Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : February 10, 2009 | Author : लाल रापचा
Category : Review / समिक्षा | Views : 976 | Rating :

  
लाल रापचा

          कवि नरेश मुलिचा वा साम्राज्य- ��"पनिवेशवादी  ��" हिन्दूवादीहरूले भिराइ दिएको नाम (इग्जोनिम) 'सुनुवार/मुखिया' र आफ्नै मौलिक जाति-भाषाको समूहनाम किराँती-कोँइच नेपाली डायस्पोरा साहित्यमा उदयमान नाम हो । फुटकर कविताहरू बाहेक अब आफ्नै यान्थोलोजी वा संग्रह जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले (ई.२००८, छोटो रुप जिपअराँ) मा कवि मुलिचा नोस्टाल्जिक डायस्पोराका साथै इन्द्रेनी नेपालभूमिको क्यान्भासमा एक रंग चिनाएर उदाउनुलाई तमाम् भूमिपुत्र र पुत्रीहरू वीच विडोसन (१९९२:७१) ले भनेझै एकैचोटी सोसली अन्स्याङ्क्सन्ड रियालिटी “socially unsanctioned reality” को स्रष्टा र प्रष्टाको पंक्तिमा उभिएका छन् । नेपाली साहीत्य (जिवन भन्दा लामो भएकोले दीर्घ) को अर्वाचीन माहोलको यो रंगवादी भागालोमा मिसिने द्रष्टा ��" स्रस्टाहरू जसले नेपालभूमिको विभिन्न इन्दे्रनी रंगहरूलाई प्रतिनिधित्व गर्न-गराउन चाहिरहेका छन् र बहुभाषा-साहित्यहरूको विकासमा मूलधारसँगै समावेशी हुँदै केही गरुँ भन्ने भावनाको हैसियत राख्दछन् त्यो अत्यन्तै शुभसमाचार हो ।

          दुर्भाग्यवश, यो शुभसमाचारसँगै यो संग्रहको पाठकहरू वीच दुःखको समाचार पनि मैले बाँडनु नै पर्छ र छोटो जिवन (साहीत्य भन्दा छेनभंगुर भएकोले ह्रस्व) यात्रालाई अगाडि बढाउनु पर्छ । त्यो के हो भने- केही हप्ता अघि कवि मुलिचाकै कान्छा भाइ कुलदीप मुलिचा जसले मलाई यो संग्रहको कम्प्युटरलिपिको पेनड्राइभ सुम्पदै केही हरफ टीकाटिप्पनी, आलोचना ��" समालोचना लेखिदिने दायित्व सुम्पे थिए ! तर नियमित आकस्मिकताले उनको भौतिक शरीरलाई ह्रस्व जिवनमा परिनत गराइ दियो । उनी केएमसी, त्रिविबाट एमए अङ्ग्रेजी साहीत्यमा चौथो पेपर सेमेस्टर वा दोस्रो बर्ष पूरा गरेर भारतमा वि्रटिश राजको समयमा रुडयार्ड किप्लिङद्वारा लेखिएको किम उपन्यासमा पोस्ट-कोलोनियल वा उत्तर-��"पनिवेशिक धारबाट डा. वीरेन्द्र पान्डेको सुपरभिजनमा सो डिग्रीकोलागि आइडेन्टिटी थिममा थिसिस वा शोधपत्र लेख्दै थिए । अचानक मदनले मुनाको कमलको शरीर आगोले कसरी खायो भन्दै विलखवन्दमा परेझै म पनि विलखवन्दमा परें ।

          यो शोकाकुल ह्याङ��"भरमा मैले उनको पेनड्राइभबाट मेरो कम्प्युटरमा सारेको फोल्डर कुन ड्राइभमा सेभ गरें भन्ने होश हवास नै उडेछ । हामी ११ जनवरी २००८, शुक्रवार उनकै घरदैलोमा कुलदीप सुनुवार स्मृतिकोष स्थापनाको छलफलका खातिर भेला भएका थियौं । सुनें हङकङबाट फोन आएको र कार्यक्रम फत्ते गर्ने सन्देश थियो । तेतीखेरै मैले कवि मुलिचाको कविता यान्थोलोजी झल्याँस्स सम्झे । एउटा उत्तरदायित्व पूरा गर्नु पर्ने थियो । तर शोकाकुल घडीमा सुरबेसुर नै थिएँ । भोलिपल्ट शनिवार साँझ मोबाइमा विरक्ति पारामा घन्टी बज्यो । त्यो घन्टी कलर आइडी +१६११७००० बाट आएको रहेछ । स्वर चिनिहालें । हङकङबाट कवि मुलिचाकै थियो त्यो स्वर । शोकले हामी खुलेर बोल्न पनि सकेनौं । किसन किराँती-बाअ्युङले फोन गर्दा त उनको स्वर स्पस्टै सुनिन्थ्यो । तर उनको कम ध्वनिमा शोक सुनें मैले र हत्त न पत्त "अँ त्यो कविता मलाई दिनु भएको छ कुकु -किराँती-कोँइच शब्द) ले । यहाँ मेरो ड्राइभमा कतै सेभ गरेको छु खोजेर लेखी पठाइ हाल्छु । यो महगो फोनमा बोल्नु भन्दा म इ-मेलमै लेख्छु नै" भनेर सम्पर्कबाट टुट्यौं ।

