Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : May 28, 2009 | Author : राई चन्द्र दुमी
Category : Review / समिक्षा | Views : 1273 | Rating :

  
राई चन्द्र दुमी

                 किनभने जातीय मुक्तीलाई जानाजान कसैले तामील टाईगर्स रुप दिएर हाँकिदिए र नेताको सर्टीफाई योग्यभएपछि दरवारमा लगेर बुझाईदिए, जग छँदैथियो आलोकाँचो सेतामगुराली । कसैले मार्क्शवादसंगै जोडेर हिडाउँदा ठूलो बुद्धी पुर्याए मुक्ति पाईएलाजस्तो लागेको थियो, त्यो पनि भोटनै बटुल्नमात्र भईदियो । पछिल्लोकाल ने. . पा. मा��"वादीले प्रस्ट उठाएको आत्मा निर्णयको अधिकार सहितको संघीयताको ब्याख्याभित्र बादल दाई, सुशेस आले मगर दाई, गोपाल किराती, स्वर्गीय श्रद्धेय भक्त बहादुर कन्दङवा जस्ता केही थेप्चो नाकहरू हेरेर हजारौँले वलिदान नै गरिदिएका छन तर पर्ख र प्रहार गरौँलामा डल्लिएको छौँ हामी । तर त्यो भित्रपनि राज्यसत्तामा रहनु बाहुनहरूको सनातन धर्म हो भन्ने केही बिचारहरू कहिलेकाही छिटफुट सुन्नमा आउँन थालेपछि अव बर्गीय युद्धलाई जातीय युद्धसंग फ्युजन गरेर लैजाने भन्नेकी यो नै बर्गीय जातीय युद्ध हो खुट्याउँनलाई केही समय कुर्नुपर्ने कितावले संकेत गरेको छ । साथै पार्टी जनजातिप्रति सकारात्मक भएर आ��"स ठिकैछनि,त भन्ने एकहदसम्म स्विकारोक्ति पनि हो । यथार्थ के चाहीं निक्र्यौल गरेको छ हेत्छाकुप्पाले भने अझैपनि पूर्ण हुनलाई अर्कै नेप्टे झण्डामुनी  आफै संगठित हुनुपर्ने,पो हो, की ? सोच्न बाध्य बनाएको छ त्यसैले जातीय स्वतन्त्रतालाई मनमा खिलिने गरेर हेत्छाकुप्पा बोलेको छ । किताव पटक्कै राजनैतिक बिचारको होईन तर यस्तो जादुमय कला छ लेखकको जहाँ कथापछि उपकथाहरू जन्मदै जान्छन गतीलोगरी छापपनि छाडदै जान्छन मनमा । कुनै सम्मोहनीले मोहित पारेर एकै खोरमा बाघ र बाख्रा हार्दिकताकोसाथ अंकमालमा बाँधिएजस्तो युद्ध, प्रेम, घृणा, द्वेश, यौन, मानवता सवैले न्यायोचित उपस्थिति पाएका छन् हेत्छाकुप्पामा । कुनै जनजातिले हेत्छाकुप्पा पढदैन भने उ पूर्ण हुँदैन किनभने हजारौँ बर्ष अघिदेखी द्वन्दवादसंग जोडिएर आएको हामी प्रकृतिपुजक जातिहरूमा सभ्यताको खडेरी पर्नलाग्दै गरेको अवश्थामा यौटा सन्देश दिएर आजको आवश्यक्ता पूरा गरेको छ हेत्छाकुप्पाले । स्वःस्फुर्त दिक्षित भईसकेको हुँनेछन जस्ले यो पढ्छ ।

