Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 15, 2010 | Author : केदार 'संकेत'
Category : Review / समिक्षा | Views : 915 | Rating :

  
केदार 'संकेत'

        मुख्यत, साहित्य विधामा जम्मा चार बिधालाई प्रमुख विधा मानिन्छन् । त्यस्को पनि जेठो बाठोमा निबन्धनै पर्छ । अरु विधाहरूमा क्रमसः कविता, नाटक र आख्यान पर्न आउँदछन् । छोटो कोरिहँले यसैको बारेमा ।

निबन्ध विधा औधि मन पराउने मान्छे म । पढ्ने नै क्रममा निक्कै पढियो । बेलायत तिर बरालिँदा देखि एक हातको ताली सम्म नै । र, 'संझनाको अलिङ्नमा बाँधिएर' एक महिना भो हातमा परेको । गुम्सिएर मन ढुसि परेको परेकै छ, पढ्ने साइत नजुरेर । मेरै गर्भमा तुहिन लागेको नियात्रा 'एथेन्सको झरि' को संकलनले गर्दा हो यो सब भएको, साइतको मुहुर्तलाई कुरेको । कस्तो दसा है, बेलायत बासिलाई न पढ्ने समय छ, न कलम मसिमा चोपल्ने समय नै छ ! तर पनि धन्य लेखेकै हुन् बा, प्रायः यी डायस्पोराका श्रष्टाहरूले आफ्नो समयलाई उघारेर । सुको बिना रोयल्टी हात पारेर, पटक्कै कञ्जुस्याई नगरी । यस्लाई खै कस्ले पो बुझ्ने र ? तर फेस बुकमा छापेमा 'लाईक' मा टिक वटम थिच्नेको संख्या चैं निक्कै पाईन्छ है ।

निबन्ध जम्मा चार प्रकारका हुन्छन् । विवरात्मक, तार्किक, वर्णनात्मक र आख्यानात्मक । संस्मरण निबन्ध वर्णनात्मक निबन्धको विभेद भित्रको पनि उपभेद पर्ने विधा हो । उपर्युक्त उपभेदहरूमा जीवनी, संस्मरण, नियात्रा, रेखाचित्र, आत्मकथा आदि निबन्धका प्रकारहरू बढी प्रचलितमा पर्दछन् ।  पाँच उपभेद मध्यको पनि दोश्रो श्रेणीमा संस्मरण पर्ने भएकोले निबन्धलाई नै बुझौं पहिला ।

निबन्धमा शैलीय विविधता र चित्रता हुने भएकाले निबन्ध शैलीको क्रिडाभूमि हो । फ्रान्सेसी लेखक मोन्तेन यस्का प्रवर्तक मानिन्छन् । उनले एसे भन्नाले आत्माभिव्यक्तिको प्रयासलाई जनाउँछ भनेका छन् । अंग्रेजीमा पनि यस्लाई एसेनै भनिन्छ । नि=राम्ररी, बन्ध=बाँधिएको अर्थात राम्ररी बाँधिएको अभिवेत्ति भन्ने बुझिन्छ, बुझाउँछ निबन्धलाई । त्यसैले यो आख्यान रहित हुन्छ । यसमा बढि लेखकको वैयक्तिक छाप अर्थात आत्माअनुभूतिको आधिक्य हुन्छ । यस्मा परानुभूतिलाई पनि स्वानुभूतिको रुपमा प्रस्तुत गरिन्छ । यो हरेक बिषयमा खुलेर लेख्न सकिन्छ । निबन्ध लेख्न नमिल्ने कुनै विषयनै हुँदैन ।

तिनै दायराको भावभण्डारलाई समुचित ढङ्गले कवि, साहित्यकार तथा समाजसेवी दयाकृष्ण राईका 'संझनाको आलिङ्गनमा बाँधिएर' लेखिएका कुरालाई एकथोपो पनि नढाटिकन भन्नु पर्दा सात वर्षे जापानको आत्मास्मृतिलाई इमान्दारीताका साथ अनिरुद्ध विम्बमा उतारेका छन् । उसोत उहाँले यो भन्दा अगाडि 'लाहुरेको कथा र जापानको व्यथा' २०६१ र ईश्वरको मलामी २०६३ सालमा पस्केर आफ्नो साहित्यिक पहिचान बनाइसकेका  छन् ।

आफ्नो लेखकिय भुमिकामा चिराफारा बनाएर सजिलो पारिदिएका छन् यस भित्र समेटिएका वास्तविक भावनाका कथ्य टिपोटलेः वरिष्ट साहित्यकार डा. लक्ष्णप्रसाद गौतम, नेपाल प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष कवि तथा कथाकार रक्ष राई तथा लेखक स्वयमले नै । मैले उहाँहरूको भनाई र बुझाइलाई अवलम्बन गर्दै मेरा उद्भावलाई पनि एकाएक उघार्ने अनुमनि मागे पाठकहरू समक्ष यसरी ।