          यद्यपि त्यो कविताको फोल्डरको बोरमा म अघि भनेझे सुरबेसुर नै थिएँ । धेरै पटकको सर्च प्रयासपछि सो फोल्डर १५ जनवरी वा वल्लो, माझ र पल्लो किराँतको किराँती जातिको नयाँ वर्ष यले दोङ ५०६८ मंगलवार विहान सौभाग्यवश भेट्टाएँ । यो संग्रह जिपअराँ (ई.२००८) लाई मैले रंगवादी रिडिङको राँकुदेले सेक्सेलेले नगरे मेरो रिडिङ न्यायिक नहुने भएकोले कवि मुलिचा र अर्वाचीन नेपाली साहीत्यको नयाँ आयाम रंगवादी वा सृजनशील अराजकता आन्दोलनलाई पढ्न, बुझ्न र योगदान बुझाउन रंग, इन्द्रेनी र अराजक सृजना नबुझी हुँदैन । यसको धरातल नटेकी हुँदैन । तेस बारे संछिप्त परिचय गराइ गुरु प्रा.डा.गोविन्दराज भट्टराईले माघे सङक्रान्तिमा ढुङ्गा फोरे (हेर्नू सिर्जनशील साहित्य, , , २०६४: ५०-६१) जस्तो अबको नयाँ नेपाली साहीत्यमा नयाँ मूलधारको निर्मान र यथास्थितिको विनिर्मान गर्ने कविता के हो र कस्तो हुन्छ भनी जिपअराँ भित्रको सन्देश कन्टेन्ट उधन्ने प्रयास गर्न चाहन्छु ।  

          यो आन्दोलनको धरातल मैले उही गुरु गोविन्दराजको हिमाल साहित्य-२०६२ -हिमाल, १५, १२-, १५६-, २ अक्टोबर-१ नोभेम्बर २००५) को समालोचनात्मक निवन्धबाट टेकेको हुँ । यो निवन्धमा नेपाली साहीत्यको अर्वाचीन धारहरूमध्ये रंगवादी वा अराजक सृजनशीलताको बारे थोरबहुत समालोचनात्मक नक्सा कोरिएको छ । मैले यही समालोचनात्मक दस्तावेजलाई आधार बनाएर विद्वान कवि कृस्न भट्टचनको 'हामी हरूवाको सम्झना' शीर्षकको कवितामा छोटो समालोचनात्क निवन्ध लेखें । 'भट्टचनस् क्रिएटिभ अनार्किज्म' शीर्षकको त्यो समीक्छात्मक निवन्ध द काठमान्डू पोस्ट (ई.२००६) ले छाप्यो । तेसैको हाराहारीतिर मैले यसै रंगवादलाई आधार बनाएर कवि उत्तम कातिचा र कवि अतीत मुखियाको कविता संग्रहहरूमा पनि आदिवासी साहीत्यमा समालोचनात्मक भूमिका लेखेको छु । तर आजसम्म मैले कुनै पनि रंगवादी कविहरूले आयोजना गरेको छलफल गोष्ठीहरू मा सहभागी हुने मौका पाएको छुँइन । सृजनशील साहित्य समाज हङकङले आयोजना गरेको (हङकङमा कविता को सार्वजनिक कार्यक्रममा सहभागि हुँदा भने सृजनशील अराजक र रंगवादी मित्रहरूसँग भेट भएको हो) तापनि उही गुरु भट्टराईको 'तिमी एक्लै बाँच्न नखोज' (कान्तिपुर, २१ पुस २०६४) भन्ने लेख पढेपश्चात् के थाहा लाग्यो भने नेपाली साहित्यमा रंगवादः अन्तरक्रिया तथा रंगवादी कवि गोष्ठी विराटनगरमा भएछ । सो लेखप्रति २५ पुसमा सोही दैनिकमा 'रंगवादीले बुझ्नुपर्ने सत्य' शीर्षकमा नारायण तिवारी र ३० पुसमा 'रंगवादले उभ्याएका सवालहरू' भन्ने दृष्टिकोन चिठीहरू छापिए । ती चिठीहरूका मूल मर्म यस्ता थिए-

