Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : September 24, 2009 | Author : Sagar
Category : Poetry / कविता | Views : 869 | Rating :

  
Sagar

आज यस अन्तराष्ट्रिय अदालतमा

वर्षौवर्षदेखि उत्पीडन र यातनाका

घाउहरू लिएर उपस्थित

न्यायिक फैसलाको लागि प्रतिक्षित

एउटी सीताको पक्षमा बयान दिन

म एउटा साक्षी कठघरामा

उपस्थित छु श्रीमान्

 

किन की म स्वयं पनि

त्यस घटनाको

त्यस युगको

त्यस युद्धको साक्षी हुँ श्रीमान्

 

रामको आदर्शको लागि

राम राज्य निर्माणको लागि

र उनको मर्यादा पुरुषको पदवीको लागि

मैले पनि त्यस रणभूमिमा युद्ध गरेको हो श्रीमान्

 

त्यस युद्धको मैदानमा

क्रन्दन र चित्कारहरू सुनेँ

विभत्स र बर्बरहरू देखेँ

पीडा र छटपटाहटसँगै

भयावह मृत्युहरू नजिकै देखेँ

योद्धाहरूको वीरगति पछि

थुप्रै थुप्रै विधुवा सीताहरूको

हृदयमा सदा सदा नजोडिने गरी

फाटेको धर्ती देखेँ श्रीमान्

 

ती दारुण दुःखहरू देख्दा

म आफै पनि घाइते भएको थिएँ श्रीमान्

घाइते भएको थिएँ

 

तर पनि युद्धको विजयपछि

राम राज्य हुन्छ भन्ने विस्वास थियो

अपसोच,

अझ पनि रामले आफू मर्यादित बन्न

सीताहरू अग्निकुण्डमा पस्नुपर्ने भयो

जसले राजमहलदेखि वनवाससम्म

अयोध्यादेखि डण्डकारण्यको जंगलसम्म

पतिको खुशीको लागि साथ दिइन्

अझैपनि

परिक्षित बन्न आगोमा पस्नु

सोह्रै आना अन्याय भयो श्रीमान्

अन्याय भयो

 

जे जे भयो अब अरु सीताहरूले

अग्निकुण्डमा पस्न पर्ने छैन भन्ने कुरामा विस्वस्त थिएँ

फेरि विश्वासमा कुठाराघात भयो श्रीमान्

जब द्रौपतिको भारी सभामा वस्त्र हरण हुने क्रम

दोहरियो रह्यो

कैयन सीताहरू सती जान वाध्य पारिए

अनि परिभाषा लेखियो उनीहरूको जन्मै 'अभिसप्त' भनेर

 

त्यसैले श्रीमान्

मैले सीताहरूको पक्षमा बयान दिनै पर्ने ठानेँ

श्रीमानबाट न्यायको अपेक्षा गर्दछु

पौराणिक कालदेखि अहिलेसम्मको

सबै क्षतिहरूको पूर्ति सीताले पाउनुपर्छ श्रीमान्

पाउनै पर्छ ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
सत्तरीको दशकतिर बेलायती गोर्खा सैनिकका रूपमा नेपाली जातिले हङकङमा पाइला टेकेपछि उनीहरूले नै हङकङमा पहिलोपटक नेपाली साहित्य लेखेको प्रमाण 'पर्वते' पत्रिकामा पाइन्छ । सन् १९९७ जुन ३० मा हङकङको सार्वभौमसत्ता मूलभूमि चीनलाई हस्तान्तरण गरेपछि हङकङमा रहेको 'ब्रीगेड अफ् गोर्खा'को अस्तित्व पनि समाप्त भयो तर बेलायतले हङकङको 'बेसिक ल' अन्तर्गत भूतपूर्व बेलायती गोर्खा सैनिकका हङकङमा जन्मेका सन्तान र उनीहरूको डिपेन्डेन्टलाई हङकङमा बसोबासको अधिकार (आइडी कार्ड) दिएर गयो......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
690572
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com