Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 18, 2009 | Author : प्रदिप कन्दङ्वा
Category : Review / समिक्षा | Views : 893 | Rating :

  
प्रदिप कन्दङ्वा
Author

अक्सर भिडियोहरूमा देखिरहेको असोका होटेल, होटेलको प्राङ्गण, प्राङ्गणमा प्लाष्टिकको कुर्सिमाथी अलल्लिरहेका केही मानवाकृतिहरू, सिमेन्टको अरङ्गिन र किञ्चित अँध्यारो सिंढि, अनिश्चित दिशाबाट आईरहेको चर्पिको हल्का दुर्गन्ध, मानिसहरूको मधुरो गुन्गुनाहट, कानमा पदचापको हल्का अवतरण छिचोल्दै म असोका होटेलको सभाहलभित्र स्वात्त छिरेँ । अपेक्षाकृत, सभाहलभित्र सुनिएका, पढिएका कतै पत्रपत्रिकामा देखिएका, कुनै कम्प्युटरको स्क्रिनमा सलबलाईरहेका नामिनामि व्यक्ति ब्यक्तित्वहरू सभाहलको मधुरो बत्तिमुनि काठेकुर्सिमा बिराजमान थिए । हेत्छाकुप्पाको अन्तरक्रिया कार्यक्रम थियो त्यो । मलाई ३ बजे डाकिएको थियो, म अलि ढिलो गरी साडे तिनबजे पुग्दा कार्यक्रम सुरु भईसकेको रहेछ । समयको महत्तामाथि खेलवाड गरें की मैले ? यो प्रश्नले दर्रफरिएको मेरो मथिङ्गल एकाएक मञ्चतिर तानियो । मञ्चमा केही अतिथिहरू अतिथि मुद्रामै आसिन थिए । कुनापट्टि साङगेन अर्थात राजन मुकारुङ अर्थात आजको हेत्छाकुप्पा नै भनौ खुट्टामाथी खुट्टा चढाएर, घुँडामाथी एउटा हात टेकाएर त्यहीं हात चिबेचराको पुच्छर जस्तो कापे बनाएर चिउँडामा अड्याएर बडो धिर गम्भिर मुद्रामा बसिरहेका थिए । सायद उनी त्यहीं चिबे चरालाई सम्झिरहेका थिए कि जसको पुच्छर देखेर हेत्छाकुप्पालाई घरको दलिन अड्याउने प्रेरणा मिलेको थियो । माइकमा नबिन सुब्बा बोलिरहेका थिए । हेत्छाकुप्पाको बारेमा कम र समाजशास्त्रको बारेमा ज्यादा उनको विश्लेषण थियो । विश्लेषण जो थियो गहन र चिन्तनलायकको थियो । तर समग्रमा उनको भन्नुप्रति मेरो विमति रह्यो । कारण उनको निचोड थियो हामी आदिवासिहरू पाईला पाईलामा भ्रमित छौं । अव पनि हामी भ्रमित छौं ?? यो प्रश्न सबैको निम्ति छोडिराखेर म धराबासितिर लाग्छु । धराबासिले आफ्नो नाम कृष्ण किन राखेका होलान ?? यो पनि प्रश्न हुनसक्छ ?? तर प्रश्न धराबासि आफैले उभ्याईदिएका छन् । जस्तो हेत्छाकप्पा भन्नु र आँपको झुप्पा भन्नुमा फरक के छ ? यो धराबासिले नसोधिकन सोधेको प्रश्न हो । हामीलाई कृष्णको अर्थ बुझ्न गाह्रो छैन तर कृष्णलाई हेत्छाकुप्पा बुझ्न गाह्रो छ, किन ??? यो प्रश्न केबल धराबासिको निम्ति छाडिराखेर म फेरि धराबासितिरै लाग्छु । पृथ्वी नारायण शाहले एकिकरण नगरेको भए आज हामी नेपाली हुनेथिएनौ, शङ्कै छैन, अवश्य हुने थिएनौं । तर हामी नेपाली नभएको भए अरु केही त अवश्य हुन्थ्यौ त्यसको अर्थ हामी भारतिय या चाईनिजनै हुन्थ्यौ भनेर मात्र किन सोच्ने ? जस्तो आज भारतियहरूले चारैतिरबाट हाम्रो सिमानाहरू मिच्दै ल्याइरहेको छ । हामिलाई कति पिडा भइरहेको छ । नेपाललाई अर्ध उपनिवेश बनाइसक्यो हामिलाई कति दुखिःरहेको छ । भोली महान भारतको नाममा भारतले नेपाललाई मिचमाच पारिलियो भने अबको २५० बर्ष पछाडि हाम्रा सन्ततीहरूले आफुलाई भारतियको रुपमै पाउनेछन् ।उनिहरूले हमारा 'भारत महान' भन्नुमै गर्व गर्नुपर्ने छ । तर आज हामीले भोगेको नियति, भारतले चारैतिरबाट गरेको सिमा अतिक्रमणको पिडा, प्रकारान्तरले यसलाई खुनी आक्रमणनै त भनिरहेका छौ हामी । अबको २५० बर्ष पछाडि पनि यो आक्रमण खुनी नै रहन्छ भन्ने मेरो जिकिर हो । आजभन्दा २५० वर्ष अगाडी पृथ्वी नारायण शाहले साम दाम दन्ड भेदको निति लिएर आफ्नो सार्वभौम अस्तित्वमा रमाईरहेका राज्यहरू उपर बिना कारण बिना दोष केवल बादशाह बन्ने सनकमा जुन नरसंहार मच्चाए त्यो खुनी थिएन भने आज हामी भारतको बल मिचाहा प्रवृत्तिमाथी किन आगो ��"कलिरहेका छौं । शक्ति भएकाहरूले शक्तिहिनहरूलाई जसो गरे पनि हुनेरहेछ नि त । तथाकथित एकिकरण (पञ्चायती प्रजातन्त्र भन्या जस्तो) को नाममा पृथ्वी नारायण शाहले एउटा सार्वभौम राज्यमाथी गरेको अत्याचार खुनी थिएन भन्ने धराबासिको अभिव्यक्तिप्रती अहिलेलाई मेरो भन्नु यतिनै ।