"...उनीहरूले वाद र आन्दोलनलाई भन्दा रचनालाई शक्तिशाली बनाउनु पर्छ । त्यसका लागि आफ्ना सिर्जनाको सरलीकरण गर्नै पर्छ ।"

"...रंगवाद नेपाली साहित्यको वर्तमानलाई विसङ्घटन गर्दै नयाँ गतिशील साहित्य निर्माण गर्ने वैकल्पिक, विद्रोही सौन्दर्यको ब्यानर हो ।" 

यी दुवै चिठीहरूको सार र गुरु भट्टराईले माघे सङ्क्रान्तिको दिन स्वादिलो फुलौरा चपाउनुको साटो रंगवादी ढुङ्गा फोर्नुलाई नेपालवासी भूमिपुत्रहरूको आदिवासी भाषा-साहित्य, संस्कृति, कला र समालोचनाको जन्म भएको शंखघोष मान्नु पर्दछ । त्यो मैले मेरा तीन लेखहरूमार्फत पनि स्पष्ट पारी सकेको नै छु ।

          पहिलो बुझ्नु पर्ने कुरा भनेको स्वभाविक रुपमा यो धारको साहीत्य सिर्जना संस्कृत हुँदै खस-नेपाली वक्ता र स्रष्टाहरूलाई सरल छैन किनभने शदीयौंसम्म यो भूमिमा सबै एकल थियो । बहुल बुझ्ने मौका नै थिएन । अर्को कुरा यो "विद्रोही सौन्दर्यको ब्यानर" भन्दा पनि अघि भनेझै सोसली अन्स्याङ्क्सन्ड रियालिटी र टुरुथ -नेपाली फन्टमा यस्तै मात्तै टाइप गर्न सकिने) पनि हो । यो त अहिले खास पूर्वमा किराँती स्रष्टाहरू वीच मात्तै छ र पश्चिम नेपालतिर लागेपछि धेरै तेस्ता ढुङ्गाहरू फोर्नु पर्ने समय आउँछन् नेपाली साहीत्यको विकासको कुरा कोट्टयाउँदा ।

          जटिल किन ? किनभने बहुल समाजमा बहुल भाषा । ती भाषाहरूको विम्ब तेसै पनि कठिन । ढुङ्गा किन फोर्ने ? किनभने बर्षौं लगाएर घोकेको संस्कृत र खस-नेपालीको शब्दकोशहरू अबको नेपाली साहीत्य बुझ्न काफी हुँदैनन् । साँस्कृतिक धरातलमा असमानता भेटिन्छन् । भाषाहरू र व्याकरनहरूमा फरक दृष्टिकोन पाइन्छन् । समाज-मानवशास्त्रीय दृष्टिकोन आदि इत्यादि नै फरक-फरक हुन्छन् । तेसो भएकोले भानुभक्त, लेखनाथ, लक्ष्मीप्रसाद र कालिदास आदि मात्तैको सन्दर्भ र सौन्दर्य बुझेर नयाँ नेपालको नयाँ साहित्य सिर्जना गर्नु र बुझ्नु सजिलो छैन । आजसम्म हामीले जानेबुझेका रंगका नामहरू भन्दा पनि धेरै छन् रंगहरू । त्यो व्यक्त गर्ने भाषाको सीमितता नै हो । तेसै गरी नेपाल र नेपालवासीको रंग चिन्नु र नामाकरन गर्नु पनि संस्कृत र खस-नेपाली भाषाको सीमितता हो ।

