Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 18, 2010 | Author : दयाकृष्ण राई
Category : Memoir / संस्मरण | Views : 906 | Rating :

  
दयाकृष्ण राई

          नसम्झीनु होला लारा भने पछि बलीउडकी नायिका लारा दत्ता । लारा दत्ता अभिनेत्री हुन भने केही फरक बिधाका लारा अर्थात लक्ष्मी राई जो हङकङ निवासी नेपालीहरूको लागि चिरपरिचत नाम हो । लारा बहिनी र मेरो बिधा भने उस्तै-उस्तै ठयाक्कै मिल्लाझैं । लारा कविता लेख्छिन 'म पनि लेख्छु' । उनी संस्मरण लेख्छिन 'म पनि लेख्छु' । उनी उदघोषण गर्छिन 'म पनि उदघोषण गरि टोपल्छु' । त्यसैले उनको र मेरो साक्षात भेट नभए पनि बिधागत आधारमा म उनलाई राम्ररी चिन्थे । तर उनले मलाई चिन्दिनन भनेर ढुक्क थिएँ ।

          भेट हुन हङकङ जस्तो होइन बेलायतमा, ज्योतिषलाई साईत हेराएर पनि भेट हुन गाह्रो हुन्छ । त्यसैले टाढा टाढा बस्ने साथी भाई अफन्तजनसँग भेट हुने साईत बर्षमा एकपल्ट जुराउन गाह्रो हुन्छ । लारा बहिनीसँग भेटने संयोग चाहिँ नेपाली कम्युनिटी फोल्कसटनले आयोजना गरेको नेपाली मेलामा दैवले जुराएको भन्नु पर्ला । रक्षाजी र म वेल्सबाट गाडीमा ६ घण्टाको बाटो तय गरेर फोल्कस्टन कम्युनिटी हल पुग्यौं । त्यस दिन हामीले साईत जुराउनु पर्ने बाध्यता चाहिँ नेपाली प्रतिभा प्रतिष्ठानको बेलायतमा नेपाली भाषा पठन पाठन अभियानले गर्दा नै हो । उहाँ पुग्नसाथ मेला प्रारम्भ भइसकेकोले हतार हतार ब्यानर टाङ्गीयो । ब्यानरमा 'बेलायतमा नेपाली भाषा पठन पाठन' भन्ने नारा लेखिएको थियो । त्यसपछि अहिलेसम्मका प्रकाशित हाम्रा अमुल्य कृतिहरू लिएर गएका थियौ र टेबुलमा सजायौं । हाम्रा कृतिहरू हामीलाई ज्यादै अमुल्य लाग्छ जुन कृति प्रकाशनले हामीलाई गरिव बनाएको छ । हामीलाई जति अमुल्य लागेपनि किनेर पढने पाठकको खडेरी त छँदैछ कसैलाई मनले खाएर पाँच पाउण्डको किनेर सहयोग गरिदिनु पर्यो भन्दा नाक खुम्च्याउँछन । तर कोरालमा गएर ज्याकपोर्ट र रुलेटमा कुखुरालाई चारो खुवाएझैं खुत्रुक खुत्रुक हजारौं पाउण्ड हाल्न भने पछि पर्दैनन् । कम्पलिमेन्ट्री कपी बाँडिएका पाठकहरूको लागि भने कलब्रेक तास खेल्दा खाली रहेको पानामा पोईन्ट लेख्न ज्यादै सुबिधा भएको छ । नेपालको सन्दर्भमा भन्न पर्दा खाली ठाउँ भरिए पछि उनीहरूले जव फाल्छन नाङलो पसलेलाई ल्वाँङ्ग सुपारि र मसला पोका बनाउन र चटपटे बेच्ने भैयालाई चटपटे पोका बनाउन सुबिधा भएको छ । कति कति दिग्गज र प्रतिष्ठित लेखकहरूलाई त पैसा लगाएर पढने पाठकको खडेरी लागेको छ नेपालमा ; हामी जस्तोको त के कुरा गर्ने र ; राजन मुकारुङको हेच्छाकुप्पा उपन्यासको साहित्यिक पात्र नै त हौं । नेपाल गएको बेला डायस्पोराका महान लेखकको उपाधिको भारि बोकाउने, नेपाल छाडेको भोलिपल्ट देखि त्यस ब्यत्ति को थियो ? कहाँ छ ? नाम निशाना नै हराउँछ । कुनै दिन त्यो दिन पनि आउने छ डायस्पोरिक साहित्य बिना नेपाली साहित्य अधुरो हुनेछ ।