जम्मा उनन्चालीसवटा संस्मरणहरू समाविष्ट छ यो कृतिमा । नयाँ डायस्पोरिक विचार बोकेर नेपाली साहित्यको वाङ्मयमानै पहिलो पल्ट प्रयोगात्मक शैलीमा जहडी उभिएको छ हाम्रो सामु यो कृति । लेखकले आजसम्म नेपाली साहित्यिक फाँटमा नलेखिएका कुराहरूलाई अटाएका छन्, समावेस गरेका छन् । प्रश्न उठ्न सक्छ, किन ? कसोरी ? के छ यस भित्र साहित्य तथा लेखकका गुणहरू यत्रो बिघ्न ? भन्ने जस्ता तर्क पूर्ण प्रश्नहरूले । म तिनै प्रश्नका शुचकहरूलाई पूर्णता दिन चाहन्छु यसरी; दयाकृष्ण राईको 'संम्झनाको आलिङ्गनमा बाँधिएर' का अनुभवहरूबाट ।

आफु जापान जानु पर्दाको पृष्ठभूमि र जापान बसाईको जीवनका घटित घटनालाई क्रमिक रुपमा यात्रासंस्मरण स्वरुप निबन्ध विविध विधाहरूमा बाँधेर प्रस्तुत गरिएको छ । 

यसरी प्रस्तुत गरिएको यो सिङ्गो कृतिलाई मैले दुई अध्यायमा विभाजन गरेर केही लेख्ने झिनो जमर्को गरे अर्थात पुवार्द्ध र उत्तरार्द्धका काल खण्डलाई छुट्टाएर ।

पुर्वार्द्ध: लेखकले जापान जानुको लागी गरेको प्रस्तुतीकरणबाटै यो थाहा हुन्छ की पाठक वर्गलाई नयाँ भुगोल नयाँ परिवेश भित्र भित्रिनु कत्तिको गाह्रो र जोखिम पूर्ण हुन्छ भन्ने कुरा । साँच्चैनै यो पूर्वाद्ध काल खण्डमा लेखकले दिएको परिदृष्यलाई मनन् गर्दा आख्यान पढेको झैं भान हुन्छ । उपन्यासका पात्रहरू झैं सल्बलिन थाल्छन् पाठकका आँखा वरिपरि  । गोपाल राई, गौचन, बुद्धि, सिद्धि, होम, जित शेरचन, गणेश राई, धन गुरुङ र अवश्य पनि सुईरे बुढा र उन्कै छोरी मादोका लगायत अरु थुप्रै पात्रहरूका दृष्यहरू नाँच्न थाल्छन् यस संस्मरण भित्र । तर विस्तारै ती पात्रहरू भने समय सापेक्षित ढंङ्गमा तुइन्दै जान्छन् । आख्यान समाविष्ट रहेपनि यसको उदेश्य आख्यान जस्तै प्रस्तुत गर्ने भने होईन । हो यहि नै हो फरक आख्यान र निबन्ध विधामा । यहाँ पनि लेखकले यस्तै मूर्तरुप दिएको देखिन्छ ।

लेखक पल्टनमा छँदा आफ्ना कमाण्डरलाई भेट्न जाँदा कम्पनिको कारिन्दाले 'अनुमति छैन' भन्ने शब्द देखि लिएर नेपाल एयर्पोटमा 'जनतालाई अनुशासन सिकाउनेहरूले नेपाली जनतालाईनै डस्न खोज्दाको हिनता बोधको कार्य देखेबाटै लेखकको कन्सेरी तातिन सुरु हुन्छ । त्यो तातेको कन्सेरी फलानो...ले चाबुक नभेटेर, गोर्खालीले दोश्रो विश्व युद्धमा बेलायती साम्रज्यवादीको विल्ला लगाएर युद्ध मोर्चा छेड्दा तातो गोली खानबाट बचेका बिचरा सुईरे बुढा, झन् एकदमै झर्रो गोर्खालीले छातीमा समातेर पाहा पछारिए जसरी पछारिनु जुरेको भने पक्कै रहेछ । 'वास्तविक कुरालाई नकार्दा जो कसैलाई पनि यस्तो हुने' कुरा लेखकले धितमर्ने पाराले उल्लेख गरेका छन् ।

