Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 15, 2009 | Author : डि बि पालुङ्वा
Category : Poetry / कविता | Views : 885 | Rating :

  
डि बि पालुङ्वा

धार्मिक अपनत्व र सहिष्णुता उल्लङ्घन गरेर

मैले आफ्नो धर्म छाड्नै सकिनँ

कि यो सत्य हो

यो सत्यमा कायर र काँतर, आदर्श र सिद्धान्त

प्रतिपादन गर्न मेरो आत्माले मन्जुर गरेन,

 

अझ यो राजनीतिक अवतरणमा

यहाँ लोगो र झण्डा फरक भएर

आखिर के नै भो ?

जहाँ नीति र सिद्धान्त एकातिर भए पनि

सभ्यता दक्षिणमुखी एबं ब्यक्तिमुखी भजन कृतनमा अथवा 

यी दुईवटा अनुहारमा एउटै आँखा, एउटै दृष्टि,

एउटै दृष्टिमा एउटै दर्शन

नत्र यिनीहरूको छातीमा पक्रेर सोधि हेर त,

कि यिनीहरू एउटै आमाका

सहोदर दाजु भाइहरू हुन की होइनन् ? 

 

जसले भ्रष्ट, शोषक, सामन्ती, र साम्राज्यबादीहरूको सधैं

कुटी र दरबारमा ईटा लगाई रह्यो

र ठुलठुला गेट र ढोकाहरूमा

रक्षाकवच बनेर उभियो, अनि

हरेक ढोका र झ्यालमा कालो सिसा लगायो र

कालो सिसामा कालै पर्दा लगायो अनि

त्यही भित्र कुकृत्यको श्रृंखलाहरू थप्दै र

सम्पादन गर्दै गयो, 

अब यस श्रृंखलाका खलनायकहरूको छिट्टै अवसान हुँदैछ,

 

किनभने

जसले धेरैलाई अनि म समेतलाई बिरोधी बनायो

तर आजका यी निस्क्रिय दिनहरूलाई आजलाई यही बिदाई

आजको यो खैरो साँझलाई आजलाई यहि बिदाई

तर भोलिको साँझ तिम्रो शोक गीत लेख्न

मलाई फुर्सद हुने छैन

किनकी यो कुटिल डबलीमा

अब म चिहान खन्दैछु,

 

जहाँ इतिहाँसको कालखण्डहरूले पुरेको

प्रजातन्त्रको बर्खिलाप गर्नेहरूको बिरुद्धमा

आम विचारहरूसाँग हिड्नेहरूको बिरुद्धमा

सडक अवरुद्ध गर्नेहरूको बिरुद्धमा

अब म ब्लास्टिङ पड्कन्दैछु र

नागरिक सर्वोच्चताको सडक विस्तार गर्दैछु,

 

अब म मोराकोट आउँदैछु

जहाँ नियतबस लेखिएका दर्शन र आदर्शका

दास्तावेजहरू च्यात्न

कुख्यात घुस्याहा र कामचोरहरूको

कठालो पक्रेर, जनताको अदालतमा घिसार्दै

एउटा बृत्तबाट उत्तराजनीतिक संरचनाको

गजबार भत्काउँदै पुनराबृत्तबाट

पुनःसंरचनाको घोचा गाड्दै

बिकेन्द्रीकरणको शेरमा

कम भन्दा कम मुल्य र मान्यतामा

एउटा महत्वपूर्ण टेन्डरको आव्हान गर्दैछु ।

 

के तिमीलाई मन्जुर छ ?

 

छ भने आउ, यो सम्झौता पत्रमा

एउटा जटिल एवं महत्वपूर्ण हस्ताक्षर गरौं ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
प्रश्न पाँच वर्षदेखिको अथवा अगावैको भनौँ न । पान्थरका वर्तमान सम्मै विचारान्तरले चर्चित उत्तरवर्ती काव्यश्रष्टा भवानी तावा र अध्येता समग्रकै लागि मैले प्रश्न राखेँ । कारण अक्षांश घोडे पर्‍यो र धमाधम समुद्रमा फाल्दा पनि न्वारान नभएको अक्षांशको न्वारान हुन वा नयाँ नाम जुर्न सकेको छैन । म अहिले कवि भवानी तावालाई 'चक्रव्युह'को माध्यमबाट अझै विस्तृत पढ्न खोज्दैछु- उत्तरवर्ती विन्दु समूह विचारान्तरले जन्मेको हो कि हैन ? भनेर । त्यसो त 'अभूमिका' लेखन तथा आवरण शिल्प समेतका कारण- म कविसँग सम्बन्धित छुइनँ भनेर जति नै बार बारे पनि त्यो ढाँटकै कुरा हुन्छ ।......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
690569
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com