Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 10, 2009 | Author : बिमल राई
Category : Article / लेख | Views : 935 | Unrated

  
बिमल राई

यही ५ अपि्रल तारीखको दिन । हरेक बिहानीमा मलाई सँधै बिहानीको जनाउ दिने मोबाइल फोन पनि मसँगै मस्त निद्रामा थियो । अर्थात अघिल्लो बेलुकी नै त्यसलाई अफ गरिदिएको थिएँ । मानौ हाम्रो सम्झौता हो यो । बिहानीपख आँखा खोल्दा घडीको छोटो सुईले आठको अंकलाई स्पर्श गर्न दौडिरहेको देखेँ । सोचेँ तर आजको दैनिकीमा असारको पन्ध्र पाइना अर्थात कार्यक्रमको धपेडी थिएन । आइतबारको दिन सधैँ झैँ जागिरसँग पैठेजोरी खेल्नु नपर्ने भएकोले ज्यानले आनन्दको अनुभूति गर्ने गर्छ । बिदाको दिन भएकोले बाहिरको वातावरण त्यति कोलाहलमय हुँदैन । शहर अरुदिनको तुलनामा विश्राम बसेकोजस्तो लाग्छ सुनसानसुनसान । म उठेँ र बिहानको नित्यकर्मतिर लागेँ, कुनै व्यग्रता बिना । आज मात्र एउटै कार्यक्रम थियो महिनादिनको नियमित साहित्यिक भेटघाट ।

 

म चुनवानको म्याकडोनाल्डमा पुग्दा देश सुब्बा चियाको चुस्की लिदै हाम्रो प्रतिक्षामा हुनुहुन्थ्यो । "भयवाद" दर्शनका प्रस्तोता तथा "आदिवासी" उपन्यासका लेखक उही देश सुब्बा । साहित्यमा अभिरुची हुनेलाई वहाँको परिचयको आवश्यकता पर्दैन । प्रत्येक पदचापहरूमा साहित्यको बारेमा सोच्नु र लगनशील हुनु वहाँ आफ्नो कर्तव्य ठान्नु हुन्छ । हङकङ प्रवेश पश्चयात देश सुब्बा हङकङेली साहित्यको एउटा नवीन विम्ब ।

 

भेटको पहिलो चरणमै हामीले ��"पचारिकता निभाइसकेका थियौं । रातको कामबाट सिधै यता सहभागी हुनुपर्ने भएकोले वहाँको निद्राको हत्या हुँदै थियो । तर साहित्य सृजना भनेपछि वहाँलाई चार घण्टा नसुत्नु सामान्य लागेको मैले धेरैपटक महसुस गरेको छु । मानौ आहारविहार नै साहित्य । हामी कुरा गरिरहँदा कवि तथा गीतकार डि.बी. पालुङ्वा पनि टुप्लुक्क झुल्किनु भयो । गीति संगालो अलापका रचनाकार/गीत विधिमा आफ्नो परिचय बनाइसकेका । आजभोलि कवितामा पनि त्यतिकै जम्ने तर्खरमा गतिवान । नेपथ्य समिक्षक प्रेम राई र एक समयका प्रज्वलित कवि चन्द्र सम्बाहाम्फे पनि हस्याङ फस्याङ गर्दै आइपुग्नु भयो । हङकङको कुनै साहित्यिक कार्यक्रममा कम देखापर्न रुचाउने तर सबै साहित्यलाई गम्भीर रुपमा विश्लेषण गर्ने र जानकारी राख्नु हुने परिपक्क पाठक/समिक्षक प्रेम राई । विशेष गरी कवितालाई आयामिक, भयवादी समिक्षा गर्न रुचाउने प्रेम राई । वास्तवमा वहाँ कमै मात्र लेख्छन् वा लेख्दैनन् भन्दा हुन्छ । तर साहित्य, विचारको राम्रो पाठक, श्रोता वा दर्शक भनेर कमैलाई थाहा छ हङकङमा । चन्द्र सम्बाहाम्फे लामो समय ध्यानवासबाट प्रकट हुँदै गर्नु भएका ज्योतिर्मय कवि लामोलामो कविता लेखन वहाँको विशेषता ।

 

