जव देखि परदेशमा ऐश्वर्यको खेति सुने
तव देखि मैले पनि मखमली सपना बुने
उडान भर्यो सपनाले मोती फल्ने देशमा
एक छिन् त हाँसे, नाचें नौलो परिवेशमा,
जव देखि खोजे मोती मानव सागर विच
तव देखि पिउंदैछु मन्द मन्द विष
केश पाक्यो जोवान थाक्यो सुन फूल फूलेन
कति पर्खे फर्की हेरें धनद्वारा खुलेन,
फर्कि हेरें पूर्व क्षितिज छुट्यो मेरो रेल
हिड्न खोज्छु दलदलमा गड्छु त्यति तल
मेरो बाटो मेरो माटो वल्ल साम्झे आज
उठ्यो छाति झर्यो आँसु वग्यो आँखाबाट । |