 

हेत्छाकुप्पा याने सघंर्ष र दुःखको पर्याय, मुन्धमहरूमा वर्णित मानव सभ्यताको प्रथम प्रतिक, किरातीहरूको आदिपुरुष, सृष्टि र सभ्यताको संवाहक जसको वर्णनबिना कुनै किराति अनुष्ठान अपुरो र अधुरो रहन्छ । त्यस्तो हेत्छाकुप्पा आज उपन्यासको पात्र होइन शिर्षक भएर हाम्रो सामु देखापरेको छ । पात्रको सग्लो रुप हेत्छाकुप्पा हुँदै होइन । हेत्छाकुप्पा ��"पन्यासिक शास्त्रिय अवधारणाबाट विचलित भएको तर एउटा सशक्त कृति रहेछ । रहेछ, किनभने यो कृति हात लागेको ६,७ महिना भयो र आजमात्र यसलाई मैले अधोपान्त सुम्सुम्याएर भ्याएं । यो कृति हात लागेपछि सबसे पहिला मैले गोविन्द राज भट्टराईको भुमिका खोजे, मा-कसम पढनलाई होइन यो जाच्न कि को कति पानिमा रहेछ । तर साङ्गेनले भने जस्तो म पनि थरङ्गै भए । कारण त्यहाँ भुमिका नामको कुनै शब्द थिएन । यसमानेमा राजनले मलाई उछिने किनकि मैले पनि एक दुई ठाउँ खोकिसकेको थिएं, कुनैदिन मेरो कृतिमा म भुमिका नामको कुनै शब्द राख्नेछैन । त्यसो त राजन नै पहिलो स्रष्टा अवश्य होइनन् जसले यस्तो धृष्टता गरेको होस् । यस्ता केही अर्थहरूले यो कृति सर्बथा होइन तर नौलो लाग्यो मलाई । भित्र शर्तै शर्त छन् । जम्मा ९ वटा शर्त । शुन्य शर्त मिलाएर १० वटा । सुरुमा पुर्व कथा छ । उपन्यासको आधार अथवा भनौं जग । नौलो छाँटको कृति रहेछ अलि नौलै पाराले पढ्नु पर्यो भनेर मैले सबसे पहिला शुन्य शर्त पढें । १ भन्दा पहिला शुन्यै हुन्छ भनेर चैं त्यसो गरेको होइन । वास्तवमा शुन्य ता अघिपछि कतै पनि हुँदैन । शुन्य शर्त पढिसकेपछि अरु नपढिरहन सकिन शर्त ५, , , पुर्वकथा गर्दा गर्दै म हेत्छाकुप्पाभित्र नराम्रोसँग फसिसकेको रहेछु । यो कुरा हेत्छाकुप्पासँगको जम्काभेटमा मात्र मलाइ हेक्का भयो । त्यसपछि पुनः पुर्वकथामा आइयो र शुन्य शर्तमा थकाइ मारियो । म त फेरि थरङ्गै अर्थात खङरङै भए । राजनले नुसानमाथी ट्रक कुदाइदिएछन् । नुसान साङ्गेनको बालसखा पनि हो । यस्तै पारा हो भने लेखकको बिरुद्ध पात्रहरू नउठ्लान, म चैं भन्न सक्दिन । तर साङ्गेन भने शुद्ध बाँचेको छ । आफ्नै मृत्यु सायद कथामा पनि भयप्रद लाग्यो कि ।

 