          अव जाउँ कुरोको चुरो तर्फ नेपाली भाषा साहित्यको प्रबर्द्धनको लागि गत साल नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको स्थापना गरि ऐक्येबद्ध भएर अग्रसर भइरहेकै बेला आधा भन्दा बढी पदाधिकारी मित्रहरू बेलायतबाट बु्रनाई स्थानान्तरण भएपछि सीमित पदाधिकारीहरू मात्रै बेलायतमा रहेपनि हामीले दुबै ठाउँमा सकेसम्म कृयाकलापहरू गर्दै जाने हाम्रो लक्ष्य अनुसार रक्षजी र म दुई जना टुहरो बालकझैं नेपाली मेलामा पुगेका हौं । हामी बेलायतमा रहेका पदाधिकारीहरू मध्यमा टंक वनेम, गणेश राई, मुलीबीर राई आफ्नै ब्यस्तताले सहभागी हुन पाएनन् । गणेश पुन त्यहिँ मेलाको सांस्कृतिक कार्यक्रमका संयोजक थिए र त्यो दिन उनको असार १५ नै लागेको थियो । अर्का हाम्रा पदाधिकारी जगत नवोदित आफगानिस्तान पुगिसकेका रहेछन् म भने भ्याई नभ्याई फोन सम्पर्क गर्नमै तल्लीन रहेँ । पछि रक्ष राईबाट मात्रै उनी आफगानिस्तान छन् भन्ने अवगत भयो । हो बेलायतमा सबैको कथा, ब्यथा उस्तै छ । कुनै बेला फोन गर्न त परै छाडौं खाना खान पनि समयको अभाव हुन्छ । फेरि रणमोर्चामा खटिएर जानको लागि तयारि हुँदा कसको मन मस्तिष्क स्थिरमा हुन्छ र ? पछि दिपावलीमा जगतले चेलीबेटीको हातको मखमली र सयपत्रीको माला भिर्ने गलामा बन्दुक भिरेर युद्ध भूमिबाटै सेल राटीको ताजा स्वाद र मखमली र सयपत्रीको मालाको यादहरू समेटेर लेखेको संस्मरणात्मक निबन्धले चसक्क मूटु छुयो भने चेलीबेटीहरूको मुटु त अवश्य भक्कानियो होला । उनले चेलीबेटीहरूलाई लामो लिस्टमा नाम पनि दिन कञ्जुस्याँई गरेनन् जस्मा लारा बहिनीको पनि नाम समेटिएको थियो । यसरि पदाधिकारीहरू कोहि आफगानिस्तान कोहि ब्रुनाई र कोहि बेलायतमा भएकाले रक्ष र म मात्रै थियौं प्रतिष्ठानको तर्फबाट । मेलामा आउने सबै नेपालीहरूलाई नेपाली भाषाको बारे थोरै भएपनि जागरुक बनाउन प्रयास गर्यौं । सबैबाट सकारात्मक टिक्का टिप्पणीहरू आए । अर्का एकजना ब्यक्तिको नाम बिर्सिएमा प्रतिष्ठानका समग्र पदाधिकारी कृतघ्न साबित हुनेछौं । जुन ब्यत्ति हुन नयाँ सन्देस साप्ताहिक पत्रिकाका प्रधान सम्पादक अदिवक्ता चण्डीराज राई । उनले प्रतिष्ठानको बेलायतमा नेपाली शिक्षा पठन पाठन हुनु पर्छ भन्ने अभियानमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन् । र त्यस दिनको स्टलको तर्जुमा पनि उनले नै गरेका हुन् ।

          मेलाको अन्त्य पनि हुन लागेको थियो, हामी उताबाट चाँडै हिडेनौँ भने वेल्स आई पुग्नु गाह्रो हुने भएकोले हामीले हाम्रो स्टलबाट सामानहरू थन्काइ सकेर गाडीमा लान आँटेको बेला अप्रत्याशित फिल्मी शैलीमा लारा बहिनी ढयाङ्ग आई पुगिन् । रक्ष र म भने मित्रहरूसँग छुटिनका लागि बिदाई गर्न ब्यस्त थियौं । स्टलको अगाडि उभिएर त्यो दारीवाल कविको पुस्तक मलाई चाहिन्छ भन्ने आवाज अन्य हल्लासँग मिसिएर कता कता सपनामा झैं मेरो कानमा ठक्कर खायो । र राम्ररी नियाले लारा बहिनी रहेछिन । गजलकार बिपु वाइवा दिनभरि स्टलमा खटिएका थिए उनले दाई तपाईको पुस्तक चाहियो रे दिदीलाई, भने पछि मैले झोला भित्र हालिसकेको पुस्तकहरू कोट्टाएर निकाले । यसको मुल्य कति हो ? पाँच पाउण्ड, दश पाउण्ड ? जुवा खेलेर जितेको जुवाडेलेझैं हातभरि डल्लो परेका पाउण्डका नोटहरू देखाउँदै म जति परे पनि किनेरै पढछु भन्ने एकहोरो सम्बाद बोली रहेकी थिईन लारा । साथीहरूसँग बिदाई मागेर बलैले लाराको सामिप्यमा पुगें । तपाई त लारा बहिनी होईन ? तपाईले मलाई चिन्नु हुन्न होला ? प्रत्युत्तरमा ए किन नचिन्ने तपाईालाई दाह्रीबाटै चिनी हाल्छुनी ! मैले मनमनै गुने ��"हो मेरो दाह्री ? ��"सामा बिन्लादेनलाई पनि दाह्रीबाटै विश्वले चिन्छन यो दाह्री पाल्नु खतरनाक पो रहेछ काटनु पर्छ कि कसो ? हुन त जापानमा पनि चेलीबेटीहरूले मेरो नाम दाह्रीवाल दाई राखि दिएका रहेछन् पछि मात्रै मलाई थाहा भयो ।

