Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search
Total result found : 670
More Pages : 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 [ 25 ] 26 27 28 29 30 31 32 33 34

सुसाइड नोट, यो देशलाई एक नागरिकको
Published : August 31, 2009 | Author : Parihas Subba | Rating :
Views : 908
Print | Email to friend
यो देश, लडेको आदिम ढुङ्गा नअडिने
ब्वाँसाहरू खानेखेल्ने ओइलेनी पखेरा'।
तल जति आँखिभौं तन्काए'नि
आँखाले नभ्याउने भयङ्कर खोंच
माथि चढ्नै नसकिने भयानक ढुङ्गे पहाड
दिन बिग्रे कुनै पनि समय
Read Full ...


पाँच मुखे थैली
Published : August 31, 2009 | Author : मोहन गुरूङ | Rating :
Views : 933
Print | Email to friend
असारेको ठूलो तोक्मा
कुन छोराको अंश थियो
पात चोयालाई खिपी खिपी
बुनेको त्यो ढाकरलाई
कहिले देखि ध्वाँसो लाग्यो
भनि देऊ न ढाक्रे दाइ
Read Full ...


समय भोगाई र जीवनको मुल्याङ्कन्
Published : August 25, 2009 | Author : देबेन्द्र खेरेस | Rating :
Views : 921
Print | Email to friend
समय : हावा हो, सधैं उडिरहन्छ
समय : पानी हो, सधैं बगिरहन्छ
समय : जीवन हो, सधैं बितिरहन्छ
समय : कि के हो ?
समय : कि सप्पै हो ?
समयको फेद र टुप्पा नभेटेपछि
Read Full ...


जीवन सपना र मृत्यु
Published : August 25, 2009 | Author : नरेश ठूले | Rating :
Views : 945
Print | Email to friend
प्रकृतिद्वारा प्रतिपादित
यो ब्रम्हाण्ड
यो जगत
यो जीवन
प्राणी जीवनका दुई अस्तित्व
"पशु"
Read Full ...


अजम्बरी माया
Published : August 25, 2009 | Author : बिष्णुनन्द चाम्लिङ | Rating :
Views : 1725
Print | Email to friend
अजम्बरी माया तिमीलाई दिइ रहुँ लाग्छ
तिम्रै साथ हरपल बसि रहुँ लाग्छ
आँखा भरी तिमी भावनामा तिमी
मेरो हर धड्कनमा बहि दिन्छौ तिमी
उषाको किरणसँगै तिम्लाई देखुँ लाग्छ
तिम्रै साथ हरपल बसि रहुँ लाग्छ
Read Full ...


बिसे नगर्चीको बयान
Published : August 22, 2009 | Author : श्रवण मुकारूङ | Rating :
Views : 1224
Print | Email to friend
मालिक !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
Read Full ...


अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश
Published : August 21, 2009 | Author : डा. गोविन्दराज भट्टराई | Rating :
Views : 1241
Print | Email to friend
म गणेश राईप्रति आकषिर्त भएको निकै भयो । मैले उनको राइफलको नालबाट जीवन नियाल्दा पढेपछि लाग्यो यसप्रकारको युद्ध साहित्य नेपालीमा लेखिएन । नेपाली नागरिकले ठूला-ठूला विश्वस्तर युद्धसँग साक्षात्कार भएको तीन सय वर्ष नाघ्यो । तर अघि केही लोकभाकाका रचनावाहेक केही लेखिएन । सायद हाम्रा सिपाहीमा शिक्षाको कमी थियो होला साथै नेपाली सबैको स्थिति त्यस्तै थियो- प्रकाशन व्यवस्था थिएन, पठनपाठन परम्परा थिएन । कलिलो नेपाली भाषामा सिर्जना शक्ति हुन्छ भन्ने ज्ञान थिएन......
Read Full ...


हङकङमा टंक सम्बाहाम्फे र उनकोयुद्धभित्र उभिएका बुद्धहरू
Published : August 16, 2009 | Author : अशोक राई | Unrated
Views : 985
Print | Email to friend
टंक सम्बाहाम्फे हङकङमा एक लोकपृय तथा कृयाशील साहित्यकर्मी हुन् । उनी कवि मात्र होइनन् राम्रा गितकार पनि हुन् । उनको आफ्ना गीतहरूको दूईवटा गीति संगालो 'मनोभाव' र 'सार' बजारमा आईसकेका छन् । हङकङमा सम्बाहाम्फेले गरेका वैचारीक, साँस्कृतिक, राजनैतीक एबं सामाजिक प्रयत्नहरू नीकै महत्वपूर्ण छन्......
Read Full ...


