Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 08, 2010 | Author : दयाकृष्ण राई
Category : Review / समिक्षा | Views : 867 | Rating :

  
दयाकृष्ण राई

         अभ्यासले नै परिपक्वताको पराकष्ठा चुम्न सकिन्छ भन्ने अङ्ग्रेजी उक्ति छ । त्यसै गरि जानी नजानी प्रकाशकीय कोर्ने अवसर पाईरहँदा बेलायतको व्यस्तताले निल्न आँटेको आफ्नो लेखनले केही अभ्यास र निरन्तरता पाईरहेको त छैन ? आफुले आफैलाई प्रश्न गरिरहेको छु । धेरै समय भईसकेको रहेछ सिर्जनामा पूर्णबिराम लागेको । जब कवि मिजास तेम्बेले अर्थ अवतरण कविता सङ्ग्रहको पाण्डुलिपि पठाएर मलाई प्रकाशकीय लेख्नकालागि ब्रुनाईबाट फोनमा सम्पर्क गरेर आग्रह गरे, अनि मात्र आफुले कलम नचालाएको समयलाई औंला भाँचेर गन्न बाध्य भएँ र मिजासलाई पनि त्यहि बेलानै भने, धेरै भएछ केही कोर्न समय नपाएको । समय मिलाएर जसरी पनि लेखिदिने बाचा गरे मिजासलाई । त्यस पश्चात स्थापना भएपछि एक वर्ष भित्रमा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकहरूको संख्याको गणनाको लागि औंला भाँच्न थाले १, अनुहारमा लुकाइएका चोटहरू २, सालीक उभिएर गोर्खाली ३, ग्रिनविचका प्रतिध्वनीहरू ४, सम्झनाको आलिङ्गनमा बाँधिएर ५, युद्ध एम्बुसमा राईफलको सङ्गीत, , बाटो खोज्दा खोज्दै ७, अर्थ अवतरण पछिल्लो कृतिको रुपमा प्रकाशन गर्ने अवसर मिलेको छ । प्रवासी व्यस्तताको बावजुद पनि एकवर्षमा आधा दर्जन भन्दा बढी नेपाली साहित्यका पुस्तक प्रकाशन गर्न पाउनुमा नेपाली प्रतिभा प्रतिष्ठानले महत्वपूर्ण उपलब्धी ठानेको छ ।

चार दशक जतिमा मैले प्रत्यक्ष देखेको लाहुरेहरूको कालखण्डलाई विश्लेशषण गर्दा अधिल्लो पुस्ताका हाम्रा जिजुबुवा र बुवाहरूको जमानामा छुट्टी जाँदा गाउँ भरिको कुखुराको भाले सबै सखाप, सबै रक्सी भट्टीहरू ठेक्का लिईसकेका हुन्थे र कसैले फुटकर किन्न मागेमा फलानो लाहुरेले ठेक्का लिईसकेको छ भन्ने प्रत्युत्तर पाईन्थ्यो भट्टीका चेलीबेटीहरूबाट । ६ महिना छुट्टी नबित्दै ऋणमा डुबेर धसिङ्गरे भइसकेका हुन्थे र उनीहरूको त्यस अवस्थालाई चित्रण गरेर एउटा यथार्थ लोक गीतको जन्म भयो । (आयो लाहुरे बुटपट्टी कसेर, गयो लाहुरे खरानी धसेर) यो बिकृतिलाई चुनौति दिदै हाम्रो पुस्ताकाले पहाड छाडेर सुविधा सम्पन्न सहरतिर बसाई सरेर आलीसान महल ठडाउँने होड चल्यो । सबैले घर निर्माण गरेर एक तल्ले दुई तल्ले आफनो परिवारलाई बस्न पर्याप्त हुँदा हुँदैपनि अर्को लाहुरे छुट्टी गएर अर्कोतल्ला थपेर माथीबाट अरुको बिल्डिङ्गको छतमा मैला फालेपछि होचा घर भएका लाहुरेहरूलाई असहृय हुने नै भयो । अर्को साल खाई नपाई पैसा कमाएर अथवा ऋणपान गरेर भएपनि अर्को दुई तल्ला थपेर जसले आफ्नो छत माथी मैला फालेको थियो त्यसको छत माथी तुरुन्तै मैला फालेर प्रतिशोध लिने गरिन्थ्यो । यस अस्वथा प्रतिष्पर्धाले आफ्नो सेवा भरिको पैसा घर निर्माणमै लगानी भएपछि अवकाश पछि पनि विदेशकै मुख ताक्नु पर्ने अवस्था आईपर्यो । अहिले बेलायत आएपछि ती हाम्रा घरहरू भूतबङ्गलामा परिवर्तन भएका छन् भने कतिले सस्तो मुल्यमा बेचेर बेलायत तिरै बसाई सरेकाछौं । नयाँ पुस्ताका लाहुरेहरूलाई नियाँल्दा साहित्य सङ्गीत तिर लागेर कसैले गीति एल्बम निकाल्ने र कसैले पुस्तक प्रकाशन गर्ने होड चलेको छ । यस प्रतिष्पर्धाले नेपाली बाङ्मयलाई टेवा अवश्य पुग्ने छ तर अस्वस्थ प्रतिष्पर्धा भन्दा माथी उठेर हामी लागेनौं भने हाम्रो सिर्जनाहरूको गुणात्मकता प्रति कम्जोर हुँदै जाने र संख्यात्मक बृद्धिमात्रै हुने छ । कालान्तरमा हाम्रो सिर्जनाहरूपनि माथी उल्लेख गरिएका हाम्रा घरहरू झैं नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छाबाऊको अनुहार सावित नहोस् ।  

