Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : July 12, 2009 | Author : दिपा एवाई राई
Category : Poetry / कविता | Views : 1480 | Rating :

  
दिपा एवाई राई

नाङ्गी द्रौपति

आलिशान त्यस महलको

भव्य कुर्सीमा विराजमान

महाराज धृतराष्ट्रलाई

यो द्रौपतिको प्रणाम,

 

जंगल र तालहरूमा

गोपीनी नङ्ग्याउने 

कृष्णले भारी सभामा मेरो

वस्त्र हरण हुन दिएन

आज आफै

-अस्तित्वको लागि

-अधिकारको लागि

-न्यायको लागि

-कृष्णवादको विरुद्धमा

-दुस्साहसनवादको विरुद्धमा

-मनुवादको विरुद्धमा

सुलीमा चढेर

नाङ्गिन चाहान्छु

र भारी सभालाई चुनौति दिँदै

नाङ्गिन्दै सडकमा

प्रदर्शित हुन चाहान्छु,

 

दुस्सासनले मलाई नङ्गाएन

यो सय गजको धोती र पेटीकोटले

मलाई पुराणदेखि

आजसम्म बटारिरहेको छ

-स्वतन्त्रता

-अस्तित्व

-अधिकार

-समानता

मेरा सबैसबै

जीवनका मूल्यवान समय

त्यसैले स्वंय

यस महामानवहरूको सभामा

उपस्थित भएर

विद्रोह गर्न चाहान्छु,
 

-योद्धा

-राजनीतिज्ञ

-समाजसेवी

-साहित्यकार

-दार्शनिक

-पत्रकार

-आम जनता

सबै सबैको बीचमा

म द्रौपति तुरुन्तै

मेरो स्वच्छन्दताको

सीमारेखासम्म नाङ्गिन चाहान्छु,

 

मेरो वस्त्र हरणको समयमा

-युधिष्ठिरको सत्यवादी आत्मा

-विदुरको मौन नीति

-धृतराष्ट्रको पुत्र मोह

-भीष्मको प्रतिज्ञा

-द्रोणको गुरुचरित्र

-गान्धारीको पति प्रतिज्ञा

-दुर्योधनको अभिमान

र सकुनी मामाको षडयन्त्र

रसपादनको अट्टाहास

सबै सबैलाई

हृदयदेखी धन्यवाद छ,

 

मेरो अस्तित्वको कवज

मेरा पाण्डव पतिहरु

मलाई नै दाउमा राखेर

आफ्नो पुरुषार्थ

सिद्ध गरिरहेको बेला

स्वयं म महाभारतको

यस सभामा खडा भई

नाङ्गिएर ढुक्क हुन

र बनाउन चाहान्छु

कौरवहरुको प्यासी

लोभ र स्वाभिमानको अगाडि

कहिले नखोलिएको

मेरो नग्नताको पर्दा खोल्न चाहान्छु,

 

अपुरो वस्त्र हरणले

म निस्सासिएकी थिए

र वस्त्रले बेरेर मलाई

बलात्कार गरिएको थियो

योनीछेद गरिएको थियो 

जताततैबाट लैङ्गकि आक्रमण गरिएको थियो

म वस्त्रभित्र कुञ्जिएकी

निरीहताले जलेर राख भएकी 

अपमानबोधले 'सती'

यतिखेर आगोमा दनदनी बलिरहेकी छु,

 

��" गान्धारीहरू

आँखा खोलेर हेर

म कसरी 'दक्षप्रजापति'को अघि

जलिरहेकी छु 

आँखामा कहिलेसम्म

धृतराष्ट्र बोकेर हिँड्छौ

कहिलेसम्म विवेकमा

ठेडी कोचेर बस्छौ

मेरो विप्लब सुन्यौ होला

यहाँ उपस्थित सबै सबैलाई

म नाङ्गिएर प्रणाम गर्दछु !!!

-नाङ्गी द्रौपति




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by hangyug agyaat on July 22, 2009
Namaskaar,
ramro kabita.
hangyug agyaat

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
हङकङमा गीता पालुङवा "ईक्शा"लाई परिचय गराईहाल्नुपर्ने आवश्यकता छैन । नेपाल लिम्बुवानमा पनि गीता पालुङवाको चर्चा उतिकैछ । यद्यपी गीताको छोटो परिचय प्रस्तुत गर्न चाहान्छु । ताप्लेजुङ बजारसँगै जोडिएको दोखु गाँउकी गीता प्राविको चर्चित शिक्षक स्व.तुलसी पालुङवाकि एक्ली छोरी हुन् । उनी पनि स्थानीय स्तरका कलाकार थिए । गीताको एकजना भाई छन्......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
688487
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com