कसरी भुल्न
Published : August 13, 2009 | Author : दिलिप योन्जन | Rating :
Views : 1028
Print | Email to friend
कसरी भुल्न सक्छुर, आधी बाटो हिडे पछि
कसरी फुल्न सक्छुर, तिम्ले जरा काटे पछि।
कहिले हासेको छुर,तिम्ले आँसुमा डुबाए पछि
खुशी काँहा मिल्छर, मुटुमा चोट लागे पछि
मनको बाध फुट्दोरहेछ, तिखा बचनले घोचे पछि
देउता पनी झुटो भाछ, बाचा कसम तोडे पछि।
Read Full ...


कवि संङ्केतका ४३ कविताहरू
Published : August 13, 2009 | Author : Ishwor Chamling | Rating :
Views : 763
Print | Email to friend
आफूलाई कवि संङ्केत सर्वनामले चिनाउनु हुने कवि केदार सुनुवारले आफ्ना छरपस्टिएका कविताहरूलाई केलाएर आफै जलिरहेको देश माथी थुपारी दिएका छन । प्रचलित साईजमा उपस्थित यो कृतिको आवरण कला र कृतिको नाम आफै 'जलिरहेको देश'ले नै लेखक वर्ग, लेखनलाई माया गर्ने सर्बसाधारणलाई लोभ्याउदछ । कवि किरण ज्युले यो कृति केही महिना अगाडि मात्र सार्वजनिक गरेका हुन्......
Read Full ...


नेपाली गद्यको विकासमा युके सञ्चारको देन
Published : August 08, 2009 | Author : केदार 'संकेत' | Rating :
Views : 1294
Print | Email to friend
आजको विश्वमा करिब ७ हजार भाषाहरू बोलिन्छन् र ती विभिन्न परिवारमा विभाजित छन् । नेपाली भाषा भारोपेली परिवारको हो । भारोपेली भाषा तथा आर्यभाषा भारत-इरानेली शाखाको प्रमुख मानिन्छन् । नेपालमा बोलिने भाषाहरूमा भारोपेली परिवारका नेपाली, मैथिली, भोजपुरी, थरुवाली, अवधि, राजवंशी, दनुवार, दरै, कुमाले, माझी, बोटे आदी पर्दछन् । भोट-बर्मेली वा चिनिया-तिब्वती परिवारमा प्रायः सुनुवार, राई, लिम्बु, याक्खा (यी ४ भित्र जम्मा २७ किराँती भाषाहरू छन्), नेवार, तामाङ, मगर, गुरुङ, शेर्पा, राजी, मेचे, धिमाल, चेपाङ, थकाली, जिरेल, धामी पर्न आउछन् । आर्यहरूको सबभन्दा पुरानो रुप वैदिक भाषा संस्कृत हो ......
Read Full ...


दारी दर्शन
Published : August 08, 2009 | Author : किरण भाण्डारी | Unrated
Views : 963
Print | Email to friend
अनियन्त्रित दारी
अस्तव्यस्त पहिरन
हुलिया बेथातको
त्यसैले
हुलिया
कुनै पागलको जस्तो पनि हुनसक्छ
Read Full ...


मातेको मान्छेको भाषण: मध्यरातपछिको सडकसित
Published : August 06, 2009 | Author : वैरागी काइँला | Rating :
Views : 1347
Print | Email to friend
आधारातपछि
रक्सी दोकानबाट म के निस्किएको छु :
प्रत्येक खोंगी र खोरभित्रबाट
पखेटा फट्फटाउँदै विद्रोहको
कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन्,
यहाँको बातावरणको निम्ति
Read Full ...


आदिवासीवेगरको इन्द्रपुरी नेपाल
Published : August 01, 2009 | Author : लाल रापचा | Rating :
Views : 972
Print | Email to friend
अचेल नेपालका आदिवासी भूमिपुत्रहरूको नाममा विभिन्न खाले टाँचा वा लाञ्छनाहरूले मूलधारका पत्रपत्रिकाहरूको पाना भरिने गरेको छ । सर्सर्ती हेर्दा ती आक्षेपका कोहोलोहरू यस्ता छन्- "जातीय आवेश, विभाजन रेखा, नेपाललाई युगोस्लाभियाझै विलय गराउने खेल, देशलाई लेबनानको कुबाटोतिर धकेल्ने कार्य, श्रीलंका, भुटान, सोमालियापथ र लेण्डुप दोर्जेहरूको जन्म" आदि......
Read Full ...