नेपाली प्रतिभा प्रष्ठिानले पुस्तक प्रकाशनको साथसाथै बेलायतमा नेपाली भाषा पठन पाठनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि सकेको छ । प्रवासमा रहेर पनि आफ्नोपनामा बाँच्न पाउँनु पर्छ भन्ने हाम्रो सिद्धान्त अब भने एक कदम अगाडि बढेको भान भएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी सबै नै ज्यादै सकारात्मक र जागरुकताका साथ अभियानमा आफुहरूपनि आबद्ध हुने प्रतिबद्धताले प्रतिष्ठानलाई उत्साहका साथै बढी जिम्मेवारी बोध भएको छ ।अहिलेको परिप्रेक्षमा बेलायतका हाम्रा भावी सन्ततीहरू देवनागरी लिपिबाट वञ्चित भईसकेको अवस्था छ । र, अब हामी बिस्तारै भाषाबाट पनि वञ्चित हुँदै जाने प्रचुर सम्भावना देखिएकोले प्रतिष्ठान नेपाली भाषा पठन पाठनको लागि दिलो ज्यान दिएर अग्रसर भइरहेको छ । नेपाली भाषालाई गौंण बनाएर अङ्ग्रेजी भाषी मात्रै विद्वान हो भन्ने गुज्रिएको हाम्रो मानसिकताबाट केही माथी उठेर सोँचेनौं भने भोली हाम्रो नेपाली अस्तित्व गुमाउनेछौं । बेलायतमा रहेका नेपालीहरूको अस्तित्व निमिट्यान हुने त्रास हामी सबैमा रहेको छ । र भाँडामा उम्लिएको पानीझैं सलबलाई रहेकाछौं । हो कुनैपनि वस्तुले आफ्नो अस्तित्व बचाउँनकालागि धेरै संघर्षरत रहन्छ। बेलायतमा रहेका हामी नेपालीहरू एउटा भाँडाको पानीसँग तुलना गर्दा फरक पर्दैन । पानीलाई जस्तो भाँडामा खनायो त्यहि आकार ग्रहण गर्दछ । र जब भाँडामा हालेर पानीलाई उमाल्यौ भने हामीले खुब सल्बलाएको देख्छौं । त्यसलाई आगो निभाइएन भने केहीबेरमै वास्पमा परिवर्तन भएर उडेर पानीबाट आफ्नो अस्तित्व गुमाएर भाँडा रित्तो हुन्छ । भाँडामा पानी खन्याएर आगो दन्काउने कार्य बेलायतलेनै गरेको सपष्ट छ ।

