Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 20, 2009 | Author : बृत्त-आधार
Category : Poetry / कविता | Views : 818 | Rating :

  
बृत्त-आधार

केवल आजको

तीन दिनपछि

वाराक ओबामा र परिबर्तनका नारा

एकै साथ

सफथको तयारीमा छ

तेलखानी बिनाको नेपाल र

नेपालीले पनि

अरबका तेलकुवाहरु नयाँ संबिधानमा

टाँगिदिने होला कि भन्ने आशामा

अरु जसरी नै

बिश्वको कुनाकुनाबाट नियालिरहेको छ

आशाका नयाँ जातका फलका रुख

कतै अन्तै भुग्रहबाट

ल्याएर रोप्ने हुन् कि भन्ने भ्रम पाल्दै

ठुला-ठुला तस्बिर छातीमा टाँस्ने

हर्षोल्लास भ्रमहरु

निथ्रुक्क हुनेगरि

फेरिपनि नुनिलो आँसुले भिजिनु पर्ने दिन

नजिकिंदैछ

जसरी

ठमेलका झ्यालहरुबाट

हिसिलाहरुलाई हुलाक गरिएका

बिदनाका चित्कारहरु

संबिधान सभाका निर्बाचन लगत्तै

पौषको चिसोले

बिचबाटोमै कठाँग्रीएर भाँचिनु परेको छ ।

बुसको अन्तिम सम्बोधन पनि सकियो

जाँदाजाँदै

गाजामा

इज्रायली रकेटहरु हमासको मुटुमा सुइरिन थालेको छ

इज्रायली ट्याँकहरुको चेनले प्यालिस्टाईनी भुमिलाई

थिलोथिलो पारि कुल्चिन थालेको छ

सायदै

भाग्यमानी रुकुम रोल्पाले

त्यति थिचिएको महसुस गरेन होला

तर पनि

हमासहरुको

काला नकाब भित्रको दृष्टिले

हारको कत्तिपनि संकेत बोध गराउँदैन

बरु जितको हुँकार छरिरहेको देखिन्छ

अनि

अबोध बालकहरुको संघारमा पनि

इज्रायल अचेत निन्द्रामा छ

युद्धबिरामका अपाँग बक्तब्यमा सिमित छ

सबैलाई हतियारधारी देख्छ

किनभने

त्यो आँखा,

त्यो रकेट,

त्यो ट्याँकहरु

उस्को आफ्नो होइन

सबै

वाराक ओबामालाई बुसको उपहार मात्र हो

ठमेलहरुले पर्यटकहरुलाई

हिप्पिडिस्को संस्कृतिमा भ्रामक स्वागत गरे जस्तो मात्र हो

साँच्चिकै वाराक ओबामालाई एउटा सक्कली नयाँ स्वागत हो

तेलखानी बिनाको नयाँ नेपाललाई

ठमेलहरुमा सृजित बेदनामय चित्कारहरुको

आत्मबिभोर स्वागत जस्तै हो ।
 
फार्नब्रो, युके



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
यो सहर
पहाडबाट घीउ बेच्न आउने
कान्छी दिदीलाई होच्याउँछ
र आफु फोहोरको डङ्गुरमाथि बसेर
सभ्यताको परिचय दिन्छ
भन्छ पहाड सहरजस्तो सुन्दर छैन

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615086
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com