राधापछि घनचक्करको ह्याङ��"भर मेरो दिमागबाट उत्रिसकेको थिएन, अब फेरि हेत्छाकुप्पाको ह्याङ��"भर दिमागमा साँधेर हिंड्नु परेको छ । एक प्रकार ह्याङ��"भर पनि कक्टेल खप्नुपरेको छ मैले । कारण यि तिनवटै कृतिले दिने फरक फरक ट्रिप तिनै प्राकारको छ । राजनको यो पहिलो ��"पन्यासिक कृति कतै अन्तिम पो हुन्छ कि बित्थाको आशङ्का गरें मैले ।  पहिलो प्रहारमा अधिक शक्ति खर्च भएपछि दोस्रो प्रहार गर्न गाह्रो हुन्छ । कारण प्रहारकर्ता स्वयंलाई यो भय हुन्छ कि दोस्रो प्रहार पहिलोभन्दा कमजोर होला । नुमाफुङपछि नबिन सुब्बालाई परेको फसाद पनि त्यस्तै हो कि, यो पनि बित्थाको आशंका हुनसक्छ । हेत्छाकुप्पा सैद्धान्तिक र वैचारिक डोरिले टनटनी होइन तर हल्का बाधिएको कृति रहेछ । यसभित्र निहित सम्पूर्ण आख्यानिक आयामहरू म पर्गेल्न फुकाल्न सक्दिन र अभिष्ट पनि मेरो त्यो होइन । योसँगको जम्काभेट र यसले दिएको ह्याङ��"भरलाई विसर्जन गर्ने वहाना मात्रै हो । यो उपन्यासको मियोमा साङ्गेन छ अर्थात राजन स्वयं, एउटा जीवन्त मान्छे । अरु धेरै चिनेजानेका जीवन्त पात्रहरू छन् जस्तै गोपाल सिवाकोटि, प्रोफेसर भट्टचन आदि । बिचमा येहाङ देखा पर्छ । उसलाई पनि मैले चिने जस्तो लाग्छ किनभने 'इस्हि इस्हि' गरेर हाँस्ने अरु कोही होइन पक्का पनि उहि हो अर्थात येहाङ । उसले केही गर्ला जस्तो थियो, निकै भरोसामन्द पात्र तर उ बिचैमा हरायो । सायद विदेशतिर लाग्यो होला । लेखकको जातै जम्दार चाहियो ल्यायो, चाहिएन निकाल्यो । खुटखबर केही छैन । साँच्चै लेखक जातैले निरङकुश हो त ?? यसबारे केही त खोजतलास नगरी नहोला जस्तो छ । शहर र गाउँको एउटा ˆयुजन प्रडक्ट जस्तो, फुल्चोकिको टुप्पामा बसेर काठमान्डौ र ट्याम्केडाँडालाई एकैचोटि नियाले जस्तो एकातिर निर्विकार, निश्छल, स्वच्छ र मानविय सम्वेदनाले लछेप्रै भिजेको गाउँ अर्कोतिर निरन्तर स्खलित मानविय मुल्य, नाटक नौटङ्की धोका धडि, जालझेलको सन्त्रास, तथापी काठमान्डौद्वारा सम्मोहित साङ्गेनहरू, बडो विचित्रको तारतम्य छ । जातीय मुक्तिको मुद्दा कम्युनिस्ट आन्दोलनको प्रथम शर्त हुनुपर्छ भन्ने साङ्गेनको अडान सबै शर्तहरूको निचोड हो ।