Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 24, 2008 | Author : केदार 'संकेत'
Category : Essay / निबन्ध | Views : 1197 | Rating :

  
केदार 'संकेत'

          रातको ड्यूटीले गर्दा दिनमा सुत्नु स्वभाविकै ठान्छू म । तरपनि रातमा सुत्नुको मज्जा जस्तो दिनमा के खाएर होस र ? टेक्स मेसेज हो या भ्वाइस मेसेजको हो मोबाइलले सङ्केत दिन्छ । म­ अल्छे पाराले आँखाको ढकनी उघार्छु । मोबाइलको भ्वाइस मेसेज रहेछ । मेसेज सुनेर एकछिन किंकर्तब्यबिमूढ हुन्छु । म दिन रात गृहयूद्धले बिक्षिप्त भएको शहर इराकमा जान पर्दा । तेसोत मेरो यो बाध्यता थियो अनि एउटा नयाँ यात्राको अर्को पाटो पनि । मन मनै साधुवाध दिए मित्रलाई, जस्ले म प्रति विश्वाश गरेर सबै डकुमेन्टहरू तम तयार पारि दिनु भएको थियो ।

          रेलमा यात्रा गर्नुभन्दा भन्दा टयाक्सीबाटनै ब्राइज नटर्­न आर्मी एयरपोटसम्म जाने निधो गरेँ  । घरबाट बिदाइ हुँदा एक्कासि मन भक्कानिएर आयो । छोरी दुवैलाइ अंगालोमा बाँधे । सम्भव थियो त त्यो चाहन्थे म सँधै यसरीनै अंगालोमा बाँधिरहुँ बसिरहुँ । तर त्यो खालको समयले कहिल्यै पनि साथ दिन भने सकेन । अन्तत्वगत्वा, ब्ल्याक वाटर रीडिङहुँदै टयाक्सी चालक लोक दाइ र म बत्तिन थाल्यौ अक्सफोर्डसाइरतिर दर्के पानीको दर्काइसँगै।

           बाटोमा देखिने प्राकृतिक दृष्यहरूले वसन्त निम्त्याँउदै थिए । पालुवाका मुजुराहरू उकुसमुकुसिँदै हरियालीमा परिणत हुने तरखरमा थिए । सडकबाटोको छेउबाट देखिने नजिकको घरहरूका बगैंचाहरूमा डेफोडिल र आरूबखडाका फूलहरूले मेरै यात्राको स्वागत गरेजस्तै लाग्थ्यो मलाइ । 

           एक घण्टा पश्चात हामी ब्राइजनर्टन एयरपोट पुग्छौं, एयरपोट पुग्दा अरू साथीहरू नन्द, जीत, खड्क र देबेन्द्रजीहरू पनि पुगिसकेका थिए ।

          पासपोट र कम्पनी कार्ड देखाएपछि चेकिङ कक्षसम्म त्यँहिको क्याम्पको बसले पुर्र्यायो । भोली बिहानैको उडान भएकोले आजै चेकिङ गर्ने खबर पाईयो । चेकिङ गरे पश्चत बोर्डिङ पास र कोठाको चाबी पाएपछि बेलुकीको आठ बजे ट्रानजिट भान्साघर तिर लाग्यौँ । खाना खाने ठाँउमा ब्रिटीश आर्मिमा कार्यरत केही नेपाली साथीहरूसँग पनि भेट्ने अवसर पाईयो । उहाँहरू कुबेतमा ६ महिनाको लागि आफ्नो डिउटी पूरागर्न जाँदै गरेका रहेछन् । सबैले मरूभूमीमा लगाउने फुस्रा खालका कम्ब्याट लुगा लगाएका थिए । गोर्खाली त परे निकै चड्के देखिन्थे ।

          धेरैदिन पश्चात: घरदेश छोडेर परदेश, परदेश पनि छोडेर विदेश लाग्नुको पीडालाई केहीहदसम्म क्याम्पकै पबमा गएर एक/दुई केन गहुँको रस तानेर बिर्सने झिनो निर्णय गर्यौं । रातपनि छिप्पिदै गयो अनि जिब्रो पनि लटपटिँदै गएपछि हामीहरु रातको निन्द्रा फकाउन कोठातर्फ लाग्यौं ।