                 हेत्छाकुप्पा यो शब्द लेख्न मलाई यति गर्व लागेर आयो की साथै त्रासपनि संगै जोडिएर आएको छ । हेत्छाकुप्पालाई मैले खुव खोजें अन्तिमको २५२ पेज पुग्दा नपुग्दा कतिवेला कतिवेला आफै हेत्छाकुप्पा भईसकेको रहेछु । लेखक राजन आफै हेत्छाकुप्पा, सांगेन स्वयं हेत्छाकुप्पा, नुसान किराती, दिलुङ, रिदुम,  निनाम, हेन्कुवुङ, रौसे मुहाङ, हिवाहाङ सवै सवै, चावाक्छाहरूलाई यौटा मार्ग निर्देशन गरिराख्न कटिबद्ध, प्रतिबद्ध । बिचरी सायामात्र जवर्जस्त तायामामा डल्लिईन । १६ बर्षे उमेरमा प्रकास कोविदको देवता, साउन भदौले रुवाउँन नसकेको मलाई (आज हाँसोलाग्छ सवै रुन्थे, र प्रायः आज पिन्चे कविपनि भएका छन ति रुनेहरू) नुसान र सायाले पगालेरै छाडे, अनि राखोले फुपा, बुहारी सलमाया कमिनीहरू । प्रवासमा पढेकोलेपनि हुनसक्छ, हो, म रोएँपनि ४७ बर्षको कठोर र पाको भनिएको यो उमेरमा बिशेष गरेर ति चेली माईती नुसान र सायाको नाममा अनायसै आँसु झारेछु ।

                  अँ थुप्रै थुप्रै हेत्छाकुप्पाहरू हङकङको गल्ली, समुन्द, जंगल र कंक्रिटको जंगल, चाहारेर आफ्ना शन्ततीहरूलाई यौटा गज्जव सँस्कार बसाईदिन प्रयत्नरत रहेछन, अझ यसो भनौँ आफ्नो पुरानो राज्य नयाँ ढंगले फिर्ता गर्न नयाँ खाले युद्धको प्रारम्भ गर्ने हो की धीर सोचाई एक किसिम अलमल जस्तोमापनि रहेछन् । यो कितावले उनिहरूलाई राहत मिलेको छ अव हिडौँ यो बाटो । थुप्रै थुप्रै हेत्छाकुप्पाहरू कितावमा आईसकेछन्, जन्मिसकेका रहेछन् म गाँडु कतिबेला राजनले हेत्छाकुप्पाको कथा सुरु गर्छन् पन्ना पल्टाईरहें, त्यसैको सजाय स्वरुपः उपन्यास एक एक शब्द दोहोर्याएर पढनुपर्यो, ठ्याक्कै उज्यालोपनि भएछ तर आज काममा नजाने निर्णय हिजै दिउँसो गरिसकेको थिएँ, भाई हाङयुगले किताव अस्तिको दिन हात लगाईदिएका थिए । लाहुरे भाईहरूले हेत्छाकुप्पा छपाईदिएको छैनन हैन हेत्छाकुप्पा छापिईसकेको रहेछ, बिनिर्माणको अर्को चोरबाटो भएर भित्रिन लागेको नवपुँजिवादको घेरा समेत तोड्दै सुन्यबाटै सुरु हुन परे परोस् तर यात्रा तय गरेरै छाडने संकल्प र उदघोषकोसाथ ताहुर र माहुर गर्दै आई सकेको रहेछ ��"जस्वी हेत्छाकुप्पा नयाँ पिंढीका नयाँ युगपुरुष महिलाहरूमा समेटिएर ।