उसले राखेको शर्त म निशर्त स्विकार्छु । अझ हाम्रो देशको माम्लामा यो शर्त निशर्त लागु हुनेरहेछ भन्ने कुरा मा��"वादिहरूको आन्दोलनबाट ठम्याउन सकिन्छ । यदि बिचमा आएर मा��"वादिले जातीय मुद्दा नउठाएको भए त्यो आन्दोलनले केही खालो नसार्ने रहेछ भन्ने पनि देखियो तर खालो सारिसकेपछिको स्थिति भने त्यस्तो रहेन । कस्तो रहयो त्यो ज्ञातब्य छ । फलस्वरुप आज देशभरिका जाति जनजातिहरू मा��"वादिको काँधबाट ��"र्लेर आफ्नै खुट्टामा उभिएर आफ्नो मुक्तिको लडाइ लडिरहेका छन् । जातीय दमनको विरुद्ध जातीय मुक्तिको निम्ति लड्ने हरेक योद्धाहरूलाई हेत्छाकुप्पा एउटा अभिप्रेरणा हो तर साङ्गेनको हरेक शर्तहरूलाई निशर्त स्विकार्दै म एउटा प्रतिशर्त राख्छु, जातिय मुक्तिको निम्ति लड्न कम्युनिष्ट हुन जरुरि छैन ।

 

साङ्गेनको स्वभिमान बडो इर्ष्या लाग्दो छ तर जीवन भने टिठ लाग्दो । स्वभिमान र जीवन परस्परमा यस्तै सम्बन्ध राख्छन्, थाहा भएकै कुरा हो । विचार र सिद्धान्तले थिचेपछि सृजना फस्टाउँदैन भन्नेहरूलाई हेत्छाकुप्पा एउटा दह्रो जवाफ हो । हेत्छाकुप्पाको विशिष्टतालाई छुन हम्मेसी कसैले आँट गर्दैन । अव आत्मारतिको निम्ति, आत्मिक तुष्टिको निम्ति मात्र साहित्य गर्ने जमाना रहेन । साहित्य समाज र जीवन परस्त हुनुपर्छ अर्थात साहित्य समाज परिवर्तनको निम्ति लेखिनु गरिनु पर्छ । मार्क्सवाद भन्छ 'सिद्धान्त र विचारले विश्वको ब्याख्या होइन परिवर्तन गर्नुपर्दछ' । साङ्गेनले यो कुरा मज्जैले बुझेको प्रतित हुन्छ । यो कृतिमा कथातत्वको अभाव छ तर के छ के छ पढिरहुँ जस्तो लाग्छ । घट्नाहरू उति महत्वका साथ घट्दैनन् तर घटित मध्ये एउटा घटना अति चुडान्त लाग्छ, त्यो चाँहिं सस्पेन्स म यहाँ खोल्न चाहान्न । शर्तभित्र अध्यायहरू टुङ्गिएको पत्तै हँदैन तर अध्याय टुङ्गिनैपर्ने ठाउँमा टुङ्गिएको हुन्छ । सुरुवात राजनकै जस्तो तर टुङ्याउनी '��" हेनरी' को जस्तो, ध्रुवचन्द्र गौतमको जस्तो पनि, अलिक अप्रत्यासित तर अकाट्य । सम्प्रेसण शैलि र शिल्पको सशक्तता झेलिनसक्नुको छ ।अरुभन्दा पनि संवाद र त्यसले दिएको आञ्चलिक मिठास कम्ति घतपर्दो छैन । हिपहप शैलिको संवार्ता पनि त्यस्तै घतलाग्दो छ, 'सुड्डोले क्या गिदि गर्छ नि त'।