          पुस्तकमा हतार हतार मैले आफैले नचिन्ने गरि हस्ताक्षर गरेर हस्तान्तरण गर्दै भने बहिनी मेरो स्रष्टाले स्रष्टालाई सम्मान गर्ने चलन छ । मलाई तपाइँको पैसा चाहिँदैन कम्प्लिमेन्ट्री नै तपाईलाई दिन चाहन्छु । रक्षले पनि त्यहिँ सम्बादकासाथ आफ्नो पुस्तक हस्तान्तरण गरे । केही क्षणको भेटमा सम्पर्क नम्बर आदान प्रदान भयो । अहिले हामी फोनमा सम्पर्क हुनपनि गाह्रो हुन्छ कहिलेकाहिँ सम्पर्क हुन्छ । दर्शन नमस्ते दाई आदि ईत्यादि १० मिनेटको कुराकानीमा प्राय: सबै भन्नु पर्ने कुराका सन्दर्भलाई कोट्टाउन भ्याउँछिन लाराले । हालै मैले फोन गरेर प्रश्न गरे कसरी बित्दैछ लारा बहिनी तपाईको बेलायती जिन्दगी ? उनले भनिन हिउँ हेर्दैछु दाई । सन् १९८१ साल पछि २०१० सालको नयाँ बर्षको आगमनसँगै बेलायत डरलाग्दो मीनपचासको जाँतोमा पिसिएको छ । र नै उनले चिसो मौसमको कुरा र हिउँको कुरा राखेकी हुन । मैले फेरि उनलाई भने बहिनी मैले हिउँलाई घृणा गर्न थालेको छु । अस्ति हिउँ परेको दिन हिँडदा हिँडदै हिउँको कारण बिच बाटोमै ठुलो माछा समात्न बाध्य गरायो र अझैपनि मेरो पींध दुखी रहेको छ भने । अन्तमा जहिले पनि उनको एउटै मात्र सम्बाद, दाई कुनै दिन भब्य कार्यक्रम जमाउन पर्छ भन्छिन् । मैले पनि भनि दिन्छु हुन्छ बहिनी कुनै दिन आउला त्यो दिन पनि । प्रारब्धले मानिसलाई कहाँ देखि कहाँ पुग्नु पर्दो रहेछ । हङकङको नेपालीहरू माझ एउटा चम्किलो ताराको रुपमा आफ्नो पहिचान दिइसकेकी लारा घाम नअस्तताउने देशमा आएर समय, परिस्थिति र बाध्यताले कतै उनको प्रतिभा अस्ताउने त हैन ? सबैलाई चासोको बिषय बनेको छ र सशंकित छौं हामी शुभ चिन्तकहरू । नयाँ सन्देसका प्रधान सम्पादक चण्डी राजजीले त्यहिँ मेलामा कविता लेख्न आग्रह गरिरहेका थिए लारालाई तर अहिलेसम्म लारा बहिनीको कविता हेर्न पाइएको छैन नयाँ सन्देसमा । विश्व निल्ने ग्रिनविच समयबाट हारेर निष्पृह '' ! तर लारा बहिनीलाई भने अति बलवान ग्रिनविच समयलाई परास्त गर्ने शक्ति ईश्वरले प्रदान गरुन र हङकङमा भन्दा बेलायतमा सशक्त रुपमा अघि बढन सकुन यहि मेरो कामना ।
 
          बेलायत



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Memoir / संस्मरण category

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
बन्दुक, बन्दना, जुवा र जुली
रोसीका हजार छाल
नीलगिरिको केरकार
कालु पाँडे हराएको खबर
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
चोखो प्रेमको अनन्त पिडा
मेरो वाउको गाउँ
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
हङकङबाट काठमाण्डौसम्म
फ्रान्कोनियाको मेट्रो
मेरील्याण्डका उडुस
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
हेल्सेको रेडियो

    Links
Column / स्तम्भ

    Random Pick
खिया परेको इतिहास ङबर
एउटा निरङ्कुश कोतपर्वको घेरामा
निस्लोट बिरामी परेर सुतेको छ
समय, परिधि र घटनाको
भग्नावशेष खोज्ने
पेट रित्तिएका ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615112
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com