Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : May 22, 2009 | Author : प्रकाश रोदुङ
Category : Poetry / कविता | Views : 1272 | Rating :

  
प्रकाश रोदुङ

दिनुसम्म दिएर पीडा
भ्रुणदेखि नै गरेर अत्याचार
चुसेर लाम्टा
पारेर स्याफ्रो तिम्रो जवानी
भरेँ मेरो अंगअंग
भएर म तरुण
तिम्रो सपना पुरा गर्नु त
कता हो कता बिर्षेर तिम्रो जन्मदिन
यो स्वार्थी संसारको
म एक असली पात्र
हे आमा, स्वीकारीदेउ
आज तिम्रो मृत्यु तिथिमा
खाली हातको श्रद्धाञ्जली

फूल चढाएर म
तिम्रो शोकमा उपस्थित हुन सकिनँ
किनकि हिजोआज
मानवहत्या बाहेकलाई यहाँ हिंसा भनिन्छ
फूलको अधिकार खोजिन्छ
त्यो फूलको पनि प्राण हुन्छरे
विज्ञान यसै भन्छ
तेसैले निर्जिब आत्मालाई
सजिब आत्माको
कसरी चढाउ बलि
तिमी पुरिएको खोरिया
रणभूमि भएको बेला
धेरै आमाहरुको काख रित्तिएकोछ
कयौँ चेलिहरुको सिउँदो पुछिएकोछ
जित्नेहरु पनि हारेकाछन्
हार्नेहरु सिध्धिएका छन्
तिम्रो फिर्तीपछि यहाँ धेरै
परिवर्तन भै सकेकोछ
तर तिमी जस्ती ममतामयी
आमाहरुको संख्या रित्तिदो छ
आधुनिक आमाहरु नाङ्गीनुलाई सभ्य मान्दै
सन्तानहरुलाई स्तन चुसाउनु छाडेकाछन्
तर्क छ, उनीहरुलाई कुरुप हुनु छैनरे
विचार सून्य म हुँ कि यिनीहरु
म अन्यौलमा परेको छु
तिमीले स्तन चुसा‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍एर
जवान बनायौ
तर भएनौ कहिलै कुरुप
सुन चम्काउन आरणमा हाल्न डराउनेहरुको हुद्दामा
अब तिमी जस्ती आमाहरु
किम्बदन्तिको पात्र हुनेछौ
हे मेरी ममतामयी प्रेरणाकी खानी
तिम्रो मृत्यु शोकमा
मनभित्रको दुई थोपा
मोतीका दाना सिवाए
अरु दिन सकिनँ
तिमी जहाँ, जसरी रहे पनि
तिम्रो आत्माले शान्ती पा��"स
यो स्वार्थी मर्त्य लोकको
कुनै पीर नगर्नु
हामी यहाँका पात्रहरु अभिनयमा
खप्पिस भइसकेका छौँ
खप्पिस भइसकेका छौँ

(जेष्ठ ९ गते मेरी आमाको चोला उठेको दिन हो उहालाई शब्दसुमन)




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
प्रसङ्ग आज भन्दा ठिक १८ वर्ष अघि (२०४८ साल) को हो । २०४६ सालको जन आन्दोलन निम्ति राजधानी काठमाडौं हानिने तानाबाना बुन्न थालें । उ बेला अहिलेको जस्तो एस. एल. सी परिक्षा वैशाखमा नभई माघको पहिलो हप्तामा हुन्थ्यो र ५,६ महिनापछि श्रावण भाद्रमा नतिजा प्रकाशित हुन्थ्यो । पास वा फेल भएको खबर आकाशवाणी सेवा (आवा) बाट प्राप्त हुन्थ्यो जुन खबर गाउँका हुनेखाने, टाठाबाठा जो शहर बजारमा बस्दथे तिनैले पाउँदथे......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
903164
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com