Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : July 15, 2009 | Author : ज्योति जंङ्गल
Category : Article / लेख | Views : 904 | Rating :

  
ज्योति जंङ्गल

देश सुब्बाको आदिवासीमा डुब्दै जाँदा युगले बिर्सेको पुरानो बाटोमा आफू हिँडेको अनुभूति भयो । अतितको गहिराइलाई आजमा ल्याएर अनि आजदेखि नै शुरु भएको उनको उपन्यासलाई भयसँग नछुटि्ने गरी मिसाइएको छ । म भयलाई सचेततासँग जोड्न गर्छु । अलिपछि बेहोसीबाट व्यूँझनु र म किन बेहोश थिएँ त्यो खोज्दै जानु र त्यसका कारणहरू छरपष्ट पारिदिनु यस उपन्यासको गहनता हो ।      

विषय वस्तु सरल छ, शैली रोचक छ, तर गहिरो गरी अल्झिएको उनको खोज आदिवासीय सँस्कृतिको लुप्तताको अहंम् प्रश्न बोकेर भयको बाटो हिँड्छ । सामाजिक संरचनाको शक्ति र त्यसको प्रभावको सेपमा पहेँलिएर कति आदिवासीहरू, रुपान्तरित भए, कति आफूलाई ओसमा जोगाइरहे र कति पलायन भए । उपन्यासकारले कुनै जाती विशेषलाई नलिए पनि पहाडी खोला, ओडार, रूख जस्ता परिवेशीय वर्णनले नेपालका पहाडी क्षेत्रका आदिवासीको मात्र झल्को यहाँ पाइन्छ । वास्तवमा आदिवासी मौलिकता संसारका हरेक क्षेत्रहरूमा जन्मिएका छन् न कि भौगोलिक विविधता त्यहाँ हावी हुन्छ ।      

समाजको वर्णत्यश्या, समाजको शक्ति सन्तुलन र भूगोलले कोरेको राष्ट्रिय एकताभित्र कैयौं आदिवासीका शब्दहरू, त्यसै त्यसै हराउनुको पीडा उनको भयमा मिलनसार भएर उभिएको छ । ती शब्दहरू नेपालको परिवेशमा हाल पहिचान खोज्दैछन् । तिनको संरक्षण र विकासको बलियो आधारतय गरेर व्यापक परिस्कार र पुर्नस्थापनाको वास्तविक आवश्यक छ । तर आदिवासी चेतना विरोध र सतही अधिकार प्राप्तिको भूमरीमा अल्मलिएको देखेर नायक भयभीत भएको छ । कसरी पहिचान लोप भए ती कार्यहरू समेत उपन्यासकारले इमान्दारपूर्वक राखिदिएका छन् कि एउटा योद्धाले आफ्ना कमजोरीहरू, स्वीकार्न सक्नुपर्छ । तर योद्धाहरू नै विकृत छन् त्यो नायकले राम्ररी देख्छ र त्यसको प्रतिप्रश्नबाटै उपन्यास शुरु हुन्छ ।      

विलक्षण नायकको खोजी चेतना, मस्तिष्क, मनोविज्ञान, अवचेतना, युद्ध, भय, पीडा सबै तत्वहरू खोतल्छ । लोभलाग्दो गरी मृत्युबोधको भय, दिग्दारी, अवचेतनको भ्रम, मनोवैज्ञानिक रोगको द्विविधा र सामाजिक मनोविज्ञानको चर्चा राखिएको छ । भयको उपचारमा प्रयोग गरिएका धामी, झाँक्री र वनमान्छेको प्रतिकसम्म लेखिएको छ ।

मान्छेको मनको आकार खोतलिएको छ । मनको दुलो, मनको वेग, मनको युद्ध र मनको जीत, भोगाइका सम्पूर्ण आयामहरूमा कसरी चल्छ ? ती सब अध्ययन गरिसक्दा पनि भयको तानाबुनालाई पराजित गर्न नसक्ने अँध्यारो छायाँले नायकलाई सँधै पछ्याउँछ । विद्यार्थी नायकको तर्कशीलताले अध्ययन सम्पूर्ण अपूर्णता प्राप्त किन गर्छ ? उत्तर छैन भन्छ ऊ र निस्किन्छ जंगलतिर ।      