सबैको सहभागिता भैसकेपछि चियाको चुस्की लिन थाल्यौ साथै विषय वस्तुतिर लाग्यौं । डि.बी. ले आफ्नो सृजनाहरू खोल्नुभयो । ती सृजनाहरू मान्छे मर्दा र जन्मिदा चाहिने मुन्धुमजस्तै थिए । हामीले पनि हुन्छ हजुरको भाका बोल्यौं । हामीले वहाँका शब्द हुँदै भावनाको उ्डान गर्यौ । कहिले हिमालको सिरेटो चाख्यौं । कहिले समतल मैदानको क्षितिजमा । कतै कुण्ठा, कतै प्रेम, कतै निस्सार, कैले संकल्पको आवाज । कविको अमूर्त स्वरुप उपस्थिति थियो नवीन कवितामा -"फेरि हिमाल सकिन्दैन" । कति मीठो शिर्षक । बहुतै मिहिनेत गरेर कविले शब्दहरूको/पर्खाल लगाउनु भएको रहेछ-एउटा शिल्पाकारले जस्तै ताकि श्रृंगारिकताको प्रतिक बनोस भनेर । एउटा राम्रो कविले एउटै कवितामा अधिक विम्बको प्रयोग गर्छ । यो उसको कवित्व कला हो । कवि पालुङ्वा यसमा शिल्पी देखिएका छन् । यस्ता कविताहरूले पाठकलाई स्वरैकल्पनामा घुमाइरहन्छ वैदिक कालको पुष्पक विमानले जस्तै । यसरी वहाँको रचनाको रचनास्वादन भयो । कविताको अध्ययन पश्चायत आफूलाई लागेका विचारहरू आदानप्रदान गर्ने क्रम चल्यो । त्यसमा सबैले आ-आफ्नो धारणाहरू राख्यौं । प्रायः सबैले एकदुई लाइनमा पुनर्लेखन गर्दा कविता अत्यन्तै शिल्पी हुन्छ भन्ने निष्कर्ष निकाल्यौ । प्रेमजीले सटिक, तार्किक, विवेचनात्मक समालोचना गर्नुभयो । हामीले त्यस कविताको शब्द, अर्थ, विम्ब, समकालिकता, उपयोगिता सबै पक्षबाट मत जाहेर गर्यौ । कविता सबैलाई उत्कृष्ट लाग्यो । हाम्रो ठहर अहिलेसम्मकै वहाँको मास्टरपीस । यसले डि.बी.जीलाई हौसला र प्रेरणा मिलेको हामीले महसुश गर्यौ । धेरै साहित्यकारहरूमा सुझावलाई नकरात्मक रुपमा लिने गरेको पाउँछौ । तर डि.बीमा त्यो अवगुण हामीले पाएनौं ।

 

मैले पनि एउटा मृत्युको विम्वमा उतारेको गीत प्रस्तुत गरे । 

 

चिताबाट बाँच्नेलाई यही गीत दिएँ चिनुँ

विस्मात भए श्रद्धा दिनु सम्झनेले माटो दिनु

 

बाचिन्जेल पाइलै पिच्छे अहमतामा बाँचे हुाला

आखिरीमा खालीहात आडम्बरी बने हुँला

अन्तिम हाम्रो बाटो एउटै फूल भए चढाइ दिनु

 

मौनतामा आज म साँच्चो जीवन बाँच्दैछु

दुनियाँमा अहम के हो सम्झिसम्झि हाँस्दैछु

मेरो इच्छा त्यही हुन्छ मलामीको साथ दिनु

 

यस गीतमा पनि उपस्थित सबैले टिप्पणी गरे, सुझाव दिए । गीत लेख्दा गेयात्मक बनाउने प्रयत्नमा कति शब्दहरूको हत्या गर्नुपर्ने सुझाब गीतकार डि.बी. पालुङ्वाले दिनुभयो । यो गीत अमूर्त किसिमको भयो भन्ने विमर्श भयो । मलाई पनि त्यस्तै लाग्यो । निश्चय नै कविताभन्दा गीत लेखन केही पृथक हुन्छ । सुझावहरूलाई मैले मनमस्तिष्कमा सधैँ साचिरहने छु । त्यसको लागि सबैलाई साधुवाद दिएँ ।

 

हाम्रो छलफल निकै लामो भैसकेको रहेछ । पुन अर्को भेटमा "भयवाद" दर्शनमा विचार, विमर्श गर्ने र सृष्टाले ल्याउने सृजनामाथि समिक्षा गर्ने सल्लाह भयो । अन्त्यमा कार्यक्रमको उपादेयताको बारेमा कुरा गर्यौ । "कार्यक्रम भेटघाट उपयोगी छ, मञ्चमा वाचन गरेर मात्र कविता, साहित्य, विचारको विकास हुँदैन । यसलाई निरन्तरता दिनुपर्छ" भन्ने निष्कर्ष बन्यो । यस कार्यक्रममा सहभागी हुन चाहाने सबैलाई स्वागत गर्ने निर्णय गर्यौ र नेपाली साहित्यको विकासको लागि जम्मा गर्दै आएको "नेपाली साहित्य विकास कोष"को रकम सबैले जम्मा गर्यौ । घर पुग्दा मध्यान्हको एक बजिसकेको रहेछ ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Article / लेख category

महाभूकम्प र सुअवसर
लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
मिथ्याको महाजंगलमा हङकङका नेपाली
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
२०६८ सालको नयाँ वर्षले मलाई टेक नाथ रिजाल र भुटानी शरणार्थीहरूको ताजा सम्झाना गरायो
प्रशासनिक काम, स्रष्टाको पहिचान
कविताको फूल र दिमागको रेखा
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
कविताको कमाल
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
म घर जाँदैछु
पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ
सपनाको देश र माछाको अस्थिपिञ्जर
समुच्च विचारसँग म.....
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
सम्पादकीय
गीत शुभ र मंछी गल्ली
सृजनशील अराजकता अर्थात अराजकताको अन्त्य

    Links
Column / स्तम्भ

    Random Pick
ध्यानमै मग्न छन्
रुमलिरहेका छन्
असिमित प्रश्नका
उत्तर खोज्न,
खोज्छन् होला
चाहन्छन् होला

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
709129
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com