Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : September 03, 2009 | Author : पारिजात
Category : Poetry / कविता | Views : 1277 | Rating :

  
पारिजात

पारिजात

 

जदौ हजूर....

मालिक अलिक टाढै बस्नुस्

नाउँ लक्ष्मी, आमाको एउटी छोरी

न जेठी न कान्छी

न ठूली न सानी

गरीबको घरमा बत्ती बलेकी थिएँ हजूर  बत्ती ।

 

तर कर्मको खोटी

अलच्छिन् मोरी

बाह्र वर्ष नपुग्दै

पोली खाएँ बा आमा

असारको पैह्राले किचेर

एक चिहान परे कठै

हाट भरेर फर्केकाहरू ।

 

कहाँ जाने अभागिनी

आँखोको सोझी

मावल हुत्तिएकी

सौतेनी माइज्यू

छोरीको रूपमा यो त डङ्किनी रहिछ

आमा बाबु ज्यूँदै खाई भन्दै

भुत्लाउने गर्थी ।

 

हजूर मालिक,

मेरो बिहे नभएको होइन

ढाँटेर के हुन्छ?

सौतेनी माइज्यूले उसैको भाइको

सौता हाली दिएकी

मेरी जेठी पिण्ड रोगी

म त काम गर्न गएकी,

 

मालिक हजूर,

कसैको जुठो खाएर हुर्केकी होइन

म त आएको तीन दिनमै

मुखिनीले न्वारान गरिदिई

जुठी, जेठीमाथि सौता हुन

जुठे दमैसँग पोइल आएकी

म जुठी कान्छी ।

पुर्परोमा यस्तै रहेछ मालिक

सबै जुठी कान्छी भन्छन्

हाम्लाई यस्तो माया पिरती क्यै थाहा छैन हजूर

आइमाईको जातले छोरा छोरी पाउनु

कुन महाभारत भयो त ।

 

टालाटुली बटुली

आफै सिलाकी यो चोली

जुम्रा पर्छ घरिघरि

केलाउन पस्न पर्छ कुनाकुनी,

 

लाज शरम एउटै हो हजूर आइमाई जातको

रूझ्नु, भिज्नु, चिसिइनु, खट्नु

सुख्खा खोकी लाग्छ ज्वरो आउँछ रातभरि

मर्ने काल आउँदैन बाँच्ने मन छैन मालिक,

 

साह्रै नै बाँझो भएको छ

ऊ त्यो वनमारा फैली झ्यामिएको पाखाजस्तै

सक्नुहुन्छ भने दखल गरिदिनुस्, जोती दिनुस् क्यार

जदौ हजूर....

बिउ छर्न लायक बनाई दिनुस् क्यार ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
नेपालीहरू विदेशीने परम्पराको सायद जेठो ईतिहास हुन सक्छ लाहुरे शब्द । यो जेठो ईतिहास आफै जन्मिएको हैन । यो ईतिहासलाई राज्य सत्ताले जन्माएको हो । आदिवासी जनजातीका लक्का जवानहरू भर्ती भई वेलायतको साम्राज्य विस्तार गरे र गर्दै आईरहेकोछ । राज्यसत्ताले तिनीहरूलाई भर्तीमा पठाईनु......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691064
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com