          यही संग्रह जिपअराँमा नै भनुँ न राँकुदेले सेक्सेलेले देखि लिएर अरु कैंयन यस्ता शब्दावलीहरूको प्रयोग भएका छन् ! जो संस्कृत र खस-नेपालीमा आजसम्म प्रकाशन भएका शब्दकोशहरूमा भेटिदै भेटिदैनन् । शब्द भनेर मात्तै हुँदैन ! तेसको अथ्र्याईमा भाषिक, साँस्कृतिक, सामाजिक, अर्थवैग्यानिक परिवेश आदि नभएसम्म केही फुर्दै फुर्दैन । तेसैले यो वल्लो किराँतको एउटा इन्द्रेनी रंग हो । इन्द्रेनी रंगको रंगबारे म अग्रज प्राज्ञ वैरागी काइँलालाई नै बोल्न दिन्छु । उनी बोल्छन्- "नेपाली समाज इन्द्रेणी संस्कृतिले बनेको समाज हो । इन्द्रेणीमा विविध रंग भएझै नेपाली समाजभित्र विविध जाति, भाषा, धर्म र संस्कृति छन् । बहुलतालाई स्वीकार नगर्ने प्रवृत्ति लिएको ठालु संस्कृति नेपाली समाजमा लामो समयदेखि हावी रहेर नै आजसम्म हेर्न नरुचाइका सामाजिक पाटाहरू धेरै छन् । यी सामाजिक पाटाहरूलाई एउटै शब्दमा विविधता भन्न सकिन्छ । नेपाली समाज र संस्कृतिको समग्रता यिनै विविधताको योगले नै रचना गर्दछन् । त्यसैले हिजोसम्म अर्थहीन ठानिएका नेपाली राष्ट्रियताको अवयवका रुपमा रहेका जातीय तत्वहरू पनि साहित्यको चासोको विषय बन्दै गइरहेको छ र साहित्यमा आफ्नो स्थानको आग्रह गरिरहेको देखिन्छ (हाङयुग अज्ञात २०६४:८ मा उद्धृत) " 

          रंगको कुरा केहीहदसम्म अब स्पष्ट नै भयो  भन्ने लागेको छ । कवि मुलिचाले लेखेको र समावेश गरेको राँकुदेले...सेक्सेलेले पनि तेही रंग हो वल्लो किराँत कोँइचवानको पहाड र कन्दराबाट । यो भाषिक तथा साँस्कृतिक चेतनाको नयाँ सृजनात्मक फाँट नै हो । सृजनशील अराजकतालाई उनै काइँला (स.२०६४:१५) ले यसो भनी लेखेका छन्- "वैचारिक अनेकानेक, साँस्कृतिक वैविध्यता, नश्लीयबोध, कवित्व निस्सीमता र सृजनात्मक निर्णय आफ्नो स्वर र वस्तुता ।" तेस्तै रंगवादी कविता टेक्स्टमा के हुन्छ भनेर म गुरु प्रा.डा. भट्टराई (स.२०५४:५४) यहाँ बोल्न दिन चाहन्छु । गुरु भन्छन्- "शब्दले मात्रै कृतिमा पाठको अर्थ दिंदैन, आंशिक दिन्छ, किनभने कृति आंशिक रुपले ता दृश्यकला हो- भिजुअल आर्ट । होसियारीपूर्वक रिक्तताहरू, वर्ग, उचाइ, निचाइ, लम्बाइ र शून्यता सिर्जेर एउटा नौलो भय सृजना गर्ने गरिएको छ । यस्तोलाई कवितामा भय भन्दा हुन्छ । यहाँ शब्द मात्र छैन । भनेका छन्- कतिकति बेला मौनता धेरै कराएको सुनिन्छ, रिक्तता अर्थहरूले खचाखच हुन्छ- त्यही हुन्छ यहाँ ।" हो, यहाँ यति भनी सकेपछि जिपअराँभित्र के छ त भनी तौलनु अलिकति पृष्ठभूमि खडा भएको छ र अब कविता यान्थोलोजीभित्रका कविताहरूमा छिर्न र यालिसले जस्तो चियाउन मनासिब हुन्छ । र यसमा सन्देश पक्छेलाई मात्तै छुसुक्क छुने बाचा गर्दुछु । म यहाँ भन्दा अघि बढ्दिन ।  

          यो संग्रहमा जम्मा १० वटा अलि लामा कविताहरू परेका छन् । तिनमा 'अर्को उद्घोष घाम पड्किनुपर्छ' (१), 'राँकुदेलेको अनुष्ठान र जिन्दगी रोल्वालिङजस्तो' (२), 'सेक्सेलेलेले... (३), 'पहाड र पथ्थर' (४), 'पड्किनुछ मस्तिष्कबाट ज्वालामुखी...!', 'महलबाहिर म' (६), 'समयले घिसारेर जिन्दगी झुत्रो छ- तर छ' (७), 'हङकङको मौसम' (८), 'दोकानमा झुन्डिएको अस्तित्वको तक्मा र मेरो नामको आतङ्क' (९) 'यौटा मान्छेको स्वरूपभित्र ड्राकुलाको विचार' (१०) नै हुन् । 

           पहिलो कवितामा नै पल्लो किराँत लिम्बूवानमा बज्ने साँस्कृतिक च्याबु्रङको ताल (तल उद्धृत) जस्तोमा कविता नाच्न थाल्छ-

"जसि ब्रुकुम ब्रुकुम ....

