्टि संचालीत छ । तर कसैले कसैको अस्तित्वमाथी अतिक्रमण गर्छ भने त्यो समुच्च विचारको विपरित हुने छ ।

         वर्तमान सत्यको खोजीमा, साहित्य, कला, संगीत आदि क्षेत्रमा विशेष जागरणको लहर देखिन्दो छ । पश्चिमेली पुनर्जागरण युग (१३५०-१४५३) मा पुरानो सिद्धान्तमा सत्य तथ्य कुरा केलाउने र फाल्तु कुरा फ्याकने र प्रयोगको आधारमा सत्य साबित हुन सक्ने अथवा तर्कको आधारमा सत्य साबित हुने कुरालाई विशेष जोड दिएर नव वैज्ञानिक सोच र चिन्तन अगाडि आएका थिए । त्यस्तै आज र्वतमान नेपाली साहित्यमा नयाँ सोच, आन्दोलन र चिन्तनहरूको रुपमा देखीएका झर्दोवादी, तेस्रो आयाम, राल्फाली, बुटपालीस, लीला लेखन, सृजनशिल अराजक, भयवाद, वहुरङ्गवाद, मुक्त अभियान, हुँदै समुच्च विचारमा आएको छ ।

           पौष ११ गते काठमाण्डौमा मेरो कविता संग्रह "अर्धवृत्त"को विमोचन भएको दिन समुच्च विचारको पनि मैले सोहि दिन घोषणा गरि नारी र पुरुष बिच भएको लिंगभेदको घोर निन्दा कृतिमार्फत गर्दै नेपाली जनमानसमा प्रस्तुत भएको थिए । जुनसुकै दिक् र कालमा नारी र पुरुषको अस्तित्व स्वीकृत छ । सङ्ख्यमा प्रकृति र पुरुष, वेदान्तमा तत् अर्थात् त्यो चैतन्य पुरुष र माया, हिन्दुहरूले सृष्टिशक्ति शिवर्पावतीलाई एउटै अर्धनारीश्वरका रुपमा तथा किरातहरूले सुम्निमा-पारुहाङ नाममा यी दुवै शक्तिलाई स्थापित गरेको पाईन्छ तर विशेष गरेर मध्यकालदेखि नारीको भिन्न अस्तित्वमा निषेध गरिएको छ । नारीका अस्तित्वको उपस्थिति शुन्यप्रायः हुन पुगेको छ । यस स्थितिमा नारीका अस्तित्वको प्रकट अपेक्षित छ । त्यसबाट मात्र सृष्टि सौन्दर्य आभाषित हुन्छ ।तर अहिलेसम्मका अधिकांश लेखोटहरूमा, विधा अविधाहरूमा, रुढीवादी, अन्धविश्वास, धर्म संस्कारका शिकार भएका नारीका अवाजहरू, विचारहरू, लेखहरू, साहित्यहरू छैनन् । के नारीसित विचार छैन ? के नारीसित आत्मा छैन ? के नारीसित जीवन छैन ? छ भने खोइ उसको विचारहरू, लेखहरू, साहित्य र कला ? त्यसैले पूर्ण पृथ्वी, समाजलाई वृत्त मानेर यसभित्र नारीको उपस्थिति नदेखिएकाले आधा परिधि शून्य हुँदा अर्धवृत्त मात्र रहेको ठानी त्यस रिक्त स्थानका पूर्तिको निमित्त समुच्च विचारको घोषणा प्रस्तुत घोषणा पत्रमा निम्न कुरा लेखिएका छन्:- "यस ब्रमाण्डका प्रत्येक वस्तु,  व्यक्ति वा चर अचर जगत् र ती प्रतिका सबै किसीमका चिन्तन र वादको आ-आफ्नै अस्तित्व छ । ती सबै  भिन्न-भिन्न हुन्छन् । प्रत्येक पुष्पका रुप, रङ्ग, रेखा, वासना भिन्न-भिन्न  छन् । यसरी प्रत्येकको आफ्नो अस्तित्व छ । एउटाका अस्तित्वको अभाव हुनासाथ अर्काका अस्तित्वको पनि पूर्णता हुँदैन । त्यसैले यस ब्रमाण्डीय संरचनामा प्रत्येक आफैमा पूर्ण भएर पनि अपूर्ण छन् । यसो भएकोले प्रत्येकमा भिन्नता छ तर ति भिन्न अस्तित्वको उपस्थिति कहि शून्य भयो भने त्यसले जगतका संरचनामा एउटा रिक्त स्थान बनाउँछ । यसो हुँदा त्यस संरचनामा अनियमिता हुन्छ, पद्वति ढाँचामा स्वच्छता (निटनेस) देखिन्दैन । विश्वमा र्धम, जात, जाति, भाषा, लिङ्ग, शारीरिक संगठन जस्ता पक्षमा भिन्नताको अनुभूति ज्यादा हुन पूग्दा एउटा र अर्काको दुरी बढ्दछ । यस अवस्थामा तिनीहरूले अस्तित्वका दावीका निम्ति आफूलाई अनेक रुपमा प्रकट गर्छन् र त्यस्तो प्रकट हुनु पनि पर्दछ र भईरहेका पनि छन् । प्रकटहरू अनिवार्य हुन्, स्वाभाविक हुन् ती धनात्मक-ऋनात्मक जस्ता पनि हुन सक्छन् । ऋनात्मक प्रकट भयो भने त्यसले ब्रमाण्डको विसंरचना गर्दछ, विनिर्माण गर्दछ । यसो हुँदा त्यो संरचना कुरुप हुन सक्दछ । यस्तो हुन नदिन ती सबै अस्तित्वलाई आफ्नो भिन्न  पहिचान सहित स्थापित गरिएमा भिन्न-भिन्न पुष्पबाट बनेका एउटा हारको जस्तो सौन्दर्य मुखरित हुन सक्दछ । यसको अर्थ के भने कसैको निषेध नर्गनु वा सबैको उच्चस्थिति अथवा उत्थान गर्नु आजको आवश्यकता हो । यसैलाई मैले समुच्च विचार भनेको छु ।

