Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 07, 2009 | Author : अशोक राई
Category : Review / समिक्षा | Views : 933 | Unrated

  
अशोक राई

         सन्दर्भ रोशा लिम्बूको गिती एल्बम "पन"को हो । यसै सन्दर्भमा आफ्ना केही कुरा ओकली हालौं ।म गीत संगीतको पारखी मात्र । यसको प्राविधिक पक्षमा पुरै अनभिज्ञ म गीत त लेख्छु तर राम्रो गीत लेख्न आउँदैन न गाउन नै । बजाउन त मलाई ताली पनि मिलाएर आउँदैन । अब मैले गीत संगीत यस्तो उस्तो भनेर बोल्ने कुरा त त्यति नसुहाउँला । तर हामी गीतमा सचेतनाका कुरा भने गर्न सक्छौं या आग्रह र विचारको कुरा भने हामी राख्न सक्छौं । अहिले हामी हामीले लेख्ने र गाउने गीतमा अनि हामीले बनाउँने संगीतमा आदिवासी पीडा, आदिवासी सौन्दर्य र साँस्कृतिक पक्ष हावी होस भन्ने आग्रह जो गर्दैछौं त्यो नै हाम्रो "पन" हो । गीत संगीत त सर्वाधिक सम्प्रेषणीय हतियार हो । यसलाई प्रयोग गरेर धेरै देश (ठाँउ) हरूमा राजनैतिक, धार्मिक र सामाजिक आन्दोलनहरू थोर बहुत सफल पनि भए ।

        अब अश्वेत गायक बब् मार्लिले कस्तो धारको संगीत पस्केर आफ्ना कुरा त्यहाँका श्रोता समक्ष राख्न सफल भए त्यो पनि मलाई थाहा छैन । तर उनले आफूलाई चिने र आफ्नो कुरा आफ्नो गीत संगीतका माध्यमबाट जनतामा राख्न सफल भए । यो  गौरवशाली आयामलाई हामीले पनि प्रयोग गर्न सक्छौं की । यता नेपालको सन्दर्भमा राजनैतिक परिवर्तनको श्रृंखलालाई हेर्दा वामपन्थी गीतहरूको योगदानलाई हेर्न सक्छौं । आज मुलुक यहाँसम्म आइपुग्नुमा ती गीतहरूको योगदानलाई पनि मान्नु पर्ने हुन्छ । सँधै जनता र जागृतिका गीत गाएका रामेश र जे. बि. टुहुरेलगायत अन्य श्रष्टाहरूले जनतालाई धेरै गुण लाएका छन् । यद्यपी उनीहरूले जनताको श्रद्धा त पाए तर व्यव्सायिक हुन भने सकेनन् ।  उनीहरूलाई मूलधारले समाहित पनि गर्न सकेन । यस्तो विडम्बना सबैले भोग्न पनि चाहदैन । हामी सबैलाई स्थापित र सफल हुन नै मन छ । जस्को लागि लोकप्रियताको धार समात्ने परम्परा अस्वभाविक पनि हैन । अब कसैको निजत्वमाथि खलल पुर्याउनु पर्ने पनि केही छैन ।

       यी परिस्थितिहरूमा कस्ले कस्तो प्रकारको योगदान दिने भन्ने बिषय असजिलो पनि छ । यति हुँदाहुँदै पनि हाम्रा आदिवासी श्रष्टाहरूले आफ्नो जातीय र समूदायिक हितको लागि सकेको सोँच्न र गर्न सके निकै राम्रो हुनेछ भन्ने हामीलाई लाग्छ । पहिलो कुरा त हरेकले बनाउने सृजना सबल हुनु पर्छ नै । तब नै पुर्याउनु खोजेको र गर्न खोजेको कुरापनि श्रोता या पाठक समक्ष सम्प्रेषणीय होला भन्छु । श्रष्टा सबैले आ-आफ्नो ठाँउबाट सकेको योगदान जातीय र सामूदायिक हितमा लगाउन् यहि हाम्रो आग्रह हो । अब हामीले यस्तै प्रकारको गीती सृजना दिने भन्ने कुरा पनि कठिन नै हो । यसो भनौं कम्तीमा केही चेतना, केही सन्देश, केही परम्परा र पहिचान होस् त्यहाँ अनि लोकप्रिय बनोस त्यो सृजना ।

 

       अब म एलबम बारे मलाइ लागेको बोल्छु । यो "पन" गीती एल्बम गायिका रोशा लिम्बूको एकल गायन गीती एलबम हो । केही समय अघि हङकङमा गायक दिप श्रेष्ठको हातबाट विमोचन भएको यो एल्बममा शिला बहादुर मोक्तान, दिनेश सुब्बा, शान्तिराम राई, पारस मुकारुङ सुरेश कुमार, अशोक राई र अनिल कुमारले संगीत दिनु भएकोछ । गीत तर्फ नन्द चंसुले पाँचवटा, सुरेश कुमारको दूई वटा र दिनेश राज र शुशन साम्सोहाङको एक एक वटा रहेका छन् । गायनमा सुसन साम्सोहाङले गायिकालाई एउटा मिठो साँस्कृतिक युगल गीतमा साथ दिएका छन् ।

