पाउने आशमा सबै गुमाउदै गुमाउने आशमा सबै पाउदै अब म देश फर्कन्छु,
बाटो हराएको पीडित म
त्यो बटुवा भएर
बिना बटुवाको लमतन्न
बाटो भएर
चौबाटोमा पाटी, पौवा अनि चौतारो हुनलाई
अब म देश फर्कन्छु,
४५ डिग्रीको गर्मीमा पाकेको शरीर
माईनस जिरो डिग्रीमा कठ्यांग्रिएको शुन्य विचारलाई
स्वच्छ हिमाली हावामा उपचार गर्न
अब म देश फर्कन्छु,
सडक, गल्ली, चर्पी धुँदा लागेको
त्यो छिट्टाहरू
गण्डकी, कोशी र कर्णालीमा पखाल्नलाई
अब म देश फर्कन्छु,
लेफ्ट-राईट, एक्सन-हल्टको कासन सहित
कालापानी र सुस्तामा मात्र हैन
सम्पूर्ण देशको दश गजामा परेड खेल्न
अब म देश फर्कन्छु,
सन्तानको बेदनामा छटपटाई रहेकी आमाहरूको,
द्वन्दमा सिन्दुर पुछिएकी चेलीहरूको साहारा बन्न
अब म देश फर्कन्छु,
ईराक-अफगानिस्तानमा छरिएको अस्तुहरू
खाडिमा धराप परेको चेली अस्मिताहरू
मलेसियामा बिना भिषा भौतारिएको नौजवानहरू लिएर नया नेपालको जगमा इँटा थप्न अब म देश फर्कन्छु,
सप्तरंङगी फुलबारिमा
उपेक्षित अब कोहि हुनेछैन भन्ने
सोचको साथ त्यो फुलबारिमा फुल्नलाई अब म देश फर्कन्छु,
अपमान घृणा, सहेर
पसिनाको मुल्यसंग साटेको
दाम र सिपहरू लिएर
आफ्नै घरको छानो छाउन
अब म देश फर्कन्छु,
हिमाल पहाड तराई कोहि नहो��" पराई भन्ने मुल मन्त्रका साथ
नया बिहानीको सयर सगै अब म देश फर्कन्छु । |