अँध्यारोमा नजानू, राती नहिँड्नू, जंगल, ओडार, ताल चौताराहरू नदीहरू, शून्यताहरू, विरुद्धको नियामक वाक्यहरू त भयसँग पो प्रतिस्पर्धा गर्दछन् । हरेक समस्या, दुःख, चिन्ताहरू भयका स्रोतहरू हुन् । आधुनिक जगतको भौतिकता, ˆतार र प्रतिस्पर्धामा हराएका आत्माका आवाजहरूलाई उधिनेर आदिम मान्छे, संस्कृति, सभ्यता र प्रकृतिमा लगेर जोडिएको छ । भयमिश्रति आत्माको छायाँसँग नायक डराउँदै हिँड्छ । ऊ यायावरसँग घुम्छ, ओडारको मान्छेसँग मिसिन्छ तर छायाँसँग छुटकारा पाउँदैन ।      

अन्त्यमा ऊ आˆनो उपचारमा आदिम रूखहरूलाई साक्षी राख्छ, त्यो रूखलाई देवता बनाउँछ, पूजा गर्छ, चाल भर्छ, प्राण भर्छ र त्यही रूखलाई रोग जिम्मा लगाएर निको हुन्छ । अनि थाहा पाउँछ उसको रोग त केवल भय पो हुन्छ ।

प्रकृतिको अपार शान्तिलाई मान्छेले साधनहरूको अत्याधिक दोहन गरेर कुरुप बनाइसकेको छ । तर आदिवासीहरू, प्रकृति हुन्, प्रकृतिझै स्वच्छ, शान्त र निस्कलङ्क छन् । ती अझै कुरुप भएसकेका छैनन् । त्यसैले तिनको सँस्कृति तिनकै पारामा जोगाउनुपर्छ भन्ने खोजको यस उपन्यासले भयवादलाई माध्यम मात्रै बनाएको हो कि ? जस्तो लाग्छ ।      

यथार्थसँग जोडेर सिध्याएको नायकको यायावर जिन्दगीसँगै कल्पनाको राम्रो प्रस्तुति हो । भयको रोगबाट ग्रस्त भएको छ । मुक्तिको खोजीमा हिँडेको नायक खुद यायावर बनेको छ र अन्त्यमा पुनः आफ्नो पारिवारिक यथार्थमा फर्किन्छ । यसको अर्को अर्थ अब आदिवासीय शैलीमा मान्छे जिउन सक्दैन, तर त्यसको संस्कृति पहिचान गरी संरक्षण गर्नु सामाजिक जरुरत हो भन्ने मात्र मैले अर्थ लगाएकीले नयाँ संरचनाको स्वादिलो कृति पढ्न पाएको छु ।

जे होस् उपन्यासले नयाँपन दिएको छ । विद्रोह, लैंगिक कोकोहोलो, सामाजिक दुर्घटनाको दर्दनाक स्क्यान्, शोक र द्वन्दले थाकेको नेपाली उपन्यासको पाठकले नयाँ संरचनाको स्वादिलो कृति पढ्न पाएको छ ।     

कसैले नकार्न सक्दैन कि जीवन भयमय छैन । तर यसले भय, चेतना र सहनशीलतामा निर्भर रहन्छ भनेर निचोड दिएको छ । उपन्यासको शक्तिशाली भन्न मैले यसैलाई लेखेको छु । यो पंक्तिले सबैलाई भयमुक्त हुन सिकाएको छ, सहनशील हुन सुझाएको छ र चेतनाशील हुन झक्झकाएको छ ।

पनि खोताल्न सक्ने यस उपन्यासको लेखकलाई आदिम आदिवासीय शुभकामना ।

(२०६५।४।१८ मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Article / लेख category

महाभूकम्प र सुअवसर
लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
मिथ्याको महाजंगलमा हङकङका नेपाली
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
२०६८ सालको नयाँ वर्षले मलाई टेक नाथ रिजाल र भुटानी शरणार्थीहरूको ताजा सम्झाना गरायो
प्रशासनिक काम, स्रष्टाको पहिचान
कविताको फूल र दिमागको रेखा
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
कविताको कमाल
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
म घर जाँदैछु
पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ
सपनाको देश र माछाको अस्थिपिञ्जर
समुच्च विचारसँग म.....
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
सम्पादकीय
गीत शुभ र मंछी गल्ली
सृजनशील अराजकता अर्थात अराजकताको अन्त्य

    Links
Column / स्तम्भ

    Random Pick
आदिम युगमा
तरवारजस्ता दाँत
गुफाजस्ता आँखा
अनकन्टार र झोरजङ्गलजस्तो अनुहार भएका आकृतिहरू देखेर
कोशौँ टाढा भाग्थे रे मान्छेहरू !
समय बित्दैजाँदा

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
596082
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com