          बिहान हामी सबै करिब ७ बजे तिर बस चढेर बिमान स्थल तिर लाग्यौं । हामी जम्मा ५ जनाको ग्रुप थियौं । बडिआर्मोर (आधुनिक ढाल) र हेलमेट (फौजिले लगाउने निलो हेलमेट) को झोला हातमा झुण्डाउँदै ओमनी एयर ईन्टरनेसनल नामक जहाज तर्फ लाग्यौं । ब्राइज नट­रन आर्मी एयरपोटबाट करिब ९ बजे तिर कुबेत तर्फ उड्यौं । जहाजमा प्रायः आर्मीका जवानहरू थिए । घर छोडेर जानुपेकोले होला सबैको अनुहारमा फिकापनले छाएको देखिन्थ्यो । करिब छ घन्टा पन्ध्र मिनेट पश्चात कुबेतको अन्तराष्ट्रिय बिमानस्थलमा अवतरन हुने खबर पाउँछौ । तर किन हो कुन्नी तीन चार पटक  आकाशमानै फन्को मार्छौं  । जमिन आकाशबाट एकदमै नजिक भएको कारणले गर्दा कुबेतको धरातल र शहरहरू प्रत्यक्षरूपमा घुम्न नपाएपनि आकाशबाटै केही हदसम्म अवलोकन गरियो । चट्ट-चट्ट  मिलेका समुन्द्र नजिकका ठूला-ठूला  महलहरू, चौडा सडकहरू र सडकका दायाँ बाँया रोपिएका हरिया रूखहरूले सजिसजाउ थियो कुवेत ।

          एक घन्टासम्म हामी कुबेतको बिमानस्थमानै बस्नु पर्र्यो किनकि हाम्रो सामानहरू अर्को हवाइजहाज सी वन थ्रर्टि  (सैनिक तथा माल सामान ओसार्ने बेलायतको फौजी जहाज) मा सारियो । रात परिसकेको थियो । मधुरा बत्तिहरूले कुबेत शहर झिलिमिलिन लागेको थियो । केही यात्रुहरू कुबेतमानै उत्रिए । हामी भने फेरी सी वन थ्रर्टी मा चडेर ईराकको यात्रा छोट्याउन लाग्यौं ।

          बडिआर्मार र हेलमेट अवतरण हुनुभन्दा पन्ध मिनेट अगाडिनै लगायौं । जहाजका सबै बत्तीहरू झ्याप्प निभाइयो अनि उडेको उच्चाईबाट एक्कासि जमिनको सतह तिर ह्वात्तै खसालियो । आङ्नै सिरिङ्ग भयो ।

           बत्ती निभाउनको कारण रहेछ  इराकी आतङ्कबादिले जमिनबाट नदेखोस र जमिनबाट प्रक्षपन गरिने RPG (rocket prepeal grinade ) रकेट प्रहारबाट बँच्नुको खातिर ।

ईराकको बाज्रा अन्तराष्ट्रिय बिमानस्थलमा एक घण्टा पच्चिश मिनेटमा उत्रियौं । एउटा सेतो फममा आफ्नो डिटेल्स भरेर हामीहरू एउटा सेतो बसमा चढ्छौं । बसमा निलो पर्दा लगाइएको थियो । अन्धकार थियो बसभित्र । एकजना ब्रिटेनका नायकबाट छोटो ब्रिफिङ पाउँछौं । बसमा जाँदा कथंकाल बम अर्था­त कतैबाट हमला आएमा त्यहिनै निहुरेर उस्को अर्डर पर्खिएर बस्नु रे । निक्कै टाढा नै रहेछ अब हाम्रो जाने ठाँउ भनेको त पाँच मिनेट पछि हामी हाम्रो गन्तब्य स्थानमा पुग्यौं ।

          हामीहरूलाई लिन दाइ साही र उहाँका टीम युवराज र याम भाइहरू आएका थिए, बाज्रा बिमान स्थलमा । बाटोमा जाँदाजाँदै  यहाँको विभिन्न वातावरणको बारेमा जानकारी पाउँछौं साहि दाइबाट ।

          भोलिपल्ट बाज्रा क्याम्पको हाताभित्र रहेका आर्मीक्याम्प देखिलिएर हाम्रा काम र कर्तब्यहरूको बारेमा जानकारी गराईयो । क्यम्प घुम्न मिनीबसमा एक घण्टाभन्दा बढि लाग्यो । क्याम्प घुँम्दैजाँदा सद्दामको भत्किएको शालिकनेर पुग्ने मौका पनि पाईयो । मात्र टेलिभिजनमा भत्काइएको देखिएको थियो । आज प्रत्यक्षरूपमा आफ्नै आँखाले देख्नपाउँदा सपना जस्तो लाग्यो मलाई । जिन्दगीमा यसरी यो ठाँउ­­­मा आईन्छ भन्ने सोचेकोपनि थिइन मैले । यात्रा न हो, जीवन कहाँ पुगिँदो रहेछ, रहेछ ।