         यो विचार कुनै वर गविशेषको, जातिविशेषको, लिंगविशेषको, र्धमविशेषको, सस्कारविशेषको विचार नभएर विभिन्न जातजाति, वर्ग, लिंग, र्धम, सस्कार र रंगको विचार हो । सम्पूर्णताको उत्थान, यहि समुच्च विचार । यस विचारलाई सामाजिक संरचनाका प्रत्येक घटक र तत्वमा प्रयोग गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।"

          किताब विमोचन र समुच्च विचारको घोषणा लगतै भोलिपल्ट नेपालका वरिष्ठ विद्वान साहित्यकारसँग मेरो अन्तरक्रिया कार्यक्रम भएको थियो । त्यस बैठकमा प्रा.डा. गोविन्दराज भट्टराई, वरिष्ठ उपन्यासकार धुव्रचन्द्र गौतम, वरिष्ठ समालोचक निबन्धकार कृष्णसिंह प्रधान,  कथाकार चन्द्रकला नेवार,  प्रा.समालोचक नाटक एवं उपन्यसकार मोहन राज शर्मा, प्रा.डा. टंक प्रसाद न्यौपाने, बहुरंगवादी धर्मेन्द्रविक्रम नेम्बाङ् र चन्द्रवीर तुम्वाम्वो हुनुहुन्थ्यो । नेपालको सामाजिक जीवनको सहित्य तर्फबाट सुक्ष्मविश्लेषण र  व्याख्या  गर्दै  नेपाली जनजीवनमा पुरातन चिन्तनको मुल्य र मान्यता अब कस्तो हुनु पर्छ भन्ने बहस चलेको थियो । पुर्वीय  दर्शनको विराट रुप छ । यो अध्यात्मीकवाद र भौतीकवाद दुबैमा आधारित छ । तर यस दर्शनमा मानिसलाई वर्ग, वर्ण र लिंग जस्ता आधारले मानिसमा कार्यविभाजन गराईएका कारणले आज वर्तमान नेपाली समाजमा विकृती देखा परेका छन् । समाज एकल कदापी हुँदैन । सबै वर्ण, वर्ग र लिंगले बनेको यो समाज पूर्णताबाट किन धकेलीएको छ ? असमानताले नाङ्गो भएको राज्यको  निती शक्तीलाई के भन्ने ? कतै यो भोगवादको सन्चालनकर्ता त होईन् ? किन भने प्रथम विश्वयुद्धपछि युरोपका सम्राज्यवादी देशले विश्वलाई बाँडफाँड गरेका थिए । त्यस समयका पश्चिम देशमा भोगवाद एवं विलासिताको समय थियो भने पूर्वका देशमा पुरोहितहरूको नेतृत्वमा अध्यात्मवादको साहराले जनतालाई गुलाम बनाईदै थियो त्यसबेला पनि गरिबलाई गुलाम र नारीलाई प्रथम भोगविलासीताको साधन बनाइयो ।