       ��"पचारिक चिनाजान नभए पनि किराँती चेली रोशा लिम्बूलाई हङकङको विभिन्न स्टेजहरूमा मैले गाएको देखेकोछु । मीठो स्वरकी धनी रोशा लिम्बूको यो अघि गीती एल्बम निस्किएका थिए या थिएनन् मलाई थाहा भएन । तर महत्वपूर्ण कुरा यस एलबममा भएका केही गीतहरू मैले खोजेजस्तो पाएर म पुलकित भएकोछु । यहाँ लोक साँस्कृतिक गीत छन् । सुगम र पप् शैलीका मीठा गीतहरू समेटिएका छन् । गायिकाले सबै स्वाद श्रोतालाई पस्किने जमर्को गरेको जस्तो मलाई लाग्यो यो राम्रो कुरा हो ।

       गीतमा शब्दको कुरालाई अलि ज्यादा महत्व दिएर कुरा गर्दा नन्द चंसुका गीतहरूलाई महत्वपूर्ण मान्नु पर्ने हुन्छ । वहाँको गीतमा आदिवासीय अनि त्यसमापनि खासगरि लिम्बुवान सौन्दर्यलाई विचार गरेको पाइन्छ । साथसाथै आञ्चलिक स्वादहरूको मिश्रण वहाँको गीतका शब्दहरूमा देखिएकोछ । जस्तो एउटा युगल गीतको सानो अंशलाई हेरौं ।

 

केटाः छुइयामा हा हा खुइयामा मार्नू आाउछ की आउँदैन

       पोकन्दी खेल्नु जिस्केर बोल्नु पाउँछ की पाउँदैन

केटीः छुइयामा हा हा पोकन्दी खेल्नु जिस्केर नबोल्नु

       कस्तोमा राम्रो सास्कृति हाम्रो कहिले नि नभूल्नु

 

       प्रेम कै सन्दर्भमा पनि चंसुका शब्दहरूमा साँस्कृतिक पक्ष हावी भएकोछ । हराउँदै गएका या हामीले बिर्सेका हाम्रा जातीय र क्षेत्रीय भाकाहरू हाक्पारे, ख्याली र रोधी घरको सम्झना गीतमा गरिएकोछ । पिडासँगै साँस्कृतिक आग्रह बोकेकोछ चंसुका गीतहरूले । एलबममा भएका उनका गीतहरूको संगीतमा पनि मौलिकपन देखिएकोछ ।

 

हाक्पारे र ख्याली तिमीले गाउनै छाड्यौ रे

रोधी घरमा पनि अचेल आउनै छाड्यौ रे

बिसन्चो पो छौ की ठूले  के छ खबर

मुरी मुरी सम्झना छ ठूले मेरो हजुर

      

       त्यसै गरि वहाँको अन्य गीतमा प्यारो गाँउको सम्झना, पहिरोको कुरा, अलैंची घारी, ढुंग्री बुलाकी, धान नाच, च्याब्रुङ र माइबेनी मेलाहरूको सम्झना झल्केका छन् ।

       अन्य गीत मध्ये गीत नं ४,(सम्झना सँधै रहिरहोस), .(पर्खि बसेा तिमीलाई) र ९.(सुनमा सुगन्ध छरि दियौ) पप् शैलीमा तयार गरिएका छन् । यी सबै गीतमा जीवनबोध, प्रेमस्पर्शी र वियोगी गाथाहरू पोखिएका छन् । गीत नं ६.(तिम्रो नयन तालैमा डुब्न पाए हुन्थ्यो) र गीत नं. .(आएन परदेशी गाँउ घरको माया सम्झेर) दूई गीत सुगम संगीतमा मीठो गरि तयार गरिएका गीतहरू हुन । पहिलोमा प्रेम भल्काउने कुरा छ भने दोश्रोमा परदेशीको पीडा र गाथा छ । सबै गीतहरू कर्णप्रिय नै छन् । उत्कृष्टताको हिसाबले भन्नु पर्दा मलाई मन परेको गीत नं ७ नै हो । जहाँ मैले खोजेका धेरै कुराहरू छन् । यसको लागि नन्द चंसु, रोशा लिम्बू र पारस मुकारुङलाई बधाइ दिन्छु ।

 

भेटै हुन्न भन्छन् ठूले के छ खबर

मुरी मुरी सम्झना छ ठूले मेरो हजुर
 
लेखक आदिवासी गीतकार समाज हङकङका हुनुहुन्छ



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
अनुहारभरि कुँदिएका छन्‌
समयका डोबहरू-
पीडाका भूगोलहरूमा
पहाडको दुर्गम उँचाई लम्कँदैंछ
मेरो समय,
इच्छाहरूको पहिरो लागेर

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687972
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com