Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : June 20, 2009 | Author : मन प्रसाद सुब्बा
Category : Poetry / कविता | Views : 2797 | Rating :

  
मन प्रसाद सुब्बा

समयको सडक हिँडदा हिँड्दै

एकछेउ डिलनेर बसेर

हामीले जे जति कुराहरू गर्यौँ

ती कुराहरू

दन्त्यकथाका मधु-मालतीले बात मारेका होइनन्

ती त हामीले बाँचेका क्षणहरू हुन्

हामी जो ढुंगाको चेपमा उम्रेको घाँसजस्तै

यसबेला एकदमै यहीँनिर छौँ ।

कसैले ती कुरामा अर्कै-अर्कै कुराहरू देखेर

भ्रम मात्र हो भनिदिँदैमा

हामीले बाँचिसकेको त्यो क्षण कहाँ फेरिन्छ र१

त्यो क्षणभित्र देखेको सत्य कहाँ साटिन्छ र ११

हामीले त्यसबेला

मन खोलेर हाँसेका हँसाइहरू

कुनै टूथपेष्टको विज्ञापनलाई थिएनन्

हामीले बोलेका ती शब्दहरू

कुने नाटकको निर्देशकले रटाएका होइनन् ।

घडीको घेरोबाट मुक्त क्षणहरूसित म

उपभोक्तावादको बजार छोडेर टाढा पुगेको थिएँ

म ती क्षणभरिका

विश्वास र आत्मविश्वासको कुरा गरिरहेछु ।

कतै तिमीलाई मेरो यस्तो कुरा

वहियात त लागिरहेको छैन र ?




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
३१ डिसेम्बर २००७ म ह्यापिभ्याली रेसकोर्सभन्दा केही किलोमिटर माथि जागिरको निम्ति खटिएको थिएँ, साँझ ७ बजेदेखि बिहान ७ बजे सम्मका लागि । यो सालभरिको अन्तिम दिन र सायद सबैभन्दा कम तापक्रम भएको पनि तै दिन हुनुपर्छ साँझ जति छिप्पिदै गयो तेई अनुपातमा जाडो पनि छिप्पिदै गएको भान हुन्थ्यो । राति ११:३० बज्दा तापक्रम १० डिग्री भैसकेको थियो र आद्रता ३० देखि घट्दै १३ सम्ममा आईपुग्दा हावाको वेग १७ कि.मी. भन्दा माथि नै थियो । नाक, कान र गाला चिसिनु स्वभाविक हो तर जुत्ता र जुरापले बेरिएर पनि खुट्टा झन् चिसो भएको थियो ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
595837
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com