Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : February 14, 2009 | Author : विप्लप ढकाल
Category : Poetry / कविता | Views : 1314 | Rating :

  
विप्लप ढकाल

यही झन्डाबाट उखेल्छु घन

र फुटाउँछु आफ्नै निधारको चट्टान !

यही झन्डाबाट निकाल्छु हासिया

र भत्काउँछु आफ्नै विचारको पर्खाल !

 

हतियार रजारले पिटीपिटी

प्वाल पार्छु मस्तिष्कमा

र बनाउँछु रोटी !

त्यही रोटीको गोलाकार सुरुङबाट

बाहिर निस्केर

म उड्छु अब यो - नीलो आकाशमा !

 

तिमीहरूले

चामलको दानामा लेखेछौ

मेरो इतिहास !

सागको पातमा लेखेछौ

मेरा गीतहरू !

मेरै विचारलाई सिक्री बनाएर

पशुको तबेलामा बाँधेछौ मलाई !

मेरै हड्डीलाई मुरली बनाएर

आवाजको विपक्षमा बजाएछौ मलाई !

 

म गर्छु अब समुद्रमन्थन

र पिउँछु हलाहल विष !

म खोस्छु कृष्णको हातबाट मुरली

र उठाउँछु सुमेरु पर्वत !

विष्णुलाई जमिनमा ओरालेर

म चढ्छु अब गरुडमाथि !

महादेवको घाँटीबाट निकालेर

म लाउँछु अब सर्पको मफलर !

 

मरुभूमिमा

पसिनाले बालुवा मुछेर खाएको छु मैले !

आफ्नै रगतको घुट्काले

भिजाएको छु घाँटी !

बाँस चपाउँदै टुकीको सलेदो चुसेर बाँचेको छु म !

मेरो खप्पराभित्र केही छैन- विचारशून्य छु म !

यो च्याउको जङ्गलभित्र

एउटा निर्जीव भीडको विपक्षमा उभिएर

उखेल्छु आफ्नै टाउको

र भुईभरि टक्टक्याइदिन्छु !

केही बिस्कुटका खोल

रोटीका टुक्रा, चप्पलको फिता

मृत उडुस र पुत्लीकिराहरू

खस्छन् मेरो मस्तिष्कबाट !

 

यति रित्तो बनेछु म

कि यो विचारशून्यता नै मेरो शक्ति हो !

यही विचारशून्यताको हतियारले

म अब आक्रमण गर्छु

र जलाउँछु तिम्रो विचारको लङ्का !

के थाहा तिमीहरूलाई -

मभित्र कसरी उम्लिरहेको छ खरानी ?

के थाहा तिमीहरूलाई -

म किन निदाउन सक्तिना रातभरि ?

 

युद्धमा मरेका केटाकेटीहरू

उखुको राइफल बोकेर लखेट्छन् मलाई

म तिम्रो तस्बिरपछाडि लुकेर सास फेर्छु ! 

तरबारमा झुन्डिएका टाउकाहरू

गीत गाउँदै लखेट्छन् मलाई

खरानीबाट उठेर

क्षतविक्षत कङ्कालहरू

आफ्नो जीवनको मूल्य माग्दै

लखेट्छन् मलाई

म झन्डाले मुख छोपेर आँसु पुछ्छु !

 

संसार बदल्न हिंडेको म

अब आफैं बदलिएँ !

यो च्याउको जङ्गलभित्र

रिंगटा लागिरहेको छ मलाई !

यो मेसिनको शरीरभित्र

तरङ्गीदै छ जीवनको कम्पन !

म तिम्रा आदेशहरूलाई अस्वीकार गर्छु-

अब मान्छेको लासमा घोटेर

खुकुरीमा धार लगाउन चाहन्ना म

अब मान्छेको रगतको मूल्यमा

आफैंलाई गुमाउन चाहन्ना म !!

 

यही झन्डाबाट उखेल्छु घन

र फुटाउँछु आफ्नै निधारको चट्टान !

यही झन्डाबाट निकाल्छु हासिया

र भत्काउँछु आफ्नै विचारको पर्खाल !




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by मगर गणेश पुर्बछाने on March 17, 2009
खै के पो भन्नु र मैले त भन्ने शब्दै पो पाइन मैले लाग्छ अब शायाद म पनी
त्यही हजूर को झन्डाबाट उखेलाने छू घन

र फुटाउँछु आफ्नै निधारको चट्टान !

अणि फेरी हजुरकै त्यही झन्डाबाट निकाल्छु हासिया

र भत्काउँछु आफ्नै विचारको पर्खाल

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
यो सृष्टि सिर्जना
यो गीत गुञ्जनमा
तिम्रै मात्र राग
अनि
नवरसले भरिएको छ
खैः यो बेला कुन अंगबाट

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
802803
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com