Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : November 14, 2009 | Author : Gopal Prasad Rimal
Category : Poetry / कविता | Views : 957 | Rating :

  
Gopal Prasad Rimal

आमा, त्यो आउँछ र ?

"हो, बा, त्यो आउँछ ।

त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।

त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने

तिमी एक हतियार देख्नेछौ !

त्यसैले ऊ अधर्मसित लड्नेछ !

त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर

छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि

बढ्ता छोइने भएर आउँछ ।"

हो र आमा ?

"हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा

त्यसकै छाँया देख्ने आशा गरेकी थिएँ;

तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि;

तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि;

तर त्यो मीठो गीतले तिमीलाई

आफ्नो बाँसुरी बनाएनछ !

त्यो तिमी नै हौला भन्ने

मेरो यौवनभरिको सपना थियो !

जे होस् त्यो आउँछ;

म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर

म भन्न सक्तछु,

त्यो आउँछ,

मैले यो कुनै अल्छी सपना देखेको होइन !

त्यो आएपछि तिमी यसरी

मेरो काखमा आएर घोप्टिने छैनौ;

सत्य कुरालाई तिमी यसरी

चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ;

तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र

ग्रहण गर्न सक्ने हुनेछौ;

मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा

लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई

सान्त्वना दिँदै बिदा हुनेछौ;

मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल

मुसारिरहनुपर्ने छैन !

हेरौला, त्यो हुरी भएर आउनेछ,

तिमी पात भएर पछयाउनेछौ !

उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा

सारा जडता सगबगाएको थियो, बा;

त्यो आउनेछ, तिमी उठ्नेछौ !"

त्यो आउाछ कि आमा,

मधुर उषाले चराहरूको कण्ठलाई जस्तै

त्यो आउने आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा !

"हो, त्यो आउँछ,

त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।

अब म उठेँ, गएँ ।"

"तर त्यो तिमी नै हौला भन्ने

मेरो यौवनभरिको सपना थियो !"




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
किनभने जातीय मुक्तीलाई जानाजान कसैले तामील टाईगर्स रुप दिएर हाँकिदिए र नेताको सर्टीफाई योग्यभएपछि दरवारमा लगेर बुझाईदिए, जग छँदैथियो आलोकाँचो सेतामगुराली । कसैले मार्क्शवादसंगै जोडेर हिडाउँदा ठूलो बुद्धी पुर्याए मुक्ति पाईएलाजस्तो लागेको थियो, त्यो पनि भोटनै बटुल्नमात्र भईदियो । पछिल्लोकाल ने. क. पा. माओवादीले प्रस्ट उठाएको आत्मा निर्णयको अधिकार सहितको संघीयताको ब्याख्याभित्र बादल दाई, सुशेस आले मगर दाई, गोपाल किराती, स्वर्गीय श्रद्धेय भक्त बहादुर कन्दङवा जस्ता केही थेप्चो नाकहरू हेरेर हजारौँले वलिदान नै गरिदिएका छन तर पर्ख र प्रहार गरौँलामा डल्लिएको छौँ हामी......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615468
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com