Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 13, 2009 | Author : Ishwor Chamling
Category : Review / समिक्षा | Views : 786 | Rating :

  
Ishwor Chamling

          आफूलाई कवि संङ्केत सर्वनामले चिनाउनु हुने कवि केदार सुनुवारले आफ्ना छरपस्टिएका कविताहरूलाई केलाएर आफै जलिरहेको देश माथी थुपारी दिएका छन । प्रचलित साईजमा उपस्थित यो कृतिको आवरण कला र कृतिको नाम आफै 'जलिरहेको देश'ले नै लेखक वर्ग, लेखनलाई माया गर्ने सर्बसाधारणलाई लोभ्याउदछ । कवि किरण ज्युले यो कृति केही महिना अगाडि मात्र सार्वजनिक गरेका हुन् । प्रवासका कविताहरू, प्रवासी कवि, संयोग प्रवास कै, प्रवासी नेपाली साहित्य समाज (प्रभात)को वाषिर्क सम्मान कार्यक्रम जहाँ आदरणिय साहित्यकार दाजु रक्ष राईलाई सम्मान गरिँदै थियो, त्यहि कार्यक्रममा जलिरहेको देशको लोकार्पण भयो । लाहुरघरमा पलायनवादले सखाप पार्दछ धेरै कुसल प्रतिभाहरूलाई, लाग्दथ्यो त्यही मारमा परे कवि किरण पनि । तर त्यसो भएन छ, कवि ज्यु कवि भएर नै वाँचिरहनु भएको रहेछ । कार्यक्रमको प्रमुख अतिथि महामहिम मुरारीराज शर्मा तथा विशेष अतिथि भि. सि. तुलबहादुर पुन द्वयले पुस्तक सार्वजनिक गरि सक्ने साथ कविले वाचन गरेका थिए ४३ कविताहरू मध्येका शिर्षक कविता जलिरहेको देश...

          ........बल्लतल्ल एकथरी सिकारीले

          बन्दुक विसाएको बेला

          मधेश र पहाड छुट्याउने रे

          -आफ्नै छुट्टै राज्य संरचना गर्ने रे

          ए अविनीत पथभ्रष्टहरू हो !

          तिमी हरू त यो देशको कलङ्कहरू हौ !

 

          आफ्नो देशलाई कतिसम्म माया गर्न सकिन्छ ? परदेशिएका मनहरूलाई सोधे हुन्छ, माया देखाउनेहरूले स्वार्थ बिसाएर त्याग के गर्लान र ? तथापि कविज्युको समय सान्दर्भिक झटारो बेलाको मेला भएर हाजिर भएको छ आफैँ जलिरहेको देशमा । अब त कवि केदार पलायन होलान भन्ने के को डर र मलाई, उनी त झन सकृय एवं समय सान्दर्भिक भएर पो उदाएकाछन् । साँच्चो राष्ट्रको माया त बिदेसमा पो जुरमुराउछ  त । कवि ज्यू सुन्ने जति सबैलाई सुनाउनुस् है यो कविता । कतै साँझमा पनि घाम झुल्किन्छ की ? र अन्धकारमय समय खेप्न पर्दैन यता हामीले ।

 

          यो कविता कृति त्यो कार्यक्रमको दिन सिमीत प्रति भएकोले मैले पाउन सकिन, कस्तो-कस्तो लागिरहेको थियो तर सम्झेर पोष्टगरि पठाउँनु भएछ । ज्यादै आभारी छु, यद्यपि मैले आभारको दुइ शब्द भने लेख्न खोजेको भने हुँदै हैन । न यो कुनै समालोचना या समिक्षा नै हो । बरु यो त एक जानकारी हो, विचार र चिन्तनको उपलब्ध हो केदार सुनुवारका । हरेक कुराको  केन्द्र हाम्रो मस्तिष्क होइन हृदय हो । कदर, आदर र सम्मान हो, एक कृतिको लागि अर्को सिकारु कृतिकारको । ज्ञानले मान्छेलाई बल दिंदैन मात्र ज्ञानले मानिसलाई मुक्ति दिन्छ ।मनमा लागेका कुराहरू लेख्न कुनै समालोचक नै हुनुपर्छ भन्ने मेरो मान्यता छैन। किन की सम्झनु या सम्झदै लेख्नु कुनै पनि दृष्टिकोणबाट नराम्रो हैन जस्तो लाग्छ मलाइ । लेखन अर्थात लेख्नु चिन्तन र विचारको भावनात्मक सम्प्रेसण त हो, हैन र ? चिन्तन गर्नु मनमा लागेका कुरा अरुले पढोस् भन्ने हेतुले लेख्नु पनि किन नानाभातीले वर्गिकृत भइराख्नु पर्यो र ? म त भन्दछु, मनमा जे लाग्छ सबैले लेखेर राखे राम्रो ।

 

