Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : February 27, 2009 | Author : हिमकला राई
Category : Poetry / कविता | Views : 1139 | Rating :

  
हिमकला राई

घद्रक घद्रुक घद्रुक

मुकुट तिरेलस,

अरू पाँच दाउ

गाराम गुरुम

झोलामा खाँदछन्

ताप्लेजुङका लुङा

यत्रो यत्रो गोटी

राम्रो राम्रो बुट्टा

रहर लाग्दो

खत्रके बोकेर

यलेदुङ मनाउँछन्

ताप्लेजुङका लुङा,

 

किराँत प्रदेशको रतन्छामा

रतन्छाको लामीदुवाली मेलामा

ठूला ठूला रिङका खटिया

लक्कि सेभेनका भाँडोहरू

थरि थरिका खेलहरू

म्रिकुच्चे बोकेर

एक हुल भोजपुरेहरू

यले दुङ मनाउन आउँछन्

माघे संक्रान्ति मेलामा

टुकुढुङ टुकुढुङ

डम्फू बजाउँछन्

भोजपुरे च्याङ्बा

छुट्टै रौनक फिजाउँछन्,

 

नयाँ वर्षको मेलामा

लिम्दे छालीमा

यले दुङ मान्न

जाउँ लामदुवालमा

यसरी,

यसरी, लैबरीको भाकामा

माईतीहरू,

चेली बोलाउँदै हिड्छन्

ग्वारग्वारती,

 

जाउँ है लाम्दुवाल

पाउँछौ पाउदैनौं

जान अर्को साल

यसरी,

यसरी, लैबरीको भाकामा

कोकु-कोक्पाहरू

सम्झाउनी बिर्साउनी

यले दुङ मान्न

लामी दुवाली पुग्छन्

लौरोको साहरामा,

 

गुराँस चिमाल

मायाको चिनो

दिन्छौ रुमाल

यसरी,

यसरी, लैबरीको भाकामा

लामीदुवाली घन्काँउछन्

प्रेमी- प्रेमिकाको

अर्को छुट्टै हुलहरूले

यसरी,

यसरी, पारुहाङ र सुम्निमाका

सन्तानहरू मनाउँछन्

माघे संक्रान्ति

यले दुङ

नयाँ र्वष धुमधाम,

 

माघ एक गते

नुहाई धुवाई

घर तरुल, वन तरुल

घुमाउने रोटी

फलाहार

टपरामा दिन्छन्

आमाहरू

माया सदभाव, आयु

यस्तै यस्तै

एक आपसमा

कामना गर्दै

छर- छिमेकमा

फलाहार बाँडछन्

घरलौरी एक एक टपरा

साटासाट गर्छन्

यलम्बरका सन्तानहरू

यस्तै गरी आइपुग्यो

किराँतहरूको यले दुङ

किराँतहरूको नयाँ वर्ष

तरुल रोटी

खाने दिन

तरुल रोटी बाडाने दिन

फलाहार साटने दिन

यले दुङ ५०६७

किराँतहरूको यले दुङ

धुमधामले मनाउँ ।

 

(रतन्छा ७ खोटङ, हाल हङकङ)




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
यस धरतीको सबभन्दा पुरानो मासिनलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ
तिमीसित अब
के छ त्यस्तो कुरा..... ?
सुधारिएको प्रजातन्त्र ?
गणतन्त्र ?

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691062
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com