त्यहाँ पुगेर उहाँलाई छट्पट्याई लाग्छ काम नपाउँदा । त्यहाँका ट्याक्सि चालक साइकल पार्किङका पुलिससँग कन्फ्यु्जन हुनु । काम पाए पनि साथीहरूको जस्तो आफ्ना हातहरू चाँडो नचलेकोमा केही हद्सम्म दुःखी बन्नु । काम गर्ने ठाँऊमा उचित मानवीय सम्बोधन नपाउनु जस्ता कुराहरूलाई मार्मिक ढङ्गले कथात्मक पारामा उद्धृत गरिएको छ ।

संस्मरणमा लेखकले सत्य र इमान्दारीतालाई ढाकछोप गर्नु हुन्न भन्ने भनाइलाई यहाँ लेखक राईले छर्लङ्ग पारिदिएका छन् । विदेशमा गएर भाडैं माझेँ पनि हाकिम भा'को छु भन्नेहरूलाई 'हो, गरेछस्' भनेर लोक्पा ख्वाएका छन् फेरी एकपल्ट । बाध्यताको सिकार बनेर खल्तिमा भियग्रा बोकेर वेश्यालय धाउनु, बङ्गुरको खोरमा काम गर्नु जस्ता लेखकका समाविष्ट ती अपेक्षणीय अनुभूतिहरूले 'संम्झनाको आलिङ्गनमा बाँधिएर' सङ्ग्रह साधै जीवित बनाई राख्ने छ ।

यो संस्मरणको डायस्पोरिक भूगोलको भोगाई भित्रको पीडालाई नढाटीक यथार्थरुपमा उतार्नु नै संस्मरणकार दयाकृष्ण राईको उर्जस्वी विशेषता हो ।

जापानको लामा बसाईले निस्टोल्जियाको रोगले ख्याप्प पारि सकेको हुन्छ पत्तो नै नपाई लेखकलाई । साकुरा (पैयुँ) को फूल फुल्दा, पैयुँकै फूलहरूमा जापानका लाखौं जापानीहरू रमाउँदा अत्यन्तै एक्लो अनुभवको नमीठो अनुभूतिमा घरदेशको सम्झनामा बहकिन्छन् । जापानमा पाईने साम्मा माछा, सुसी र नाभे जस्तो खाद्य परिकार खाए पनि जब नात्तो (किनामा) को स्वाद पाउँछन् अनि त छेपीको हरियो पात साग किनामा झानेर सँधै आफ्नो घर नेपलामा खा'को दिहुनको तिर्सना मेट्न पुग्छन् उनी । त्यसै गरेर बुद्धस्तूप र हिउँले ढाकेको जापानका पहाडहरूलाई देखेर नेपालको माछा पुच्छ्रे, धौलागिरि, निलगिरि सम्झेर चुर्लुम्म डुबेका देखिन्छन् राष्ट्र प्रेमको भावनामा साहित्यकार दयाकृष्ण राई ।

उत्तरार्द्धः जब तीन वर्ष बिताई सक्छन् त्यसपछि उनी सामाजिक कार्यतिर अग्रसर भएको देखिन्छ । जापानमा जब गाँस र बासको राम्रो जोहो गर्न भ्याउछन् । जापानी भाषा खररर बोल्ने हुन्छन् तब चुप लागेर बस्दैनन् । हुन पनि मानव जाति एक्लो परिवेसमा बाँच्न नसक्ने भएको कारणले गर्दा जहाँ गए पनि आफ्नो समाज, धर्म, सँस्कृति तर्फ दिलचस्पी बढ्दोरै'छ नै । जापान जस्तो मुलुकमा रोजी रोटीको खोजीमा गएपनि विभिन्न साक्षात्मक साक्षात्कार भेट तथा भलाकुसारीले वौधिकता, आत्मबल र भावनात्मक सम्बन्धको सृर्जना गर्दछ । तसर्थ, यहाँ के देखिन आउँछ भने, लेखकको अगुवाईमा जापानमा छरिएर बसेका तमाम नेपालीहरूको साक्षत्कार भेटघाटले नेपालीहरूको एउटा पुल खडा गरिदिएको छ ।

विदेशमा भएपनि नेपाली पत्र पत्रिका प्रकाशनमा लिएर खुकुरी बुलेटिनको सम्पादक गर्नु । राष्ट्रिय प्रतिभाहरूलाई सम्मानका साथ कदर गर्नु । जनजाति मञ्च जापान तथा भूपू सैनिक सङ्घ जापानको स्थापना गरेको वृत्तान्त कुराहरू लेखकले  यस संस्मरणमा समावेश गरेर नयाँ मोड र हौसला दिएका छन् र सजक तुल्लाएका छन् नयाँ पीडीका बबुरोहरूलाई ।