        सत्यतथ्य बोल्ने चेतनाको खाँचो खड्केको बेला अर्धवृत्त प्रकाशन हुनु र विचारको नयाँ शुरुवातसँगै सहित्यमा प्रवेशले सबैलाई उत्साह दिईरहेको पाए । किनभने नेपालको ऐतिहासिक सन्दर्भलाई लिएर हेर्दा नेपाली नारी स्वामित्वको अभाव बेजोडले खड्केको बेलामा, जीवन पद्धतीको मुल्यांकन गर्ने समुच्च विचार सम्पूर्णताको उत्थानमा देखा पर्नु एउटा दह्रो विश्वास र शान्तिको माध्यम थियो । यद्यपी विचारको श्रृंखलाहरू समेटने भावहरू अपर्याप्त पनि हुन्छन् । यो कुनै एकलौटी विचारले ओतप्रोत नभई यस विचारमा र्सवपक्षिय सबै सिद्धान्त, विचारहरू, चिन्तनहरू, वादहरू समेटिएका छन् । यहि कारणले होला  झापामा प्रकाश आङ्गदेम्बेद्वारा संचालित समुच्च विचार र्कायक्रम, विराटनगरमा आयोजक कृष्णभुषन बलद्वारा, प्रा.डा. टंक प्रसाद न्यौपाने, कृष्ण  बराल, मनु मन्जील, मुनाराज शेर्मा, विवश पोखरेल, ज्योति जंगल, वरिष्ट संगीतकार मणीकमल क्षेत्री अरु धेरै स्रष्टाहरूसँगको भेट अनि वैचारीक कुराको छोटो आदनप्रदानमा गर्ने अवसर पाएको थिएँ ।

     यसरी म कृतीसागै विचार लिएर नेपाली साहित्य दर्शनमा देखा पर्दै काठमाण्डौमा रहँदा बहुरङ्गवादी धर्मेन्द्रविक्रम नेम्बाङ्, डा.चेवन राई, स्वप्नील स्मृति, चन्द्रवीर तुम्वापो, प्रकाश विमील,  अमर न्यौपाने, सुशान्त गुरुङ्ग, हेम भण्डारी अरु धेरै धेरै सष्ट्रासँग नजीक भई विचार विमर्श हुँदा मलाई यो भन्न मन लाग्यो, बहुरङ्गवाद वैचारीक पक्षले  मात्र नभएर व्यवहारिक पक्षमा पनि उत्ति नै सर्व पक्षीयता तर्फ उन्मुक्त थिए । त्यस्तै मुक्त अभियानका प्रकाश आङदम्बेसँगको छोटो अवधिको भेटघाटमा मैले वहाँको नाटक विभाग प्रतिको उच्च लगाव र नेतृत्व कार्यतालिका देख्दा लाग्यो, वहाँ एक सामाजिक जनचेतना ल्याउँन लागी पर्नु भएको नेपाली सुकरात पो हुन की ! किन भने नाटक नै त्यो विधा हो जसले प्रत्येक्ष रुपमा जनजागरण र जनचेतना ल्याउन सक्छ । त्यसो हुँदा अबको दिनहरूमा समुच्च विचारभित्र हामी सबै समेटीएर आम नेपाली जनताका उत्थानमा अगाडि बढनुका साथै विषेश नारी मुक्तिको अभियनको निमित्त अरु विश्वास थपिएको छ म मा........




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Article / लेख category

महाभूकम्प र सुअवसर
लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
मिथ्याको महाजंगलमा हङकङका नेपाली
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
२०६८ सालको नयाँ वर्षले मलाई टेक नाथ रिजाल र भुटानी शरणार्थीहरूको ताजा सम्झाना गरायो
प्रशासनिक काम, स्रष्टाको पहिचान
कविताको फूल र दिमागको रेखा
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
कविताको कमाल
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
म घर जाँदैछु
पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ
सपनाको देश र माछाको अस्थिपिञ्जर
समुच्च विचारसँग म.....
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
सम्पादकीय
गीत शुभ र मंछी गल्ली
सृजनशील अराजकता अर्थात अराजकताको अन्त्य

    Links
Column / स्तम्भ

    Random Pick
मलाई छाडि के भो र अर्कै माया पायौ होला
धोका दिन मलाई जस्तै झूटो कसम खायौ होला ।
झूटो नाटक गर्न सक्छौ मेरो अघि रोए जस्तै
रुँदै हाँस्दै उसलाई पनि साउनुसम्म सायौ होला ।

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
686199
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com