-१-
माईकल ज्याक्सन्
तिमी
पप सम्राट
शताब्दि कै लिजेन्ड
र
पप म्युजिक आईकन ।
-२-
तिम्रो मृत्युमा,
तिमीलाई थाहा छ र ?
संसारभरका शोकाकुल फ्यानहरू र शुभचिन्तकहरू
सिड्नी देखि बोगोटा,
टोकियो देखि रीओ
सबैतिर सबै मर्माहत
र
सबै छापाहरू
सबै रेडियोहरू
सबै टिभीका च्यानलहरू
अनि
सबै अनलाईन मिडीयाहरू
कहिँ कतै छुट रहेन
बालक, युवा देखि बृद्वहरू
राजनेता देखि सबै तह तप्काहरू ।
-३-
संसार मै सर्वाधिक बिक्री 'थ्रिलर’'
सायद नसुनेको र नहेरेको कोही होलान्
यति बेला
तिम्रो मुनवाक नाँच
ओ २ एरिना लण्डन १३ जुलाई
नदेखिने भो
र
नेभरल्याण्ड -यान्च
सधै सधैलाई सुनसान हुने भो ।
-४-
मृत्युले जीतेर पनि जीत्न नसकेको
कति गहरूङ्गो मृत्यु
कति ठूलो रिक्तता
देशको सिमा, जाति र राष्ट्रियताले
कैद गर्न नसकेको,
तिम्रो मृत्यु
पप म्युजिक आईकन तिमी ।
-५-
श्रद्वाञ्जलि !
श्रद्वाञ्जलि !!
श्रद्वाञ्जलि !!! |