          पुस्तक पाए पछि पुस्तक पछाडि छापिएको छोटो व्यक्ति वृत्त पढे कवि संङ्केतका । लामो समयसम्म सँगै काम गरियो हरियो पर्खाल भित्र तर मैले ख्यालै नगरेको रहेछु, दाजु रामेछापमा जन्मनु भएका कवि हुनु हुदोरहेछ र जीवनयात्रामा १५ विभिन्न मुलुकहरू पनि घुमिसक्नु भएको रहेछ। तर खै: दाजु म त हजुरको त्यहि रामेछाप पनि घुम्न पाएको छैन । सायद तपाइ पनि खोटाङ्ग पुग्नुभएको छैन होला, हैन ? कस्तो छ हजुरको रामेछाप ? अर्को कृति चाँडै निकाल्नुस् है जहाँ म रामेछाप घुम्न सकूँ । गाउँघर कति रमाईलो हुन्छ हैन ? अलि पर केही जङ्गल, जङ्गलको फेदिमा सानो खोला । जङ्गलै भरि गोठालेहरू । वाँसुरी र ठाडो भाकाका पारीडाँडाबाट आउने तिखो झन्कारहरू । खोलामा दुवालि छेक्न व्यस्त माछा मार्ने गाउँलेहरू । खेतका घुमाउरा गराहरूको मास्तिर स-साना गोठहरू, अलि टाढा र निकै माथि तिर कमेरो र रातो माटोले रङ्गीन सुन्दर झुरुप्प घरहरू । सायद रामेछाप पनि त्यस्तै होला । यो कृतिमा हजुर जाहा-जहा पुग्नु भयो प्राय: ति सबै ठाँउहरूलाई सम्झनु भएको छ । यसै सन्दर्भमा मैले पनि एक सर्को रामेछाप पनि चियाउने मन गरेको हुँ।

 

          मलाई अझसम्म याद छ, हजुरको एकजना हितैषी साथी हुनुहुन्थ्यो । एकदमै मिल्ने, एकैछिन नछुट्टिने र कहिले तँ-तँ र म-म नगरि बस्न नसक्ने याकी सर्बधन राई जसलाई हजुर "सर्बे" भनेर बोलाउनु हुन्यो । मान्छेको परिभाषा सुनाउनु भएको रहेछ हितैषी साथिलाई । मैले पनि गजबले बुझें त्यो सरल परिभाषा, सारै घत लाग्यो ।

 

          ..........नयाँ हुँदा भकुण्डो

          सबैलाई खेलौं-खेलौँ लाग्ने

          जव पुरानो हुन्छ भकुण्डो

          फालौं-फालौं लाग्ने

          फेरौं-फेरौं लाग्ने

          भकुण्डो मान्छे

          मान्छे भकुण्डो

          उस्तै-उस्तै हो सर्बे ।

 

          कवि ज्यु, यो भकुण्डो जस्तो जिन्दगी कतिन्जेल गुड्ने हो कुन्नि ? कहिलेसम्म खेलौं-खेलौं लाग्ने हो कुन्नि ? फालौं-फालौं, फेरौं-फेरौं पो लाग्ने हो कि ? जे-जे लागे पनि जस्तो लागे पनि जीवन एक पटकलाई हुन्छ । भकुण्डो झैँ फेरौं-फेरौं त लाग्नसक्छ कहिलेकाही तर कहाँ फेर्न पाईनु नि। बरु पुराना भकुण्डोहरूलाई सजाएर राखे झै त्यहि आफ्नो पुरानो जिन्दगीलाई, अतितलाई सजाइराख्न सकौं, लेखिराख्न सकौं, भावनामा । मैले यसबेला, यतिरातीसम्म बसेर, घोत्लिदै यहि त गर्ने प्रयत्न गरेको हुँ । त्यो बेला देखि यो क्षणसम्म जोड्न खोजे । केही गल्ति त भएन होला । भए पनि क्षमा पाउँ है। कति अमुल्य छ नि यो जीवन, कति महत्वपूर्ण छ । जुटाउन सकिने कुनै किंमत नै छैन यो जीवनको । यस्तो अमुल्य जीवनको ४३ वटा क्षणहरूलाई, बिचार, चिन्तन, भनौ न मनका कुराहरूलाई भावनात्मक लहरहरूमा लहराइ दिनु भयो, सार्वजनिक गरिदीनु भयो । तपाईको भावनात्मक पोको "आफै जलिरहेको देश" भित्रका हरेक पानाहरूलाई मेरो सलाम छ। हरेक शव्दशव्दलाई मेरो सलाम छ । सिर्जनाको मूल कहिले नटुटोस् । उत्साहको सागर कहिले नसुकोस्। हार्दिक बधाइ छ हजुरलाई, शुभकामना एवं फेरि सु-स्वागतम् प्रवासी साहित्यिक आकाशमा ।

 

          ईश्वर चाम्लिङ्ग, खोटाङ्ग, हालः बेलायत




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
झुप्रो, छाप्रो र महलमा के अन्तर छ ? अनि रेष्टुरेण्ट, बार र तारे होटलमा ? पक्कै पनि अन्तर छन् यीनीहरूका बीचमा । त्यसैले त यीनीहरूका बीचमा स्पस्ट बिभाजनका लक्ष्मण रेखाहरू कोरीएका छन् । झुप्रो र छाप्रोले नहुने तल्लो बर्गको प्रतिनिधित्व गर्दछन् भने महल र तारे होटल्ले हुने खाने उपल्लो बर्गको । झुप्रो छाप्रोमा असुबिधाहरूको खाद पाईन्छ भने सुबिधाहरूको चाङ्ग पाईन्छ महल र तारे होटल्मा यस्तै यस्तै......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
709098
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com