हामीले गोर्खा भएर दुईसय वर्षसम्म बेलायती साम्राज्य फैलाउनका लागि निरन्तर आफ्नै भाषामा आयो गोर्खाली भन्दै युद्धमैदानमा नाङ्गो खुकुरीले शत्रुको शिरोच्छेदन गरेर बहादुर सक्षम भयौं । तर अहिले त्यहि वीर बहादुर हामी बेलायत आएर अङ्ग्रेजी भाषा ज्ञान नभएकोले अक्षम भयौं । अङ्ग्रेजी भाषा नजान्नेको जिन्दगी निरर्थक साबित गरि आफ्नो भाषामा लादेर (गोर्खाली) नेपाली पहिचान निमिट्यान्न बनाउने प्रयास जारी छ । यसमा आगोमा घिउ थप्ने काम हामी नेपालीबाटै पनि भईरहेको कतै कतै पाइन्छ । पारिवारिक जमघटमा पनि मुख बङ्गाएर नानीहरूसँग अङ्ग्रेजी भाषामै बोलचाल गर्नाले भाँडाको पानी उमाल्नका लागि झन सहयोग पुर्याइ रहेको छ भन्दा कुनै अतिशयोक्ति नहोला । हाम्रो यो अभियानले दन्किरहेको आगो निभाउँन सम्भव नभएपनि ढकनी लगाउने काम चाहि भएको छ । ढकनीले वास्पलाई छेक्ने गर्दछ र त्यो वास्प ढकनीमा ठोकिएर तरलमा परिणत भएर फेरि भाँडामा फर्किने छ । र केही हदसम्म भाँडालाई रित्तो बन्नबाट जोगाउँन सकिएला भन्ने हाम्रो प्रयास हो । भविष्यमा नेपाली साहित्य सङ्गीत भावी सन्ततीको हातमा सुम्पिनका लागि हामी सफल भएनौं भने हामीले आर्जन गरेको अमुल्य यो सम्पत्तिको उत्तराधिकारी को ?

प्रतिष्ठानका कुराहरू संक्षिप्तरुपमा यहाँ सम्मनै । अब म कवि मिजासका कविताहरू तर्फ मोडिन चाहन्छु । कविता पढि सकेपछि एक दुई शब्द खर्चिनुनै मैले उपयुक्त ठानेँ । हुन त भूमिकाकारले यस अर्थ अवतरण कविता संग्रहको शल्यक्रिया गर्ने नै छन्, ता पनि मलाई मिजासका कविताहरूले नसा लागेझैं लठ्ठ बनायो । मिजासको पृष्ठभूमि थाह नभई उनलाई एउटा सशक्त गजलकारको रुपमा मैले चिनेको थिएँ र उनको साहित्य गजलबाटै प्रारम्भ भएको होला भन्ने सोचेको थिएँ । पछि उनको निवासमा रक्षजी र म जाँदा विद्यार्थीकालमा कवितामा पुरष्कार पाएको प्रमाणपत्रहरू देखेपछि मैले प्रश्न गर्दा कविताबाट नै उनको साहित्य यात्रा आरम्भ भएको रहस्य खुल्यो । मिजासले कविता, गीत, गजल बाहेक समालोचना बिधामा पनि उत्तिकै कलम चलाईरहेका छन् । मिजासका कविताहरूले कवितालाई गणितीय सूत्रमा बाँधेर लेखिनु हुँदैन भन्ने सपष्ट सङ्केत दिएकोछ । शब्दका पहाडहरूले पाठकलाई किच्याएर प्रयोगवादी कवि हुँ भन्ने भ्रमबाट पनि मुक्त देखिन्छन् उनी । उनका कविताहरू सरल शव्दमा बढी प्रतिकात्मक र स्वच्छन्द छन् । कवि तेम्बेले ग्रामीण जनजीवनका सामन्ती वर्ग र शोषित वर्गलाई राम्ररी चित्रण गरेका छन् । गन्थन सुभाज्युसँग शीर्षकको कविता, ग्रामीण जनजीवनको सामन्त पात्र सुभाज्युलाई अर्को कटुवालझैं लाग्ने चाकरी गर्ने पात्रले विन्ती बिसाई रहेको र गाउँका शोषित वर्गले सुभाज्युको बिरुद्धमा गरेका कुराको पोल खोलीरहेको यस कविताले पाठकलाई नेपाली ग्रामीण जनजीवनमा प्रयोग गरिने मौलिक भाषा शैली र परम्पराको नजिकसम्म पुर्याई दिएका छन् । प्राय: मिजासका कविताहरू छोटो र मीठो छन् । जसलाई मुक्तक शैलीका कविता भन्न रुचाउँछु म । 

