(श्रृजना अनलाईन कविता प्रतियोगितामा सान्त्वना)
त्यो सुन्दर मेरो गाउँ आँगनको त्यो आरु फुल गुराँसे पाखा भञ्याङ्गको त्यो बूढा वरपिपल र टारबारी सिमलको भुवा †
बिरानो भो ढाकर र तोक्मा अरुण गडतीरको त्यो अक्केरे भिर सभाय दोभानको त्यो लामो दुवालो असला, बुदुना, काभ्रे र सहर, के गर्दै होलान् गाउँकाहरु….- हिंजो खाडी भासिएका ति बिर्खेहरु…. मुग्लान छिरेका हर्केहरु……. र जंगल पसेकाहरु………… फर्किए या उतै छन् । बिरानो भो गाइने दाईको त्यो मीठो सारङ्गी धुन हाक्पारे र पालामको रसिलो भाका डम्फु र च्याब्रुङ्ग गुञ्जिएको रन्को लोप हुनै लागेको पञ्चै बाजा, के गर्दै होलान् गाउँकाहरु….- हिजो भत्काएका टिमुरे भञ्याङ्गको त्यो बिजुली पावर हाउस हेवा खोलाको झोलुङ्गे पुलहरु र जलेका झुप्राहरु बनाए वा उस्तै छन् । बिरानो भो आमाको न्यानो काख कमेरे झुप्रोको त्यो सिकुवा र अगेना विधुवी भाउजूको त्यो आँखाभरि आँशु टुहुरा बच्चाहरुको बिलौना, के गर्दै होलान् गाउँकाहरु….- हिजो लडेका नेपाली छोराहरु खिचतानीमा पिसीएका सोझा मेरा गाउँलेहरु र फाट्दै गएका मनहरु एउटै मालामा उनिए या उस्तै छरपस्टी छन् ।
(श्रृजना अनलाईन कविता प्रतियोगितामा सान्त्वना विजेता कवि टोपराज राईलाई बधाई छ)
सृजनशील साहित्य समाज हङकङ |