कति रमाईलो छ यो हङकङ शहर
यै शहरमा बेल्चा हानियो मुसो बनेर टनेल खनियो
कन्स्ट्रक्सनको सिफु हुँदै बडिगार्डले टाईसुट लगाई दियो
थोरै भए पनि मालामाल छु आज
अमृत अब माइकल बन्यो सबै माझ ।।
थरी थरीका जहाज अनि थरी थरीका छालहरु
सपना झैं बनी आउँछन् जिन्दगीका खालहरु
हिजो मात्रै जस्तो लाग्छ चौध वर्ष बिति सक्यो
पाउनलाई त सबै पाएँ जिन्दगी चाहि सिद्धि सक्यो ।।
बडिगार्डको जागिर मेरो करोडौंको कारमा चढ्छु
साँझ बिहान आउदा जँदा एघार नम्बर गियरमा हिडछु
गगनचुम्बी घर भित्र मालिकलाई रुङनु पर्ने
कस्तो होला यो दुनियाँ मान्छेको गोठाला लाग्नु पर्ने ।।
दुई घण्टे ड्युटी कहिले १८ घण्टे बनिदिन्छ
हाम्का छन त कहिले काही लाइसी पनि मिलि दिन्छ
कहिलेकाही फाइभ स्टरका मालिक सँगै क्यासिनो हेर्छु
क्यासिनो मै बुढो ढल्दा, एमबुलेन्स बोलाई अस्पताल कुद्छु ।।
कहिले पुग्छु क्वारि बे त कहिले लामा आईल्याण्ड
असी वर्षे बुढो सँगै कहिले चाहि हाइकिङ
चिनाको भीडमा बकुल्ला झै म एउटा गोर्खे पनि
बिदेशको ठाँउमा के गरिन मैले यो मेरो राम कहानी ।।
संखुवा सभा हाल हङकङ |