                दोश्रो पटक भर्खरै पढेर सकें र सोच्दैछु आजको सभ्यतामासम्म आईपुग्नलाई बाटो खन्ने श्रद्धेय पुर्खा हेत्छाकुप्पाको कहानी एक सफल लेखक राजन मुकारुङ्ग (जी ?) (उमेर थाहा भए दाजे भाई केही साईनो अवश्य लाउँथे) किरात राईहरूको यौटा ठुलो आवश्यक्ता थिए । र सोच्दैछु यलोखामलाई फोहोर पार्ने, फोहोर हुन सिकाउँने हङकङमा उसैगरी अनुबन्धित म सांगेनको जीवन चरित्र कतिबेला अध्ययन गरेका थिए यिन्ले र मेरो कथा लेख्दैछन हँ ? खररर........धाराप्रवाह। हो म सांगेन, म हेत्छाकुप्पा, म राजन बिचारको साथै वलिदानी ब्यवहारमा खरो उत्रन नसके पनि भावी दिनको भाका राखेर आफुलाई हेत्छाकुप्पाको रुङरी हुँ गर्व गर्न चाहन्छु यस किताव पछि । कसैले नाचुरी, नहरी, हियारी, दंखरी खिसी टिउरी नगरी दिनु म यस युगको हेत्छाकुप्पामा रुपान्तरित हुन चाहन्छु निनामको कविता जस्तै यलम्बर हाङको पहेंलो झण्डा उठाएर म हेत्छाकुप्पा जन्मन चाहन्छु ।

                 म सांगेनसंग म हेत्छाकुप्पा त्यतिमात्र फरक छु उस्ले जुग जमाना र जण्डो फेसनेवल आधुनिकतालाई भोगेन मात्र एक एक घटना परिघटनाहरू उस्को पातलो दिमागमा भण्डारपनि गर्दै लग्यो । बढीमा उ संग म जस्तो परिपात जोडनलाई नख्खुजेलमा चोरदाउले पढेको कोर्षको एक दुई अंग्रेजी हेडिङहरू मात्र कण्ठस्थ होईन डिप्लोमा पासको खुद सर्टि फिकेटनै थियो छ । म हेत्छाकुप्पा पनि त्यहि अभरा पत्रकारिता नै त गर्छु, यो ईकोनोमिक एनिमलहरूको कण्ट्री हङकङमा र त्यहि माग र पुर्ति कहिल्यै ब्यालेन्समा नआउँने अर्थसास्त्रीय अनमेल सिमान्त र कुल उपयोगितको हिसाव कितावको पिंडामा जलिरहन्छु सधैंसधै, सांगेन जस्तै । दिर्घकालिन ईपिलिप्सी सुकरातलाईपनि थियो, बोनापार्टलाई थियो भन्दै अर्को मेरो जिन्दगीको हौसला मेरो प्रिय कमरेड नुसान किराती । बढीमा अन्य सांगेनसंग पत्रकारिता ट्रेनिङको प्रमाणपत्र थियो छ, म मुखैको परिपातले काम चलाई आको पत्रकार छु तर म नुसान छु, र आजको हेत्छाकुप्पापनि 

           फेरीपनि म सोचिरहेको छु ति राजनले कतिबेला मेरो पुरा ४६ बसन्तहरू चियो गरे हा........? किनभने एनै हेरेजस्तो म त्यहा छु । हो भन्या, सांगेनको काठमाण्डुमा क्याप्टेन काका थिए, फरक मेरो क्याप्टेन किकी थिए धरानमा (दुमीहरू दिकुलाई किकी भन्छन) । प्रगतिशील गीत गाउँदा गाउँदै याङकाई हुँ म तिम्रो भनेर लभ गर्ने अनि भरेभन्दा मार्क्सवादले मान्यता नदिने सुनको ��"ंठी मासिदिएकोमा महिनौ कल गरिरहने अ रैनी मेरो बुडीया यी सवैसवै मेरो कथा, म सांगेन, म हेत्छाकुप्पा  । यतिसम्मकी स्यानोमा सुँगुरको पाठाहरूसंग लहरै म सुतेको समेत देखेका रहेछन राजनले । धेरैबेर हेत्छाकुप्पा उपन्यासमा बणिर्त मेरो कथाहरू सोचिरहें राजन मुकारुङ भन्ने मान्छे हेर्नलाई तिब्र रहर जागेर आयो, आईरहेछ । भेटीहाले बढीमा जोडले हात मिलाउँदो हुँ र हङकङ बसेको लाज पचाउँनी कुनै रेस्टुरेण्ट खोज्दो हुँ, केही तान्दा हौँ अनिमात्रै अंकमाल गर्ने सुद्धी आउला, जवकी उनिहरू पहिलेनै अंकमाल गर्छन हामीले नदेख्ने गरेर । अनि हामीले देख्दै गरेको बेला, त बाहुनहरू त झगडा, पो गरिरहेका हुन्छन् यौटाले राईको, अर्कोले किरातीको पक्ष लिएर, हाम्रालागि ज्यान दिन्छन यिनीहरूले यी, हामी मख्ख । तेरीमा झेक्ने हौ..... राजन जी..........सकिएन उखुहरूसंग मुले किरातीहरू ।