आइमाई
Published : July 28, 2009 | Author : केदार श्रेष्ठ | Rating :
Views : 2112
Print | Email to friend
आज गाउँकै हजुआमा पर्ने मेरो घरमा आउनु भयो । र, मसँग धित मरुन्जेल रुनुभयो । हजुआमाको रुवाईले मेरो मन पनि रोयो । लाग्ने मान्छे कठोर हुन्छ भन्छन् तर मलाई बिश्वास लाग्दैन । भावना हो आासु, कसैको दुःख पीडामा यो पग्लेर पानी बनेर बग्ने गर्दछ । त्यही भयो आज मेरो आँखामा । वृद्धावस्थातिर उकालो चढ्दै गरेकी ती हजुरआमाको अनुहारमा हेर्छु । वर्षायामको झरी जस्तै वगिरहेछ आँसु आँखाबाट......
Read Full ...


मलामी दियौ
Published : July 28, 2009 | Author : बिष्णुनन्द चाम्लिङ | Rating :
Views : 1283
Print | Email to friend
प्रथम भेटमा तिमीले सलामी दियौ
दोस्रो भेटमै फेरी बदनामी दियौ
चाहान्थे जिन्दगी उदहरण बनोस
सबले घृण गर्ने कहानी दामी दियौ
Read Full ...


बुख्याचा
Published : July 27, 2009 | Author : प्रकाश रोदुङ | Rating :
Views : 1397
Print | Email to friend
बियाडेमा त्रिशुल छाप
साँढेहरू चरी रहन्छन्
चरा चुरुँगीहरू रमाई रहन्छन
बिचरा त्यो बुख्याँचालाई
झुण्ड्याइएको छ हेङ्गरको कोट झैँ
खेतको डिलमा
Read Full ...


उत्तरवर्ती सोचः केही सन्दर्भ केही अनुभूति
Published : July 21, 2009 | Author : हाङयुग अज्ञात | Rating :
Views : 1411
Print | Email to friend
वि.सं. २०६५ चैत्रमा बुबाको अन्तिम दर्शन गर्न नेपाल गएको बेला आर्यघाटमा धेरै नामी स्रष्टाहरूसित भेट भयो र नेपाली साहित्यका सन्दर्भमा मैले 'अपडेट' हुने अवसर पनि पाएको थिएँ । नेपालका सर्वोच्च कवि वैरागी काइँला, संस्कृतका प्रकाण्ड विद्घान डा. तुलसी भट्टराई, विशिष्ट संस्मरणकार अमर नेम्बाङ, नेपालका अत्यन्तै लोकप्रिय कवि श्रवण मुकारूङ, शालिन र भद्र कविद्वय शशी ......
Read Full ...


खीर
Published : July 21, 2009 | Author : आई बि राई | Rating :
Views : 1456
Print | Email to friend
त्यति बेला मैले त्यस घटनालाई बुझ्नैसकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइना । घटना (घटना नै भनुँ) यस्तो भएको थियो : हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत मारेर सुन्नपाएको थिइनँ । मध्यदिन र मध्यरातमा स्वाँ.......लामो ढाक्दो आवाज गरेर टिस्टा खोला बास्छ भनेर पनि बर्खा र हिउँदोमा त्यसको बगरतिर काम गर्न जानेहरूबाट सुनेको छु......
Read Full ...


बनको चरी कराउदा मन रुन्छ
Published : July 20, 2009 | Author : पवित्रा राई | Unrated
Views : 1266
Print | Email to friend
आमा मलाई के हुन्छ के हुन्छ
बनको चरी कराउदा मन रुन्छ
रानी वनमा न्याउली चरी रोई रन्छ
सम्झेर ल्याछु आमा विरह त्यसै चलिदिन्छ
भिरालो पहरामा सुनखरी फुल्छ नटिपी नै ओईलिन्छ
वर्तमानलाई धोका दिंदै आमा भुतकाल त्यसै रोईदिन्छ
Read Full ...


More Pages : 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 [ 25 ] 26 27 28 29 30 31 32 33 34


    Links
Column / स्तम्भ

    Random Pick
श्वास-प्रश्वास बन्द नै हुने
नाकैमा गन्ध-दुर्गन्ध आइरहेछ
तर पनि मेरो मनमा मीठो
यसै खास आभास भैरहेछ

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
688493
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com