यो, नयाँ नेपालमा
बुसको अमेरिकी हस्तक्षेप
सद्वामको स्वाभिमानी हठ झै
राष्ट्रपतिको असंवैधानिक आदेश
प्रधानमन्त्रीको कडा राजीनामा
त्यसै-त्यसै गर्जीने बर्षे बादल
जस्तै समान छन् यहाँ
पट्का जस्तो सडक आन्दोलन
र मरुभूमी जस्तो कर्फ्यु वातावरण ।
बेरोजगार पेटको मुसा आतंक
काम र मामको जनयुद्वले
सडकमा टायर बालेर
आएको पिरो र खरो गन्ध
अनी, धुवाको बाक्लो कुहिरोमा
अहोरात्र हराइरहेका छन्
काग- नेपाली जनता ।
लोडसेडिङ रोगले ग्रस्त
चुक घोप्टिए जस्तो अध्यारो-��"ंसी
यो मुलुकमा लिएर आउँछ-प्रत्येक रात
त्यो कहाली लाग्दो हिमनदी हेरेर
रुन्छन् निरीह बिजुली खम्वाहरू ।
पुरानो र बिग्रेको
रेडियोको आवाज झै
सधै घ्यार्र....घ्यार्र....खोकिरहने
मेरो हजुरबाको दिर्घरोग
आखिर ! एउटै नै हो
सरकारको मति र गति
नेताको महान भाषण र आश्वासन ।
मलाई पत्यार लागेकै छैन
मेलम्चीको पानी बोकेर
स्वीजरलेण्डको सपना भित्र
मेरो काखे छोराको
कल्कलाउदो अनुहार लिएर
कहिले आउँछ ?
त्यो हसिलो दिन
नयाँ युगको नयाँ दिन ।
विराटनगर -१६ हालः हुङहोम , हङकङ |