              सोच्दै गएँ, अटलसिंग राई को किल्ला घोरेटारमा भयानक युद्ध भयो मेरो कमरेड जमिनको दुखद सहादत, कुहिएको खुट्टा तर उत्तिकै सक्कल्ती जोस बोकेको मेरो नुसान र उस्को दुखद अन्त्य । साम्प्रदायिकताको बिरोध स्वरुपः ज्वालाले गरेको उल्टो जातीय ब्याख्या अनि हेत्छाकुप्पाले आक्रामक नभई उठाएको सालिन तर्क "उसो भे के युज एन थ्रो मात्रै ?,, । कहिलेकाँहीत लाग्छ बाजेहरू हामीलाई विज्ञान विज्ञान भन्दै कतै हाम्रो मुद्धुम सिध्याउँने सुरमा त छैनन ? यहाँ यौटा बाहुन थियो, भनौँ हुनुहुन्थ्यो हङकङमा, उस्को बुढीलाई "कर्पुर गौरं करुणा वतारं संसार सारं भुजगेन्द्र हारम सदाव...............भन्ने मन्त्र चाहिएछ मैले लेखीदिएको थिएँ, तर पोहोर सायावुङ फिल्मलाई "धेरै छ भने अरुले बेचुन, तपाई पार्टीको मान्छेले बाहिर नबेच्नुस् दुमी सर साम्प्रदायिक देखिन्छ,, भनेकाछन् ति बाहुनले । चन्द्र शमसेरले जमाना पायो र ठाडै जलायो, अहिलेत बन्दुक बोकिदिनेनै हामी बन्दुक उतै सोझिन वेर छैन । त्यसकारण ग्लोवलाईजेशनको हाउगुजी देखाउँदै घुमाउरो बाटोबाट सखाप पार्ने त हेईनन गाँठे ? ए गाभठे सल्ला गरुङ है भट्टचन सर र घलेदाई कता हुनुहुन्छ हँ...........?

                 आजसम्मै त्यहि द्वन्दात्मक भौतिकवादको अस्त्रमा किच्चाघान हाम्रा थुप्रैथुप्रै हेत्छाकुप्पाहरू कम्ता रछन र ? हे ��"र्जिनल हेत्छाकुप्पा प्रथम ! तिमी तिम्रो सन्तानको लागि कति फिक्रि नगर, सुम्निमा पारुहाङको आशिर्वादले हामी धेरैधेरै हेत्छाकुप्पाहरू जन्मेको छौँ यो किरात धर्तिमा, जसरी तिमिले त्यो युगको आँखा खोल्न धेरैधेरै संघर्ष गर्नु पर्यो उसैगरी हामी यो युगलाई आफ्नो मुट्ठीमा राख्न छामछुम गर्दैछौँ कोही जनमुक्ति योद्धा भएर, कोही पत्रकार र लाहुरेनै भएरपनि हामी २५२ पेजको हेत्छाकुप्पा विधानले अघि सारेको एजेण्डामा जुटदैछौँ । रिमरिम उज्यालोमा बाटो खुट्याँउदै छौँ, कसरी यलम्बर फर्काउँन सकिन्छ कसरी यलम्बर जन्माउँन सकिन्छ, प्रवासमा पनि एकट्ठा हुँदैछौँ चिन्ता नगर तर आशिर्वाद देउ ।

