खाटा बसे जस्तो लाग्छ घाऊ किन साधै दुक्छ,
सिसा रहेछ जिन्दगानी जहाँ तही टुट्छ
विश्वासमा फुल्ने फूल हुरी आई चुडाँली दिन्छ
कस्तो रहेछ दैव पनि जहाँ कही हुराई दिन्छ
कती कम्जोर भाग्य रहेछ संसार मेरो अधुरो छ
कस्तो बाटो हिँडे मैले पहिरो आई आपुरो छ ।
कस्तो यात्रा गरे मैले बाटो भरी काँडा,
दुनियामा बिलाउ भन्छु किन संसार भईदिन्छ टाडा
जिन्दगीको बाटो भरी भुकम्पले थकाई दिन्छ
बिपना पो हो की भन्छु सपना भई झस्काई दिन्छ ।। |