Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : September 17, 2008 | Author : नरेश ठूले
Category : Poetry / कविता | Views : 1264 | Rating :

  
नरेश ठूले

पानीले ढाकिएको एउटा ठूलो तलाउ
जो प्रकृतिद्वारा निर्मित
चोभारको गल्छी काटेर मञ्जुश्रीले
काठमाडौं भ्याली जन्माएको कथाजस्तै
कतैबाट ढुङ्गामाटो थुपारेर समुन्द्र बिचमा
कुनै मञ्जुश्रीले निर्माण गरेको हुनुपर्दछ यो हङकङ
जो पानीको साङ्लाले बाँधिएर चारैतिर
तैरिएको छ ढलफल ढलफल
डक गरेर राखिएको
विशाल पानीजहाज जस्तै,

कुनै जमानामा
खुइलिएको तालुजस्तै देखिने प्रत्येक डाँडाहरू
उजाड उजाड देखिन्थे रे
अभिशप्त उभिएको नेमलेस हिलजस्तै
जहाँ गुर्खाका पाइतलाका डामहरू मेटिएका छैनन्
बरु ताइमोसनजस्तै हराभरा बनेका छन्
आसपासका डाँडापाखाहरू
सिञ्चित गुर्खाका उर्वर पसिनाहरूले
त्यो बेलाको प्रचण्ड गर्मीको रापमा
मृत्युवरण गर्ने विचरा भागेरा चरीहरू
अब निर्धक्क बाँच्न सक्ने भएकाछन्
हरियाली जङ्गलका पोथ्राहरूले,

पानी जो छ समुन्द्रमा
घेराहरू तोड्दै मिच्दै मान्छेहरू उत्वेगले
ब्याड उमारेर घरहरू बग्रेल्ती च्याउसरी
ज्यादै सप्रेकाछन् गगनभेदी टावरहरू
देख्नै नहुने खाली ठाउँ
मान्छेको जो लोभी आँखाले
अब खुट्टा टेक्न निम्ति ठाउँ बाँकी रहेन
खलास भए समथर भूभाग
तेसैले तछाडमछाड गर्दै
अजिङ्गर निलेको कालो सडक पच्छ्याउादै
पहाडतिर उक्लेका छन्
घरका मशाल जुलुसहरू
मसाल जुलुसजस्तै घरहरू,

घर जुलुसको हुल पच्छ्याउँदै
निलिएको पुर्खाहरूको अस्तित्व लखेट्दै
घुँडा टेकेर हातहरूले
खुड्किलाहरू भित्ताभरि जो छन्
गन्दैगन्दै पाइतलाहरूले
साँझ बिहानका प्रत्येक खेपहरूमा
म पनि सागसागै अगाडि बढेको छु
यी घरहरूलाई नियन्त्रण गर्न
र, घरभित्रका मान्छेहरूलाई नियन्त्रण गर्न,

पुर्खाहरूले रगत बगाएको यो माटो
जो एउटा अवशेष छ
म सधैं सम्झन्छु क्यासिनो लाइनका चिहानहरू
राज्यबाट बेचिएर
साम्राज्यबाट बेचिएर
मात्र व्यापारको निम्ति
"द्योगिक मेशिनबाट उत्पादित बस्तुजस्तै
मुनाफा कमाउनको निम्ति
जो टाँसिएको छ निधारमा गुर्खाको लेबल
तेसैसाग रातहरू साटिरहेको छु
दिनहरू साटिरहेको छु
र, जीउनुको नाममा जीवन साटिरहेको छु,

डाँडा काँडा छापिएर
एकहुल मेरा सन्तानहरू
यतै कतै भासिएका छन्
डिस्को पप र डान्स पार्टीहरूमा
पिडुँला मसार्दै वीर हत्केलाहरू
मस्त मदिरासाग
��"ँठका कापहरू चुस्दै
जिब्रो निलेर कक्टेलको स्वादले
खुट्टाहरू लर्बरिएर क्याब्रे डान्स
ठटाइरहेछन् तिघ्राहरू
ह्वास्स डकार्दै बियरका ग्यास
जीवन छादिरहेछन्,

दुबो झै मौलाएर
अर्को हुल मेरा सन्तानहरू
यतै कतै हराएका छन्
साहसी खुट्टाहरूमा
बटम खुस्केर झुण्डिएको पन्लुङ
जो एकमुठी चाख कम्मरमा झुण्डिएको छ टिठलाग्दो
गल्लीका चेपहरूको अध्याारोमा
मिटिङ बसेर प्रत्येक रात
खुराक निलिरहेका छन्
नसाबाट
धुँवाबाट
तरल पदार्थबाट
र, हिँडिरहेछन् जिउँदै स्वर्गको यात्रा,

रातको शून्यतामा म
जो खुट्टाबाट जरा उमारेर
उभिएको छु शरीर रुख जस्तै
दिमाग पलाएर टाउकोमा हरियै
सहरमा टिलपिल टिलपिल हल्लिएका बत्तीहरू
प...र प...र कालो पहाड
माथिबाट धुमिल आकास
जो मलाई नियाली रहन्छन्
विचारका बिम्बहरूले चेतनामा
मेरो टाउको हिर्काउँछ जब्बर
कविता जन्मन्छन् मेरा वरिपरि
चिन्तनका हरेक झापटहरूले ।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
देश सुब्बा रातभरिको अनिदो आँखा बोकी पछाडि ढाडमा सानोझोला बोकेर तर मस्तिष्कमा गरूङ्गो बिचार लिएर भेटघाटको दिन हाम्रो प्रतिक्षाको बाक्लो घेरा तोड्दै लुसुक्क आइपुग्नु हुन्छ । बजारको घुइचोलाई छिचोल्दै । बिचारको केन्द्रमा घोत्लिएर नयाँ बिचारको खोजि गर्नुहुने वहाँको बिकसित बानि पहिले हामी चिनजान हुँदाको समयको भन्दा धेरै परिपक्क भएजस्तो लाग्छ आजभोलि । स्थुल बिचारको माध्यमबाट भित्रि तथ्यपरक जडसुत्रीय कुराहरूले हामीलाई खुबै ब्यूझाउने गर्नुहुन्छ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
674382
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com