धेरै भयो, न लेखेको, देश सम्झि किन ?
के लेख्नु मनै रुवाई, नेता देखी किन ?
बहुदल आयो, बहुदल खायो, लुटे सबले देश
कोही तराई, कोही पाहाड, नरहने भो भेष।
हुटिट्याउँ भई, देश थाम्ने, गिरिजा देशको नेता
गिद र ब्वाँसोको, लुछा चुडीमा, हुनेभो देश सुहा ।
कहिले मा��"वादी,कहिले खा��"वादी, सबले मारे जनता
गणतत्रको नाममा, खेल्नु खेले, देशै भयो गन्धा।
जनता मरे, देशको नाममा, नेताको भो चईन
बाँडी चुँडी, खाए देशको बजेट, बनाई आफै ऐन।
नाङ्गो जनता, गरीब देश, राजा देशको धनी
बिष्णुको अवतार, घर न घाटको, गरे सि मन्परी।
कुर्सी प्यारो, पद राम्रो, लाचारी-बैमानी नेतालाई
देश बनाउ, लागेन कहिल्यै, बाँदरे नितीको नेतालाई।
महङ्गी बडाछ, आम्दानी छैन, जनताको भो बेहाल
कुर्सीको लागी, कुकुर झैं लड्छ, नेता भो पागल।
बुद्धको देश, हिन्दु राष्ट्र, सबै भो चक्नाचुर
सत्यको संधै, बिजय हुन्छ, गरे नि अत्याचार।
सन्धि सम्झौता, थाहा नहुने, नेपालको वरिष्ठ नेता
कहिले दसगजा, कहिले टनक्पुर, सार्र्याछ देशको सिमाना।
नगर्नु भरोसा, नेपाली नेताको, बेच्याछ नदी नाला
होसियार हुनु, देशलाई बेची, विदेश पोइला जाला।
भाषण गर्छ, नकली नाटक, सधैं जनता छकाउन
चुनाव आयो, जान्छ गाँउ, फटाहा जनतालाइ फकाँउन।
झोला चपलमा, भेटिने नेताको, काठमाडौंमा गाडी महल
देशको बजेट, भाग बन्डा लाए, नेता बनेर दलाल।
देशको लागी, सहिद भयो, भोक-भोकै बाल-बच्चा
नपाउँदा खाना, बिधुवा बुढी, बेच्दैछ सहिदको सपना।
झुकाई जनता, लुटेर देशलाई, मनाउ खुब मज्जा
कुन दिन हान्छ, ज्ञानेलाई जस्तो, जनताले जोर लात्ता।
भना-भन, हानाथाप मै, अल्झियो देशको राजनिती
पद कै भोका, बदनामी नेताहरुले, के गर्ला र देशको प्रगती ।
दिनमा यता, रातमा उता, फेर्नु फेर्र्यो नेताले रुप
मदभेद त्यागी, देश बनाउन, कहिले होला एकजुट।
नेता मिली, जनता लडाँउ, अझै मार्नु मार पापी
देश जलाई, जनता रुवाई, गर्नु मोज गर जाली।
कहिले तराई, कहिले भ्याली, बन्द गर टाएर बाली
देश जलाई, आगो ताप्ने, नेता कती भाग्यमानी।
डुले पनि, देश विदेश, फेरिएन कहिले नेताको गिदी
मेरै गोरुको, बारै टक्का, छोडेन भडुँवाले लेडे ढिप्पी।
प्राडो पजेरो, माडेको घरमा, नेता बिक्यो पैसाको लागी
लाज सरम, सबै चपाए, नेतालाई लाग्यो भोक मारी।
बनाऊ नेपाल, सुन्दर शान्त, विश्वमा नेपाली चिनाँउन
नगरी युद्ध, भैइ एक जुट, बनाँउ हामीले नेपाल।
सबैले भनौ, जय२ नेपाल, नेपाली सब समान
हातमा हात राखी, कसम खाई, बनाँउ हाम्रो नेपाल।
जय जय नेपाल। |