Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : September 12, 2009 | Author : गणेश राई
Category : Poetry / कविता | Views : 1088 | Rating :

  
गणेश राई
Author

डाइनामाइट कात्रोले बेरिएका विष्फोटक तालिबानबिरुद्ध

म गोर्खाली कृष्ण दुरा

लडिरहेथेँ मुसाक्वालामा जीवनसित जीवनको भोकयुद्ध

म नेपाली युवराज राई

अभाव उचालिएर हेलमाण्ड्को खुरखुरे डाँडाजस्तो तिखो

थापिरहेथेँ  जीवनको सौदावाजि अभावबिरुद्ध

कुमार पुन हुँ म बहादुर

गरिव हुनुको नियति ओ हो ! कति हम्मे

कान्दाहारसित साटिरहेथेँ म मेरो गरिवी

 

हेलमाण्ड कृष्ण दुराको दुरा डाँडा लमजुङ होइन

जहाँको सिरेटोले गुन्जाओस् बिमाकुमारीका दोहोरी गीतका मूर्च्छाना

न ता युवराजको साकेला गम्काउने खोटाङ नै हो त्यो काबुल

कान्दाहार कुमारको म्याग्दी पनि होइन

जहाँ महावीर पुनहरु जीवन बाध्छन् समाचारका जुइँनाले

यद्यपि मान्छेहरुका आँखामा जीवनप्रतिको माया, स्नेह या आशक्ति

उस्ता उस्तै छन् दुरुस्त

ठ्याक्क उस्तै देखिन्छन् जीवनप्रतिको विराट भरोसा

यद्यपि अफगानिस्तान नेपाल होइन

अफगानिस्तान मान्छे त हो, तर खै किन ?

मान्छेजस्ता मान्छेहरु लाग्दैनन् मान्छेका आँखामा

कत्रो बिरोधाभाष माटोको नीजत्वमा

 

एम्बुसको दुवाली छेकेर अलकायदा गिदीका तन्तुहरुमा

आफ्नै ज्यानको ट्रिगर दबाउन हरपल तम्तयार हुन्छ

वा सडक किनारमा सिद्रा सुकाउन आफ्नै चोक्टाहरु बटुलिरहेका भेटिन्छन्

अथवा पुरिएको आफ्नै अनुहार बुर्काभित्र खोदलिरहेको हुन्छ

किनबेचको बजार पनि कस्तो बिचित्र यो मुसाक्वालामा

सडक सडकमा जीवनको मोलतोल

एम्बुस एम्बुसमा जीवनको जोखाई

आरपीजी हो सायद जीवन जो पड्किमात्र रहन्छ

 

म कृष्ण दुरा बर्गनहाइटमा बिसाएर मायाको ढाकर

राइफलमा रुपान्तरित योद्धा हुनुको अभिसाप खेप्दै

लडिरहेथेँ खोज्दै जीवनको आयतन

म युवराज राई अडायर सपनाको कुम्लो

तेही फोल्क्स्टोनको मुगलिसे व्यारेकभित्र

पपिफूल बगेको रगतको नदी

बेनेटै बेनेटको साघुँमाथि जीवनको जोखिम हल्लाउदै

हिँडिरहेथेँ खोज्दै जीवनको क्षितिज

कुमार पुन म जीवन बगाउदै खुकुरीको धारमा

स्नेहले निमिट्यान्न हृदय छाडेको थिएा

तेई सोर्नक्लिफ फ्यामिली क्वाटरमा

, एसए. एटी राइफलको अप्टिक साइटले

नियालिरहेथेँ जीवन र मृत्यु यौटै आँखाले

 

ओहो-जीवन त बुलेटमा उनिएको पो हुदो रहेछ

     एम्बुसमा पनि अल्झिको हुदो रहेछ जीवन

     घोपिएको हुदो रहेछ जीवन सङगीनको टुप्पोमा

     , जीवन त जीवनकै करौतिले पनि पो रेटिदो रहेछ  

   

मुटु ग्रिनेड हो वा ग्रिनेड मुटु

छुट्याउनै मुस्किल तालिवानको रहस्यमय टोराबोराजस्तो

ग्रिनेडको थकाईमा थर्किनु

वा डाइनामाइटको पड्काइमा पड्किनु

अथवा एके फोर्टि सेभेनको भुटाइमा भुटिनु

लोड् सेडिङ घोप्टिनु पो रहेछ जीवनमा अध्यारो

पपीफूल चुहियो रातै हेलमाण्ड नदीको रगतमा

अफगानिस्तान क्यानभास रहेछ जीवन पोतिने अमूर्त

मुसाक्वालाको मृत्युएम्बुसमा फूलको संवेग मारिदा

कान्दाहार र तालिवान, हेलमाण्ड र अलकायदा

वा फुलिरहेको पपीफूलको धारले जीवन रेट्यो

या ओपियमको हलहलाउदो विरुवासित जीवन साटियो ।

 

डाइनामाइट कात्रो ओडेका ए तालिवान हो !

आरपीजी भिरेका ए अलकायदा हो !

बताओ-लासको पहाड हेर्दै सन्तुष्टिले कति रमायौं हा ?




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
हार्नै नजान्ने र जित्नै नसक्नेहरुको
बसमा परेको छ मेरो देश
भाइ-भाइ जुधाएर गवरा लुट्नेहरुको
सेपमा परेको छ मेरो देश ।
गाउँको माया बोकेर परदेशीनेहरुको
पीरमा परेको छ मेरो देश

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615077
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com