Advertisement |
|
|
|
Published : October 15, 2009 |
Author : प्रकाश रोदुङ
Category : Poetry / कविता | Views
: 1068 | Unrated
|
|
|
मनको गरीब
विचार शुन्य
सोचाई शुन्य
भोगाईको चाहानामा
साटेर जिन्दगी
सन्तानको मायाभन्दा
कुकुर प्रेम दर्शाउन
राष्ट्रप्रेम भन्दा
ब्रान्डेट चिल्लाकारको
सिल तोड्न
हुनुछैन धनको कुवेर
खालिहात आई खालिनै जानुछ
चुसेर रगत आफ्नै जातको
गरीब बनाएर दिँदै सजाय दासता
हुनुछैन धनको कुवेर
मानब बैशाखी टेकेर
खानलाई रछ्यान छानी छानी
भएर मनको रोगी
आफैँ फूल्ने बैँश फूलाउनँलाई
साहारालिनु छैन
यार्सागुम्बा, भियग्राहरुको
तेसैले यो आधुनिकताको
हुल र हुद्दाहरुमा
म एक पाखे
चाहन्न धनको कुवेर
मनको दरिद्र ।
|
|
|
Visitor's Comments ! |
|
|
|
Random Pick |
हङकङको साहित्यक फाँटमा विगत केही समय यता भयवादको चर्चा सुन्नमा आयो । हङकङमा मात्र नभएर नेपाल लगायत अन्य नेपाली डायस्पोराले पनि देश सुब्बाजीको भयवादलाई नौलो आविष्कार पो हो की भनि यस प्रति जिज्ञासा व्यक्त गरेको भान भयो जुन डायस्पोरामा बस्ने नेपाली साहित्यकारहरुको लागि गौरवशाली कुरा हो । भयवादको विषयमा नेपाल, भारत लगायत यहाँका साहित्यकारहरु बिच छलफल वा गोष्ठिहरु हुँदै आएता पनि पाठकवर्ग सामु यसको दस्तावेज भने आई सकेको छैन...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
823074
|
Total Categories |
15
|
More
Links |
|
|