                   सुरुको एक लहर मैले समिक्षा गर्ने आँट गरेको थिएँकी कसो हो, थाहा छैन । त्रासपनि संगै जोडीएको भनेको हिसावले त्यस्तै आँटेको थिएाकि,.......,राजन मुकारुङजीको कविता संग्रह समिक्षाकै लागि मलाई रामकृष्ण बान्तवाले ४ बर्ष अगाडि दिएका हुन् । आँट गरिन, गज्जव के लाग्यो भने पैसा नतिरि पढन पाईयो, नश्लीयवोध हुने नितान्त नयाँखाले कविताहरू । हाङयुग अज्ञात भाईले राजनजीकै हेत्छाकुप्पा "समिक्षा लेख बुढा,, भनेर दिएकै होईनन्, "पढ बुढा दोहोर्याई तेहोर्याई पढ,, भनेर दिएका हुन । त्यसैले पनि मैले समिक्षा होईन होला आफु र आफुजस्तै कैंयौं भिरको चिण्डो राईहरूको कथा ब्यथा, साम्राज्यवादी भुमण्डलीकृत सिमान्तीकृत आजको युगको सहसा चिरफार, भोली गएर आवश्यक परे फेरी बन्दुक उठाउँनुपर्ने हो की शन्देस मिसिएको नयाँ युगवोध गर्न तम्तयार आजको युगको नयाँ हेत्छाकुप्पाहरू, आफ्ना कथाहरू पाउँदा यसैयसै पुलकित भएको मात्र हुँ, होईन समिक्षा ।

              लागेको कुरा के पनि हो भने मलाई आफ्नै सोचाईले पिरोलीरहेको पनि थियो "बान्तवाहरू खक्चिलिपुलाई नै हेत्छाकुप्पा भन्छनकी अर्कै पात्र उभ्याएका छन हँ ? तर ५९ पेजमा पुग्नेसाथ छ्याङ्ग भयो, आफै मुस्काएँ १० थरी किराती एक चुला । अरु बढी सम्झें, सिर्फ सम्झेको हो गर्व होईन म पनि मुकारुङकै रगत हुँ । तोदिपु आफ्नो नामराशी मिल्ने युवती भेटेमात्र बिहे गर्ने अठोट गरेर शिकार खेल्दै हिडने क्रममा लामदिजा (हाल बाक्सिला) पुगेछन् र दुमीहरूको चेली तोदिमोलाई भेटेर बिहे गरेछन । हरेपु जन्मे, तर उता भोजपुर सिक्तेलमा छेङछेङहाङ बिते गद्धी खाली भयो, राजकुमार तोदिपुले फर्कनुपर्ने भयो । ससर्काली बाजेले दु:ख दिईरहने हुनाले लामदिजाका दुमीहरूले तोदिपुलाई जान नदिने भएपछि उन्ले 'तपाईहरूको भानीज हरेपु म भन्दापनि वलवान छ, उ वा फुर (कुखुरा जस्तै उडने शक्ति) पनि हो चिन्ता मान्नु पर्दैन, भने । तरैपनि गाउँलेहरूले नछाड्ने भएपछि तोदिपु जंगीए पनि "खोई त यतिको जुग बितिसक्दा पनि तिमेरले मलाई आफ्नो चुलामा भाई पनि, त बाँधेनौनी........अव तिमीहरूको भानिजलाई आजै त्यस्तो कार्जे गरिहाल अनिमात्रै उस्लेपनि बस्न बाध्य हुन्छ,, । सवैले जिव्रो टोके र हतारहतार भाई बाँधे उहि हरेपुको तीन सन्तान रंकासु, रत्कु, हदीमध्य म रंकासु कान्छा । अरु हेत्छाकुप्पाहरू पनि सम्झें मैले, पान्थरको रवि बजार रविकर्ण रंकासुले उखु खेती र ब्यापार गर्दै बसाएको वस्ती आज त्यहा उन्को सालिक राखिएको छ रे । त्यहादेखि पनि छुटेर जानेहरू अझै उता उभो कता हो जे होस ईलाम पुगेको गायक कुवेर राईसम्म हिसाव लगाएँ र आफैलाई सोधें कुवेर गीतमात्रै गाउँछन् की साकेवापनि नाच्छन हा...........?