म निदाएको बहनामा थिएँ

उनीहरू उठाउँने यत्नमा थिए

मेरो बहनाको सफलतामा यति ढुक्क भएकि

साच्चिँकै भुसुक्क निदाएछु ।

(एउटा वहनामा)

यस कविताले स्पष्ट बनाएको छ । मान्छे ईमान्दारीता र वफादारीताबाट चुकेर विभिन्न वाहना गरेर कसैलाई धोका दिन खोज्दा आफैलाई धोका हुँदोरहेछ भन्ने संकेत हो यो । सुतेको मान्छेलाई उठाउँन सजिलो हुन्छ । उठेर पनि सुतेको अभिनय गर्नेलाई उठाउँन गाह्रो हुन्छ भन्ने भनाईलाई उद्धृत गर्दै सुतेको अभिनय गर्दा गर्दै साच्चिँकै भुसुक्क निदाएपछि त्यसको के प्रतिफल पाईन्छ होसियार ! भन्न चाहेका छन् कविले ।

सुर्केनी खुस्कीरहेछ

सुरुवाल फुस्कीरहेछ

म निरन्तर लाज छोप्ने यत्नमा छु

थुईया ! गतिछाडा ईन्जार ।

(ईन्जार र स्वाभिमान)

सामाजिक परिवर्तनका लागि केही सोँच नराखी अरुकै पाइला पच्छाएर कविता लेखेर आफुलाई शिष्ट कवि ठान्नेहरूलाई यो कविता अश्लीलपनि लाग्न सक्ला । तर कवि तेम्बेको यस कविताले अत्याधुनिकतालाई उपभोग गरिरहेका हाम्रा नयाँ पीढीहरू जसले जन्मिएदेखि विभिन्न जनावरको छालाबाट निर्मित मङ्गा पेटी बाँधेर हुर्केकाहरूलाई ईन्जार के हो ? भन्ने शिक्षा प्रदान गरेको छ । उहिले पहाड गाउँ घरमा दउरा सुरुवाल ढाका टोपी लगाएर हाट बजार भर्न गएका दाजुभाईहरू मस्त जाँड रक्सी सेवन गरेर मदहोस भएर आफ्नो ईन्जार बाँध्न नसक्ने अवस्थालाई निकै व्यङग्यात्मक तरिकाले चित्रण गरेका छन कवि तेम्बेले । यस कविताले साच्चिँकै बाल्यकालको अतितलाई आलो बनाएर आफ्नै गाउँसम्म पुगेर चार दशक अघि बाबु बाजेहरू जाँड खाएर आफ्नो ईन्जार बाँध्न नसकेको परिदृष्य आलो भएर मेरो आँखामा नाची रहेकोछ । अर्को त्यस्तै यथार्थ कविता छ जुन कवितालाई पनि कतिले अश्लीलनै भन्ने छन ।

घरमा पत्नीव्रता/ बाहिर स्त्री लम्पट

जातैले पाएको चकचके/ फटहा/ बदमाश

तरुनी भेटछस् / कुरा फेर्छस् ।

लोभी, लालची, स्वार्थी

दिउँसै रात पार्छस् ।

ढाँट्छस्/ छल्नसम्म छल्छस्

थुइक्क ! जाली लोग्ने मान्छेहरू......