 

उपन्यास रचना विधानका केही आधारभुत तत्वहरूमध्ये कथानकको प्रमुख स्थान रहेको छ, त्यसपछि चरित्र, भाषा, शैली संवाद, परिवेश, उद्देश्य आदि । यी सवै तत्वहरूको उपयुक्त संयोजन प्रयोजनबाटनै एउटा असल ��"पन्यासिक कृति तयार हुन सक्दछ । तर आजभोली प्रयोगवादी धारबाट पनि कृतिहरू विश्लेषित छन्, विबेचित छन्, स्विकृत पनि छन् । उत्तरआधुनिक अवधारणाले यो प्रवृत्तिलाई मलजल पुर्याइरहेको छ । तर कृतिको प्रयोगवादी कित्ता त्यति उर्वर हुन सकेको आभाष भएको छैन । कसैले रहरले, कसैले प्रयोगको निम्ति प्रयोग भनेर, कसैले अन्वेसित प्रयोग गरिरहेका छन् । तर अन्ततः ��"पन्यासिक परिधिभित्रै रहेर मात्रै प्रयोगहरू सम्भव देखिएकाछन् । त्यसको अर्थ मान्यताहरूबाट सर्वथा बाहिरिन असम्भव देखियो । जस्तै घरहरू नयाँ नयाँ प्रकारका बनिरहन्छन् तर घर जति नयाँ भए पनि त्यसमा कोठा हुन्छनै, त्यस्तै शौचालय, किचन, वाथरुम आदि पनि घरको अनिवार्य शर्त हो । जस्तै शर्त १ भनौ अध्याय १ भनौ अथवा यीनीहरूलाई कुनै प्रकारले बिशेषित गरौं नगरौं, के फरक पर्छ । आज हेत्छाकुप्पाले जुन विशिष्टता बोकेको छ जुन उचाई धारण गरेको छ त्यो कृतिको नौल्याईले भन्दा पनि कृतिमा निहित गुढार्थहरूले जस्तो लाग्छ । निचोडमा हेत्छाकुप्पाको पुनरागमन भइरहोस् फरक रुपमा तर उस्तै सारमा । 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
आज बिदाको दिन बिहान भरी सुत्नु पर्ने । दिनै भरी यता पल्टी उता पल्टी तन्की तन्की सुत्नु पर्ने । चौरासी ब्यन्जन परिकारसँग सोमरस अनि यस्तै यस्तै अन्य रसहरूसँग लठ्ठ लठ्ठीएर बिस्तारामा पल्टीनु पर्ने । अनि २-४ दिन अघि देखिनै कोलबीरे, म्यारिज र बिबिक्यूको आयोजना गरी साँप्रा, पखेटा र करङहरू चपाउँदै हाक्पारे भाकामा रम्नु पर्ने, झुम्नु पर्ने र अलिअलि प्वाँख हाल्दै गरेकी सानी बचेरी छोरी श्रेयालाई गुँडबाट निकालेर बजार, पार्क र मामाघर तिर घुमाउन लानु पर्ने दिन......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
689748
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com