Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : February 21, 2009 | Author : अशोक राई
Category : Review / समिक्षा | Views : 970 | Unrated

  
अशोक राई

अजम्बरी को छ र  ?
मान्छे सबै दूई दिनको पाहुना
अमर भइ बाँची रहने मेरो गीतको सपना
          डि बी पालुङ्गवाको आधुनिक गीतहरूको सङ्घालो  "आलाप" गीति एलबम बजारमा आएको करिब एक बर्ष पुग्न लाग्यो । यस कृतिको बारेमा केही लेखौंला भन्दाभन्दै यत्रो समय गएछ । यस्तै त हो मान्छेलाई परिस्थितीले बाध्य बनाएर हिडाउँछ तर पनि मानिस यो गर्छु त्यो गर्छु भन्न छाड्दैन । अनेक दु:खहरूमा पनि जीवन त बाँचेकै हुन्छ । दु:ख र सुखको बीचमा जीवनको लय मिलाउनु र आत्म सन्तुष्टी लिएर जिउँनु नै जीवनको सौंन्दर्य हो । जिन्दगीका यिनै सौन्दर्यलाई शब्दमा उनेर "आलाप" मार्फत सजाएकाछन् कवि तथा गीतकार पालुङ्गवाले । सुमधुर तथा कर्णप्रिय गीतहरूको एउटा मीठो संगम हो यो "आलाप" एलबम ।
          डि.बी. पालुङ्गवा हङकङका एक राम्रा कवि पनि हुनु हुन्छ । कुनै दिन संगीतकार नागेन्द्र श्रेष्ठले मलाई एउटा राम्रो कवि एउटा राम्रो गीतकार पनि हुन्छ भन्नु भएको थियो । साँच्ची नै हो रहेछ डि.बी. पालुङ्गवाका गीतहरू हेर्दा र सुन्दा मलाई यो कुरा सत्य लाग्यो । खासगरि आफू हङकङमा लामो समय देखि रहेर भोगेका डायस्पोरिक भोगाई, जीवनका अनेक अनुभुती र कोमल प्रेमका भावहरूलाई उनेका शब्दहरू छन् यस एलबममा । संगीतको मीठो कलाले सजाइएका यी सुमधुर गीतहरूलाई सुन्दा जुनसुकै श्रोताको मन मदमस्त हुन्छ र एउटा सुखद आनन्द प्राप्त हुन्छ ।
          भनिन्छ, बिछोडको बेलामा मात्र हामी प्रेमको गहिराइ महसुस गर्न सक्छौं । एउटा नारीले आफ्नो प्रियतमको अभावमा भोग्ने प्रणय सम्वेदनालाई गीतकारले भावपूर्ण शब्दमा केलाएका छन् । परदेशमा भएको प्रेमीको यादमा दिन गन्ने एउटा मायालु प्रेमीकाको मनोदशालाई मीठो भावमा पोखेका छन् गीतकारले । जो हामीबीचकै कथाहरू पनि हुन सक्छ । यसरी भोगाइ वरपर कै कथाहरूलाई कविले गीतमा पोख्न सकेका छन् यस एलबममा । एउटा विवश र मायालु प्रेमीकाको आलापलाई यी शब्दहरूमा पाउन सकिन्छ ।
बगेर जाने खोलाको के भर कतै निहाल्यौ भने
 क्षितिजमा उदाउँला घाम बनेर गोधुलीमा रोयौ भने
मनमा आई कसैले बास मागे तर्काउनु त्यो मन
बाँच्ने मेरो आधार तिमी मेरो धड्कन
            मान्छेले नसोचे जस्तो भोग्न सक्छ नभोगे जस्तो सोचेको हुन्छ । जीवनलाई कहिले नसोच्नु बेस् किनकी यो यथार्थमा अर्कै हुन्छ । एउटा इतर भूगोल र सानो स्पेसमा बाँचेका तीतो भोगाइहरू पालुङ्गवाका गीतमा भेटिन्छन् । यी आलापहरू औसतमा सबैको हो ।
 म त कुनै बस्तु भएछु ज्यूँदो औजार भएछु
चलाउ मलाई जसरी यहाँ त्यसरी नै म चलि दिन्छु
           राजेशपायल राई, दिपक दिम्बू, सुनीता सुब्बा, जगदीश समाल, लासमीत राई, अन्जना गुरुङ रुपक डोटेल र दिनेश सुब्बा जस्ता स्थापित गायक गायिकाहरूको सुमधुर स्वर रहेको यो एलबममा महेश खड्का, राजेश पायल राई, दिनेश सुब्बा, शीला बहादुर मोक्तान र तारा प्रकाश लिम्बूको संगीत रहेकोछ ।
आठ्वटा गीतहरू संगालिएको यस एलबममा स्वर संगीत दुबै दिने गायकहरूमा राजेश पायल राई र दिनेश सुब्बा छन् भने एउटा गीत युगल गायनमा छ । दिपक लिम्बूको स्वरमा रहेको सुरुको गीत अजम्बरी को छ र ले श्रोतालाई अत्याधिक आनन्द दिन्छ । त्यसै गरेर जगदीश समालको स्वरमा रहेको तिमीलाई सम्झदा यो तन र मनले भावुक बनाइ दिन्छ भने सुनीता सुब्बाको स्वरमा रहेको सुवास छरि ऋतुहरूमा र लासमीत राईको स्वरमा रहेको म त कुनै बस्तु भएछु गीत बढी कर्णप्रिय छन् । बाँकी गीतहरू पनि कम भने छैनन् तर भन्नै पर्दा सर्वाधिक चर्चित र स्थापित गायक तथा संगीतकार राजेश पायल राईबाट सोँचे जति आशा पूरा भएको छैन । ब्यवसायिक तथा स्थापित भइसकेका गायक/संगीतकारहरूबाट नव प्रतिभाहरूले केही राम्रा आशाहरू राख्ने गर्छन् । गीतकारहरूले गरेको दु:ख र सोचेको लक्ष्यलाई बुझीदिएर झारो टार्ने हिसाबले मात्र काम नगरि दिए वहाँहरूको लोकप्रियता पनि अझ बढ्दै जाने थियो ।
          अन्तमा गीतकार पालुङ्गवालाई बधाइ दिदै उनको अमर भइ बाँची रहने आफ्नो गीतहरूको चाहना पूरा होस् र यस्तै राम्रा कृतिहरू भविष्यमा फेरी आइरहोस् भन्ने शुभकामना दिन चाहन्छु ।
मेरो गीत कुनै उपहार होइन
मेरो गीत कुनै श्रृंगार पनि होइन
प्रीतीको बहार हो मायाको संसार हो..... ।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
म गणेश राईप्रति आकषिर्त भएको निकै भयो । मैले उनको राइफलको नालबाट जीवन नियाल्दा पढेपछि लाग्यो यसप्रकारको युद्ध साहित्य नेपालीमा लेखिएन । नेपाली नागरिकले ठूला-ठूला विश्वस्तर युद्धसँग साक्षात्कार भएको तीन सय वर्ष नाघ्यो । तर अघि केही लोकभाकाका रचनावाहेक केही लेखिएन । सायद हाम्रा सिपाहीमा शिक्षाको कमी थियो होला साथै नेपाली सबैको स्थिति त्यस्तै थियो- प्रकाशन व्यवस्था थिएन, पठनपाठन परम्परा थिएन । कलिलो नेपाली भाषामा सिर्जना शक्ति हुन्छ भन्ने ज्ञान थिएन......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691051
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com