थरीथरीको गफ हाँक्छस्

लुसुक्क बन्छस्/ लुरुक्क हुन्छस्

एउटी तरुनीको मोहजालमा फसिहाल्छस्

थुइक्क कम्जोर लोग्ने मान्छेहरू ।

(थईक्क जाली लोग्ने मान्छेहरू)

हो लोग्ने मान्छेहरू जतिनै कठोर भएपनि एउटी महिलाको मायाको सागरमा कुनै दिन चुर्लुम्म डुब्छन् । जेलीफिस जसरी समुद्र भित्र जीव होकी निर्जीव हो भन्ने आफैलाई थाहा नभई विशाल समुद्रको छालमा निकम्मा भएर नाँची रहन्छ, त्यसरी नै लोग्ने मान्छे पनि सुन्दरीको मायाजालको छाल भित्र निकम्मा भएर नाँची रहने छ र यो प्राकृतिक देन पनि हो । फाँसीवाद हिटलर विश्वमै कठोर क्रुर व्यत्ति भनेर कहलिए तर ईभाको मायाजालमा त नौनी जस्तै पग्लिन्थे होला र त विश्वकै कुख्यात व्यक्ति, ईभाको एउटैमात्र हृदयको राजा बने ।

जनजातीहरूलाई आफ्नो मातृभाषाको संरक्षण गर्नु पर्ने चेतावनीका साथ फेदाङमा, माङ्गेना, कुङबा, छयादोङमा, पालम, हाक्पारे, याक्सा, युप्पारुङ जस्ता लिम्बु भाषा मिश्रण गरिएकोले कवितालाई अझै थप सुन्दरता प्रदान गरेको छ । हामी जनजातीहरू पहाडदेखि काठमाडौं लगायत अन्य सुविधा सम्पन्न सहरसम्म आईपुग्दा आफ्नो मातृभाषालाई पहाडमै छाँडेर आयौं र हामीले आफ्नो मातृभाषा बोल्दा छोरा छोरीका लागि चाईनिज भाषा बोले जस्तै भई दिएकोछ । अब हामी नेपालबाट बेलायत आएकाछौं हाम्रो नेपाली भाषा पनि नेपाल तिरै छाँडने तरखरमा लागिसकेकाछौं । यसरी मिजासका कविताहरूलाई समग्रमा नियाँल्दा जातीय चेतना, धर्म, दर्शन, विचार, विज्ञान र उच्च प्रविधिले संकुचन गरेको विश्वलाई पनि राम्ररी केलाउँन भ्याएका छन् ।

च्याप्टीएर मान्छे माइक्रोचिप्समा अटाँएको छ

डेटा बेस भित्र

विचार देखि विचारसम्म

ईतिहास समयको

ताराहरू ब्लेकहोलहरूमा होसियार !

संकुचन ब्रम्हाण्डको

(विचार देखि विचार सम्म)

अन्तमा कवि तथा गजलकार मिजासकै गजल संग्रह (प्यास नजरको) बाट मलाई ज्यादै मनपर्ने गजलको सेरपनि समावेस गर्न सान्दर्भिक ठानेको छु ।

कस्तो होला तारासबै हत्केलामा झरिदिए

बाँकी एउटै जूनपनि मेरै हातमा परिदिए ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको कविता (उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक) भन्दा यस गजलमा महत्वकांक्षी देखिएका छन् कवि तथा गजलकार मिजास । उनले त उडेर चन्द्र छुनु भन्दा पनि सजिलै यस धर्तिमै जूनतारा झारेर हत्केला भरि खेलाँउन खोजेका छन । जे होस मिजासले सोँचे जस्तै चाहे जस्तै यसरी नै महत्वकांक्षी भएर निरन्तर अग्रसर भएमा अवश्य एक दिन ती साहित्यिक जून तारा धप्पक्क हात भरि बल्ने छन् यहि मेरो शुभकामना । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको तर्फबाट पनि उत्तरोत्तर प्रगतिको कामना कवि मिजासलाई ।

   

वेल्स कार्डिफ, बेलायत




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
गजल उस्तै छ मात्र धुन बदलियो
अधेरि उही हो मात्र जुन बदलियो।
मालि संग डालि मागी भमरा रमायो
फूल मुल्य सस्तो नै छ सुन बदलियो।
माया प्रेमका राम्रा राम्रा कथा पढीयो
माया उही मायालुको गुन बदलियो।

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691049
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com