गोप्य पत्र लेखेको थेँ सुनाएछौ सबैलाई
तिमीलाई आफ्नो ठाँने चुनाएछौ सबैलाई
ठान्थेँ म त तिमी मनकी संसारमा एउटी
ज्ञानी भनि ठानेको थेँ भुलाएछौ सबैलाई
निर्मल निस्चल सागरकी सोझी माछी ठान्थे
जाल ढँडिया बुन्नै पर्ने बनाएछौ सबैलाई
भुकी रहेछौ आजभोलि घमण्डको पोको
आफू सद्ये अरु पागल गराएछौ सबैलाई । |