जसि ब्रुकुम ब्रुकुम ...." गर्दै ।

यो साँस्कृतिक र साङ्गीतिक ताल वल्लो किराँत कोँइचवान (अर्थात् प्रस्तावितचैं किराँत अटोनोमस रिजन) को हो ! जुन तालले आजसम्म साहीत्यको रुप पाउन सकेको थिएन । पूरै संग्रहमा केही न केही रुपमा परेका यी भाषिक, साँस्कृतिक, सामाजिक, भौगोलिक विम्बहरू छन् ती नेपाली साहीत्यमा कहिल्यै पनि समावेश थिएनन् । कविताको यो सबल र समावेशी पक्छे हो । यसले पाठकलाई ब्युत्याउँछ । 

          अघि हामीले रंगवादी पृष्ठभूमिको कुरा खोतले मात्तै जस्तो गर्दा भिजुअल आर्ट को प्रसंग थाहा पाएका छौं । त्यो पनि यो कविता पढ्दा र घोत्लिदा देखिन्छ । मेनस्टि्रम साहीत्यले अपहेलना गरेको, नदेखेको ��" मार्जिनलाइज गरेको भीर, पहरा, पखेरा, लिखु, पहाड सबै सबै यहाँ छन् । कवि तथा प्राध्यापक मिन विष्टले 'साला पहाडमे क्या मिलेगा ?' शीर्षकको कवितामा राष्ट्रको यथास्थितिमा जुन वास्तविक्ता देखे ती सबै नै भूमिपुत्रहरूकोलागि आज 'भूमिपुत्रोंका पहाडमे क्या नहीं मिलेगा ?' नै रंगवादीहरूको सिर्जनाको मूल आधार बनेको छ । यो संग्रहको आधार पनि तेही हो । सृजनशील अराजकहरूको आधार इलाका नै तेंहाको मान्छे, भाषा, संस्कृति, समाज, भूगोल, इतिहास, नोस्टाल्जिया र मूलतः सभ्यता नै हो । यसलाई पनि नेपाली साहीत्यको मूलधारमा ल्याउनु पर्छ, दीर्घ बनाइ राख्जु पर्छ र संसारभर डायस्पोराका माध्यमबाट नेपाली साहीत्यको नयाँ आधार इलाकाहरू निर्माण गर्दै लानु पर्छ । यो सिर्जना जीवन भोगाइबाट तेतारित बगेको छ पिरतीको खोला जस्तै ।     

          साँच्चै अब सम्पूर्न नेपालवासीहरूको नेपाली साहित्यलाई विश्वसामु उचाल्ने नै हो र विश्व-साहित्यको दर्जा दिलाउने हो भने आचार्य, पौडेल, देवकोटा, अधिकारी, दाहाल, विष्ट आदि नागरिक मात्तैले होइन कि मुकारुङ, चेम्जोङ, नेम्बाङ, द्वार्वाङ्चा, कातिचा, कोङरेन, योन्जन आदि अनागरिकहरूले पनि नलेखी हुँदै हुँदैन । उनीहरूको समावेशी-सहभागिता बाहेक नेपाली साहित्यले शिखर चढ्न खुट्टो खोच्च्याउनु पर्छ । सगोल र सहकार्यमा नै विश्व-नेपाली साहित्यको भविष्य उज्वल छ ।

समालोचक काइँलाले भनेझै भूमिपुत्रहरूको भाषा, समाज, धर्म, संस्कृति, इतिहास, विश्वास, कला, मिथक, पात्र आदि पहिलेदेखि आजसम्मका नेपाली साहित्यको अदेखा पाटाहरू हुन् । त्यो एउटा पाटो जिपअरा पनि हो र लिम्बूवानको मात्तै नभएर कोँइचवानको वासना हो । विश्व-नेपाली साहित्यको पनि वासना हो । यही हो जिपअराँको रंगवादी रिडिङको राँकुदेले सेक्सेलेले... भनेको । चेरेदुम् ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
गैर वामपन्थी गणतान्त्रिक नेता नरहरि आचार्यको मञ्चआसनले म व्यग्रताको साथ उनको मन्तव्यको पर्खाइमा थिएँ । उनले बताए, "पारिजातको साहित्य आफूले पढेकोछु । तिनीसँगको सामीप्य नभए पनि लक्ष्मीप्रसादजस्तै तिनी प्रतिभाशाली थिइन् । लक्ष्मीप्रसादले मुनामदनबाहेक सबै कृति जलाए हुन्छ भने र पारिजातले चाहिँ 'शिरीषको फूल' च्यातिदिए हुन्छ भनिन्......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
709117
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com