लैङ्गिक समानताको हकमा वर्तमानतक रहिरहेको सामाजिक कुरीति र विसङ्गतीको अति यथार्थ चित्रणलाई  तर्कपूर्णताका साथ सार्वभौमसत्ताका नायककहरूलाई नाङ्गोझार बनाएर टकटकाई दिएका छन् यो संस्मरण भित्र । 

लेखकले पहिलो पल्ट बग्गी चढ्न पाउँदा खुशी भएको अनुभव पढ्दा म पनि बेलायतको ब्ल्याक पुलमा सबै परिवार चढ्दा रमाएको क्षणको याद आयो । हुनपनि नेपालको बग्गीमा हिड्ने निवर्तमान राणा र राज परिवारका खलक तथा आज नेपालका सैनिकका हाकिमहरू बाहेक अरु नेपाली जनताले छुन सम्म पाईन्न । नेपालमा बग्गीगाडा ठुला बडाले मात्र चढ्न पाउँछन् तर अर्काको देशमा सर्व-साधारण नागरिकले पनि उपभोग गर्न पाएका छन् मुन्द्रो तिरेपछि । त्यसमा घाटा के छ त ? संस्था अथवा देशलाई नाफै त छ ।

हामीले यो किताबमा जापानी संस्कारबाट सिक्नुपर्ने कुरा पनि म त्यत्तिकै देख्छु । उनीहरू हरेक पल्ट घरबाट बाहिर जाँदा, आउँदा अनुमति लिन्छन् । हामी अनि हाम्रा घरका परिवारहरू घरबाट प्रायः बाहिर निस्केको, पसेको अत्तो पत्तोनै हुँदैन । जापानीहरू परेवाको मासु शान्तिको प्रतीक मानेर खाँदैनन् तर हामी परेवालाई सितन बनाउँछौं, देउता थानमा लगेर भोग चडाउँछौं अनि फेरि विश्व शान्ति दिवशहरूमा परेवा उडाउँछौं । यस्ता हाम्रा समाजका काला पट्टी लगाएर यो उज्यालो विश्वमा अझै हिड्नेहरूलाई कुच्चो लगाएर बढाडि दिएका छन् लेखकको कलमले फेरि एक पल्ट ।

सात-सात वर्षको अत्यासलाग्दो जापानको बसाई सकेर जब लेखक स्वदेश फर्किने तरखरमा लाग्छन् तब घुमफिरको क्रमलाई तिव्रता दिएको देखिन्छ । थुप्रै सहरहरू घुमेको कुरालाई नियात्रामा कथात्मक ढङ्गले घुमफिरका कुराहरूलाई सटिक रुपमा वर्णन गरेका छन् । मेइजी मुरा, हिरोसिमा, लिटलवल्र्ड, क्यातो भ्रमण पढ्दा मैले आफै पनि जापानमा घुमेको अनुभव गरे ।

सारांसमा भन्नु पर्दा पढ्दा कतै हाई गर्न नपर्ने, उपन्यास पढेझैं लाग्ने तर संस्मरणमा रमिने । यस भित्रका थुप्रै झर्रा शब्दहरूलाई टर्रै भएपनि चाख्नै पर्ने । साहित्यकारहरूले आफ्नै मात्र बिलौना नभएर समाजलाई सधै नयाँ विम्ब, दर्शन र समाजकै वरिपरिका यथार्थ कुराहरू पस्किएको हु्न्छ, प्रस्टाईएको हुन्छ । त्यसैले यो संस्मरण भित्र साहित्यकार दयाकृष्ण राईले दिनुभएको सन्देश र संज्ञालाई पनि आत्मासाथ गरेर बुझ्नु पर्ने देखिन्छ । भाषिक कोणबाट चियाँउदा शब्दहरूमा केही छुट फुट देखिएता पनि अर्को दोश्रो संस्करणमा त्यो माझिएर आउँने छ भन्नेमा म विश्वस्त छु ।

पुच्छारमा, साहित्यिक यात्रामा यो कृतिलाई नपढेका पाठकहरूले फुर्सद निकालेर एकचोटी पढ्न आग्रह गर्दै 'रिसमा सुईरे बुढाको घाँटी निचोर्ने' 'गाडी चलाउँदा निदाउने मादोकाको तिघ्रामा चिमोट्ने, 'दाइच्याङ्' दाइलाई यो भाइच्याङ् 'सङ्केत'को उत्तरोत्तरको कामनाका बिछ्याँउदै आजलाई भने 'सायोनारा'




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
एक भारी वाध्यतालाई बुई गर्दै
सपनाहरुका छरपस्ट विस्कुन लगाई
सुन्दर भोली खोज्न
दुर देशमा भौतारी रहेछु
आफ्नो प्यारो गाउँ घर भन्दा
पर-

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687997
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com