                    कुनैपनि राई अथवा जनजातिहरूले अनिवार्य पढनुपर्ने यो पुस्तक कतैबाट पुरस्कृत भयोकी भएन होला, गर्नेकी नगर्नेहोला अव म यस्तोपनि  सोच्दोछु । साँचि लेखक हुनुत यस्तोपो,त कि उन्ले भावी बिपत्तिहरू पहिल्यै देखेको छन् । कांग्रेसले एमालेलाई भिरको टुप्पामा पुर्यायो अव भोली धकेल्छ तर लडेर मर्ने अशोकमात्र हुन्छन् । राष्ट्रपति त्यस्तै निस्के आज । सिवाकोटी सरलाई मगरहरूले गरेको कार्वाही कम भयो फोटो सुद्धै भेटेको छु, वाईसिएललाई जिम्मा दिनुपर्थ्यो । तब न लाहुरे यु.के. जान कम आतुर छैनन मुद्दा जिते । मा��"वादीले बाध्यताले मात्र ठाउँठाउँ जनजाति सम्वोधन गर्नेछ, सवैसवै ११ महिनाअघिनै राजनलाई थाहा थियो । आज सवैभन्दा बढी हेक्का राख्नुपर्ने कुरा यो हो "बाध्यताको जनजाति सम्वोधन,, । समाजको बिकृतिहरू शिस्ट सभ्य ढंगले चिर्न सक्षम छ हेत्छाकुप्पा र जनजातिहरूको लागि मार्गदर्शक पुस्तक भन्न म, हामी रामकृष्ण बान्तवा लगायतका केही पाठकहरू हिच्किचाउँदैनौँ बरु ठोकुवा गरेका छौँ समयलाई पक्रेर हिडन किताव सफल छ 

             राखोले फुपा खालिंग नहुन सक्छन । दुमी, साम्पाङ, कोयी र नाछिरिंग मात्र रावाखोला एरियामा छन् तैपनि उपन्यास हो खास फरक नपर्ला र त्यो जमानामा उन्ले अरे शब्द उच्चारण पनि गर्दैनन्की भन्छु, जान्ने भएर ठुलोमान्छे नपल्टुभ । श्रवणले आफ्नो पहिलो कविता संग्रहरूमा छापेको यौटा टुक्रे कविता उतिबेलै मलाई लाग्दैथ्यो यो वास्तविक धरातलबाट आएको कविता हो, हो रहेछ यता हेत्छाकुप्पामा बिष्णुप्रसाद शर्मा भनिएको छ ति पर्धानलाई, श्रोत खुल्यो । मैले यहा धेरै साहित्यिक भेलातिर बाचन गरेर हासाउँने गरेको त्यो कविताको नायक हेत्छाकुप्पामा भेटेपछि एकपल्ट फेरी आफै हाँसे "पारी गाउँ कान्छी दमिनीले छोरो पाईछे, ठ्याक्कै पर्धानको अनुहार ।

                       सेवाखन्ने, जै किरात ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
तिहार आउँदा साह्रै खुसी हुँदै होलिन मेरी बैनी,
सयपत्रीको फूलमाला उन्दै होलिन मेरी बैनी ।
भाई टिकामा माईतीलाई उपहार दिनु भनि,
दिनरात ढाका टोपी बुन्दै होलिन मेरी बैनी ।
विपनीमा सम्झिएर सपनीमा मलाई देख्दा,
ब्युँझिएर मेरै तस्विर छुँदै होलिन मेरी बैनी ।

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
903179
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com