          यहाँ काम गर्दा ईराकी ईन्जिनिएर देखि कुल्ली कामदारहरू सङ्ग घुलमिलिने मौका पाईयो । मैले उनीहरूलाई गफै-गफमा सद्दाम हुसेनको कार्यनीतिदेखि लिएर जनता प्रतिको उदारताको बारेमा सोँधे  र असीप्रतिशत भन्दा बढिले सद्दाम ईराकी जनताकाका लागी उदारनीति लिएर हिँड्ने व्यक्ति भनेर बोले । उनी राष्ट्रपति हुँदा ईराकी जनताका लागी सहुलियत स्वरुप प्रतेक महिना प्रतिव्यक्ति दुई लिटर खानेतेल, एककिलो चिनी, एकबोरा चामल, निशुल्क टेलिफोन सेवा, बिजुली बत्ती र खानेपानी जस्ता सेवा जनतालाई सित्तैमा उपलब्ध गराएका थिए रे ।  तर आज ईराकी जनताले न सित्तैमा चामल पाएका छन्, न एक थोपा तेल नै ।

ईन्जिनिएर ईसाम थप्तै थिए । हो उनले कुर्दिसहरूलाई दुःख दिए र विषाक्त केमिकल छरेर निर्दोष जनतालाई मारे, त्यो नै सबैभन्दा सद्दामको गल्ती थियो र पतनको बाटो पनि ।

          घेरै दिन भएको थियो रकेट नआएको । आज एक्कासी IDF अर्थात indirect fire मिसाइल आएको साइरन बज्यो । एकदम अत्यास लाग्दो ध्वनी । म चिप्लेकिरा जसरी भुईमा टाँसिन्छु । तीन  मीनेटसम्म यसरी बस्नुपर्छ यहाँको नियममा त्यसपछि मात्र ट्रेन्चमा गएर माइकमा अल क्लिएर नभनेसम्म पर्खिनु पर्छ । त्यतिखेर अरू राष्ट्रहरूका भारत, बङ्गलादेश, श्रीलङ्का र पाकिस्थानका साथीहरू पनि तछाँड र मछाँड गर्दै आएका थिए, ट्रेन्चमा आफ्नो ज्यान जोगाउन । साइरन झण्डै तीन मीनेटसम्म बज्छ । पाँच मिनेट पछि साइरनबाट नै अल क्लिएर भन्ने सुन्छौ । हामी त्यसपछि आ-आफ्नो कोठा तर्फ लाग्यौ । त्यो नै हामी गएपछिको पहिलो रकेट प्रहार थियो । पुनः भोलीपल्ट दुईचोटी हाम्रै हाताभित्र बम खस्यो । तर कसैलाई पनि चोटपटक भने लागेन । यी बम खसाउनेहरूमा यहाँका सीया उग्रबादीहरूको ठूलो हात भएको रहेछ भने बम पैठारी गर्ने गराउँनेमा छिमेकी राष्ट्र इरानको दरो हात भएको यहाँका स्थानिय बासिन्दा लगायत बेलायतका गुप्तचर बिभागबाट सुन्न पाईयो ।

          आज तीन दिन भयो, साइरनको कर्णप्रिय धुन सुन्न नपाएको । खैः कतिदिनसम्म हो चिप्लेकिरा बन्न पर्ने हेर्न बाँकिनै छ ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Essay / निबन्ध category

चिन्ता गर्नुपर्छ
मृत्यु फरवार्ड
भोग
चाल्दै-चाल्दै जीवन धूलो !
भुँवरीमा भिखम
पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू
रातो राम्रो गुलियो मीठो
बाटो म्याद !
आँसु चुहेको कार्यक्रम
झिम्केको झोला
गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र
नियात्रा इराकका रातहरू

    Links
Column / स्तम्भ

    Random Pick
जन्माएर मलाई काखमा सुतायौ
आमा तिमीले कति रात नसुति बितायौ
मलाई सधैँ माया गर्ने मेरी आमा देउता
यो ब्रह्माण्डमा तिमी केवल एउटा,
औँला समाति ताते हिँड्न सिकायौ
बुबु लिटो चटाउदै जीवन हुर्कायौ

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
643723
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com