हुरी आयो कि सोल्टी माया बगैँचामा
चाँडै आउनु पर्खिरैछु मुटु फलैँचामा
चाहिएन शिरबन्दी खाली हात आए हुन्छ
हजुर आउँदा एकैसाथ जूनघाम पाए लाग्छ
बाँझो पर्यो कि सोल्टी मनको बारीमा
चाँडै आउनु पर्खिरैछु मुटु फलैँचामा
बाटो हेरेँ हेरीरहेँ हजुर आउने आसमा
निस्तो रह्यो जीवन पनि बैँशालु रातमा
बाढी आयो कि सोल्टी प्रेमको गङ्गामा
चाँडै आउनु पर्खिरैछु मुटु फलैँचामा |