Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : February 04, 2009 | Author : बृत्त-आधार
Category : Poetry / कविता | Views : 1095 | Rating :

  
बृत्त-आधार

तेलखानी बिनाको नेपाल
आज इराक हुनु परेन,
बारुदको तुवाँलोभित्र रुमलिनु परेन,
हिटलरी दमनभन्दा दर्द मूलक
भयंकर अमेरिकी सेनाको
पदचापद्वारा कुल्चिइनु परेन,
तर
साम्राज्यवादीका कमाराहरु
ठमेलमा-
मिनी टोकियो बनाउँदैछन्,
मिनी मेक्सिकोको बिस्तार गर्दैछन्,
मिनी भियतनाम पस्कँदैछन्,
अफ्गानिस्तानहरु रोप्दैछन्,
कस्मिरका बिरालाहरुलाई दूध चटाउँदैछन्,
बिहार स्पर्श गराउँदैछन्,
तस्लिमाहरुमाथि पटक-पटक बलात्कारका प्रयासहरु गर्दैछन्,
आङ्साङ सुचीहरुलाई अझ जन्जीर कस्दैछन्,
अनुराधाहरुलाई ब्यस्त बनाइरहेछन्,
अनि
मोफसलमा
रुवाण्डा
नाइजेरिया
सेरालियोन
सोमालिया
बोस्नियाहरु
हाइटीहरुको
बृतचित्र स्मरण गराउँदै
क्युबियन बास्पिकरणको भ्रमित समीकरण
मस्तिष्कमा पालेर
मिजुरम
गोर्खाल्याण्ड
तामील
खम्पा
मृगतृष्णाहरु बिउँताइरहेछन्
धन्न !
तेलखानी बिनाको नेपाल
जर्ज बुसहरु खेप्नु परेन
सद्दामहरु जन्मिनु परेन
तर के भो र ?
ठमेलहरु
ईराकै नभए पनि
धार्मिक त्रिशुलहरुद्वारा डामिनुपरेकै छ,
जर्जर्तालाई सहन गर्न परेकै छ,
तानाशाहहरुलाई जन्म दिन निरन्तरता प्रदान गरेकै छ,
शोषितहरुमाथि पीडाहरुको धाराबाहिक प्रवाह गर्न सफल भएकै छ,
साँच्चै नै,
तेलखानी भएको जस्तै नै नेपाल,  देखिन थालेको छ
बर्लिनका पर्खालहरु पुनः उठाउन खोजेझै देखिन थालेको छ
सँग-संगै मोफसलहरु पनि
धमाधम
ठमेलहरुतिर रवाना भैरहेकै छ ।

-फार्नबोरो



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
परदेशमा पसिना पोख्दै बन्दुकको शिरानीमा निदाउने केदार सङ्केत हरदम कलमलाई चुम्बन गर्छन् र उद्वेलित मनका सुस्केरा-सुसेली कागजको पानामा उतार्छन् साहित्यको सुवासिलो सिर्जना बनाएर ।उनको यही हुटहुटीको एकदमै ज्वलन्त उदाहरण हो । साहित्य फाँटमा शितल र सौम्य नाम सहित बजारमा आएको यात्रास्पर्शित मनहरूका भोगाइ अनी पाइलाहरूका डोब, 'यात्रास्पर्श' नियात्रा सँगालो उनै द्वारा सम्पादित......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
866813
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com